कृषि बिमालाई प्रभाबकारी बनाउने कार्यक्रम बनाऔंस् प्रमुख पौडेल
नेपालअखबार, पोखरा। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपाल सरकारले २०६९ सालबाट कृषि बिमा कार्यक्रम संचालन गरे पनि आम कृषकहरू पूर्ण लाभान्वित हुन नसकेको भन्दै कृषी बिमाको प्रभाबकारिता वृद्धि गर्न आग्रह गरें ।
कमजोर सुचना प्रणालीका कारण बिमा सम्बन्धमा कतिपय आम कृषक जानकार नरहेको तर्फ इङ्गित गर्दै प्रमुख पौडेलले क्षतिपूर्तिका लागि दाबी प्रक्रिया झन्झटिलो, महँगो र बिलम्ब हुने गरेको जनगुनासो रहेको भन्दै बिमाका भुक्तानीका प्रक्रिया समय सापेक्ष परिमार्जन र परिष्कृत गर्नु पर्ने उल्लेख गरें ।
प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ कृषि बिमा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको शनिबार उद्घाटन गर्दै बताए ।
पौडेलले सरलिकृत बिमा पहुच योग्य बनाउन सके कृषिको जोखिम न्यूनीकरण भएर कृषकहर...










