Tuesday, September 15

कृषि

उखुको मूल्य निर्धारणप्रति किसान असहमत
कृषि, समाचार, समाज

उखुको मूल्य निर्धारणप्रति किसान असहमत

नेपालअखबार, सर्लाही। सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन्। उनीहरूले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका हुन्। सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाा बढाएको छ। हाल उखुको मूल्य प्रतिक्विन्टलपाँच सय ६५ रुपैयाँ निर्धारण गरिएको छ। चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल सात सय ५० रुपैयाँ कायम गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए...
कृषि क्षेत्रमा खरानीकाे प्रयोग र महत्व!
कृषि, समाचार, समाज

कृषि क्षेत्रमा खरानीकाे प्रयोग र महत्व!

इस्तखार अंसारी । कृषि क्षेत्रमा खरानीकाे प्रयोग र महत्व जति ब्याख्य गरेपनि कम छैन । काठका दाउरा बालेर आएको वस्तुलाई खरानी भानिन्छ । यसमा क्षारीय गुण हुने भएकोले विभिन्न कीराहरू भगाउनका लागि प्रयोग गर्न सकिन्छ । माटोमा खरानी मिसाउनाले माटोको पानी बोक्ने क्षमता पनि बढ्न जान्छ र बालीबिरुवालाई राम्रो हुन्छ | खरानीमा १५% क्याल्सियम र २.६% पोटासियम हुने हुनालेटुप्पो कुहिने, फल फुटने समस्या कम गर्नाका साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ । प्रयोग विधि ५ के .जी. खरानीप्रतिक्विन्टल अनाजमा मिसाएर राखेमा अनाजलाई घुन लाग्नबाट बचाउन सकिन्छ । • सफा खरानी बिहान बोटबिरुवामा छार्नालेलाही कीरा, काँक्रो, फर्सीको खपटे, पात खन्ने कीराको प्रकोप हराउँछ। • त्यस्तै खरानी माटोमा छार्नालेमाटोमा बस्ने चिप्ले तथा शङ् खेकीराको प्रकोप कम हुन्छ । • २ भाग खरानीमा १ भाग चिउरीको पिना मिसाई त्यसमा १५...
ट्राइकोडर्मा : एक फाइदाजनक ढुसी
कृषि, समाचार, समाज

ट्राइकोडर्मा : एक फाइदाजनक ढुसी

इस्तखार अंसारी । ट्राइकोडर्मा  एक फाइदाजनक ढुसी  हाे  । छाेटकरीमा कुरा गर्दा ट्राइकोडर्मा एक प्रकारको ढुसी हो । यसले माटाेमा रहेर बोटबबरुवाको फेद  जराहरू कुहाउने विभिन्न  प्रकािका ढुसीहरू (जस्तै, राईजोक्टननया,स्कोलोरिसियम, पाइथियम, अल्टिनेरिया, फाइटोफथारा, फयुजारियम, स्क्लेराेसियम आदि) नियन्त्रण  गर्नका लागि प्रयाेग गर्न  सकिन्छ । यसले बोट बिरुवाको  वृद्धिविकासमा  सहयोग पुग्नाका  लागि प्रयाेग गर्न सकिन्छ जस्ता  सूक्ष्र् तत्त्वहरूलाई घुलनशील बनाई बिरुवाले सजिलै लिन सक्ने बनाउनमा  पूर्हत्त्वपूर्ण  निवार्ह गर्दछ । ट्राइकोडर्माकाे  प्रयोगविधि : १.बीउ–उपचार: बीउलाई पानीमा  भिजाउनेर सफा पानीलेधाेएर पानी तैराइसके पछि प्रति   के .जी बीउमा ४ ग्रामका दरले ट्राइकोडर्मा  पाउडर  माेलेर  ४-६ घण्टा छायाँमा सुकाई प्रयोग गर्न सकिन्छ, कम्पोस्ट वा गोबिरमलकाे उपचार : २५ के .जी. मलमा १ के .जी ट्राइ...
सङ्खुवासभामा ४० किलो अलैंचीको मूल्य ७० हजार
अर्थ, कृषि, समाचार, समाज

सङ्खुवासभामा ४० किलो अलैंचीको मूल्य ७० हजार

नेपालअखबार,  किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो । पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए । उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ । अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन स...
गोलभेंडामा लाग्ने पछौटे डढुवा रोग र यसको समाधान
कृषि, समाचार, समाज

गोलभेंडामा लाग्ने पछौटे डढुवा रोग र यसको समाधान

इस्तखार अंसारी । पछौटे डढुवा रोग गोलभेंडा, आलु, खुर्सानी, भाण्टा आदी बालीमा लाग्ने गर्दछ। यो रोगको कारक फाइटोप्थोरा इन्फेस्टेन्स नामक परजीव हो ।यो रोग युरोप तिर आलुमा आक्रमण गर्दा सन् १८४५–१८४९ सम्म भोकमरि भएको थियो जहाँ आलु मुख्य खाद्य वस्तु थियो जसले गर्दा २ मिलिएन मानिसहरु मरे र धेरै खान नपाएर अपाङ्ग र रोगी भए र धेरैले खान नपाएर दक्षिण अमेरिका तिर ब बसाईसराई नै गरे ।  रोगको लक्षण सुरु –सुरुमा तल्लो पातका किनारमा भिजेको जस्तो दाग देखा पर्छन् । जुन हल्का हरियो रंगको हुन्छ र केही दिन भित्रै यि दागहरु खैरो वा हल्का कालो रंगमा बद्लिएर जान्छन् । बिहान पख वा वादल लागेको अवस्थामा पातको तल्लो सतहमा हेरियो भने कपासका त्यान्द्रा जस्ता मसिना भुवादार ढुसीहरु आखाले सजिलै देख्न सकिन्छ । मौसम अनुकुल हुदै गएमा ढुसीको व्यापक बृद्धि हुदै जान्छ , जस्ले गर्दा डाँठहरुमा र फलमा आक्रमण गरी खैरो वा ...
‘सुन्तलाका रूखले बिजुलीको तार छुन थाले, कसरी टिप्ने?’
कृषि, समाचार, समाज

‘सुन्तलाका रूखले बिजुलीको तार छुन थाले, कसरी टिप्ने?’

नेपालअखबार, म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन्। दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन्। ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन्। ९ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नांगो तारले हाँगा छुन थालेको छ। बगैँचाभित्र पस्न विद्युत्को करेन्ट लागेर दुर्घटना हुने जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन्। ‘सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ,’ दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष पाइजाले भने, ‘तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन्। रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र ...
नार्क र विश्व वन्यजन्तु कोषबीचमा कृषिको उत्थानका लागि समझदारीमा हस्ताक्षर
कृषि, समाचार, समाज

नार्क र विश्व वन्यजन्तु कोषबीचमा कृषिको उत्थानका लागि समझदारीमा हस्ताक्षर

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुई पक्षका बीचमा यस्तो समझदारी भएको हो । समझदारीपत्रमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई, योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे र कोषका तर्फबाट कोषका नेपाल प्रतिनिधि धनश्याम गुरुङ र संरक्षण कार्यक्रमका वरिष्ठ सल्लाहकार शिवराज भट्टले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा पत्रमा हस्ताक्षर पश्चात नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले दुबै पक्षको सामुहिक प्रयासबाट परियोजनाले तोकेको उपलब्धी समयमै हासिल गर्न सकिने बताए । यति महत्वपूर्ण बिषयमा डब्लुडब्लुएफसंग सहकार्य गर्न पाउँदा उनले खुशी व्यक्त गर्दै यसबाट देशको कृषि अनुसन्धानमा महत्वपुर्ण ...
खाद्यले खरिद गर्‍यो ४४ हजार क्विन्टल धान
कृषि, समाचार

खाद्यले खरिद गर्‍यो ४४ हजार क्विन्टल धान

नेपालअखबार, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४४ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीका ६ वटा शाखाबाट पछिल्लो पटक ४४ हजार क्विन्टल धान खरिद गरिएको हो । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको राजापुर, बाँकेको नेपालगन्ज, सिराहाको लहान र धनुषाको जनकपुरबाट सो धान खरिद गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । यो वर्ष खाद्यले ५० हजार मेट्रिक टनको लक्ष्यसहित धान खरिद गर्दै छ । कम्पनीले देशभरका ११ वटा जिल्ला स्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ । झापाको बिर्तामोड, मोरङको विराटनगर, सिराहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगन्ज, बर्दियाको राजापुर, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र जुम्लाबाट कम्पनीले धान खरिद गर्दै छ नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार धान खरिद भइरहेको उ...
नवलपरासीमा धान उत्पादन बढ्यो
कृषि, समाचार, समाज

नवलपरासीमा धान उत्पादन बढ्यो

नेपालअखबार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए । “गत वर्षभन्दा यस वर्ष धानखेती भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक टनले वृद्धि भएको छ”, सूचना अधिकारी काफ्लेले भने। सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादकत्वका हिसाबले यो वर्ष जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी काफ्ले...
पाल्पाको मैनादीमा आज सुन्तला महोत्सव
कृषि, समाचार, समाज

पाल्पाको मैनादीमा आज सुन्तला महोत्सव

नेपालअखबार, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुँदैछ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको हो। पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसँगै किसानलाई सुन्तलाको विविधीकरण र प्रवर्द्धनका लागि महोत्सव हुन लागेको वडा नं. ७ का अध्यक्ष दान बहादुर कुँवरले बताए । वडा कार्यालयले आयोजना गरेको सुन्तला महोत्सवमा सरोकारवाला निकायले सहयोग गरेको उनले बताए । मैनादीसहित यो पालिकाका किसानले अन्य खेती छाडेर पनि सुन्तला खेती गर्दै आएका छन् । बढ्दो उत्पादनबाट धेरै आम्दानी लिनका लागि सुन्तालाको विविधीकरण तथा बजारीकरणमा महोत्सवले सहयोग मिल्ने अपेक्षा गरिएको छ । जिल्लामा पहिलो पटक हुन लागेको सुन्तला महोत्सवमा माटो परीक्षण, रोग किरा सम्बन्धी उपचारबारे जानकारी, यान्त्रीकरण लगायतका विषयमा...