Monday, August 3

कृषि

यस पटक धान उत्पादन बढ्ने अनुमान
कृषि, समाचार, समाज

यस पटक धान उत्पादन बढ्ने अनुमान

नेपालअखबार, विराटनगर । कोशी प्रदेशमा यस पटक धान उत्पादन सामान्य ढंगले बढ्न सक्ने सरकारी अधिकारी तथा विज्ञहरूले बताएका छन् । कोशी प्रदेशमा पनि झापा, मोरङ र सुनसरी जिल्ला धान उत्पादनको भण्डार नै मानिन्छ । यी जिल्लाहरूमा अहिलेसम्म रोग, किरा, पानी, बतासलगायतका समस्याले धानमा ठुलो असर गरेको छैन । कोशी प्रदेश कृषि निर्देशनालयका प्रमुख तथा कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीका अनुसार झापा, मोरङ र सुनसरीमा यस पटक धान उत्पादन राम्रो हुने अनुमान गरिएको बताए । ‘अहिलेसम्मको अवस्था हेर्दा धान कोशी प्रदेशमा राम्रो उत्पादन हुने देखिएको छ । विगत वर्षको तुलनामा घट्ने भन्दा सामान्य बढ्न सक्ने हाम्रो अनुमान छ,’ डाँगीले भने, ‘रोग, किरा तथा हुरी बतास र पानीले यस पटक ठुलो असर गरेको रिपोर्ट छैन ।’ धान विज्ञ डा. राजेन्द्र उप्रेती पनि यस पटक धान उत्पादन बढ्ने दाबी गर्छन् । ‘गत वर्षभन्दा धेरै ...
ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
कृषि, समाचार, समाज

ललितपुरका किसानलाई धान भित्र्याउने चटारो

नेपालअखबार, ललितपुर । ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् । ललितपुरको महालक्ष्मीनगरपालिका-७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको बताउनुभयो । गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उनको भनाइ थियो। पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पा...
पकेट क्षेत्रमा खसिबोका प्रर्दशन,पुरस्कारले किसान दंग
कृषि, समाचार, समाज

पकेट क्षेत्रमा खसिबोका प्रर्दशन,पुरस्कारले किसान दंग

नेपालअखबार, पाेखरा। पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता दिएपछि प्रदर्शनीमा मात्र १७५ वटा खसिबोका प्रर्दशन गरिएको थियो । पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगर वडा नं २८, को आयोजना तथा जिल्ला पशुपंक्षी तथा मत्य बिकास र्निदेशनालय, जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, पोखरा टेलिभिजन, ब्यबशायिक बाख्रापालन समिती पोखरा २८ को सहकार्यमा आयोजना गरीएको प्रदर्शनीमा किसानलाई पुरस्कार प्रदान गरिएको थियो । प्रर्दशनीमा सबैभन्दा ठुलो खसि ल्याउने किसान डिलु खनाल प्रथम, प्रकाश रमण अधिकारी द्धितिय, बुद्धि बहादुर तिम्सना तृतिय र नारायण लामिछाने शान्वता भएका थिए । उनिहरुलाई क्रमश १० हजार, ८ हजार ६ हजार र ४ ह...
बेमौसमी वर्षाले टीकापुरका किसान चिन्तित
कृषि, समाचार, समाज

बेमौसमी वर्षाले टीकापुरका किसान चिन्तित

नेपालअखबार, कैलाली। कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन्। धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो। सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि धान पाकेर भित्र्याउ जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तामा छन्। टीकापुरका किसान निर्मल विकले काटेर सुकेको धान पानीमा भिजेको छ। पानी पर्ने सूचना पाएपछि धान थ्रेसिङ  गर्ने (दाउने) तयारी गरे पनि ट्रयाक्टर नपाउँदा निर्मलको सुकेको धान खेतमै भिज्यो। ‘ट्रयाक्टर आउँछ भनेर बाटो कुरेर बसेँ, आएन, समयमै धान घर भित्र्याउन पाइएन,’ उनले भने, ‘हावाहुरीले धान यत्रतत्र छरिएको छ । अझै वर्षा भएमा धानबाली खेतमै सड्ने चिन्ता बढेको छ।’ अर्का किसान पदम ओलीको खेतमा धान पाकेर बाला झुलेका छन्। वर्षाको डरले धान नकाटेका पदमको खेतमा सोमबारको हावाहुरीसहितको वर्षाले क्षति पु¥याएको छ। ‘हिजोको वर्षा र हावाहुरीले धान भाँचेको छ,’...
दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती
अर्थ, कृषि, प्रशासन, समाचार

दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती

नेपालअखबार, काठमाडौँल । दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानबाट उत्पादन भएको दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती गरिएको जनाएको छ । सोमबार कृषि तथा पशुपन्छीमन्त्री वेदुराम भुसालले किसानसँग खरिद गरिएको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएपछि मूल्य घटाएको स्पष्ट पारे । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले संस्थानका उत्पादनमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिएको उल्लेख गरे । अब संस्थानका उत्पादनमा दुधमा प्रतिपाउच दुई रुपियाँ छुट भएको छ । ९७ रुपियाँमा साबिक मूल्य कायम भएकामा अब ९५ रुपियाँ लिटरमा उपभोक्ताले दुध खरिद गर्न सक्ने छन् । दही एक लिटरमा २० रुपियाँको छुट दिइएको छ । अब डिडिसीको दही ९० र...
बागलुङका सहकारीले बेच्छन् बर्षमै २ करोडका खसीबोका
कृषि, समाचार, समाज

बागलुङका सहकारीले बेच्छन् बर्षमै २ करोडका खसीबोका

नेपालअखबार, ढोरपाटन (बागलुङ) । आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा सम्झन र सम्मान गर्नका लागि काठेखोलाका महिला जिल्लामै उदाहरणीय छन् । नेपालमा सबैभन्दा बढी रेमिट्र्यान्स भित्र्याउने जिल्लामा पर्छ बागलुङ । यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन् । टोलछिमेकमा कोही बिरामी परे अस्पतालसम्म पुर्‍याउने मान्छे पाउन मुस्किल छ । खेतीयोग्य जमिन वनमाराले ढाक्न थालेपछि उत्पादनमा पनि कमी आउन थालेको छ । युवाशक्ति विदेशिएपछि घरपरिवार धान्ने जिम्मेवारी महिलाको काँधमा थपिएको छ । पहिलेपहिले ग्र...
सर्लाहीका उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्
अर्थ, कृषि, प्रशासन, समाचार

सर्लाहीका उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

नेपालअखबार, सर्लाही। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल रु ७० का दरले रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ उखु बेचेको सात महिना हुँदासमेत नपाएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए । उनका अनुसार दसैँको मुखमा पनि उखु बेचेको अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भएका छन् । उखु बेचेको अनुदानबापतको रकम नदिँदा जिल्लाका उखु उत्पादन किसानमा दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए । जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई...
कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी

नेपालअखबार, दमौली । तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहेका छन् । विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा उनले उक्त फार्म सञ्चालन गरेसँगै व्यावसायिक रुपमा कृषि पेसा सुरु गरेका हुन् । “बारीका ढिस्कामा मौरीका घार लहरै बनाएको छु । बारीका वरपर बुट्यान भएकाले मौरीलाई फूलका रस ल्याउन सजिलो हुन्छ”, थापाले भने । पाँच वर्षदेखि कृषि पेसा गर्दै आएका उनले यसवर्ष रू १२ लाख आम्दानी गरेको बताए । उनका अनुसार फार्ममा हाल ४० वटा मौरीसहितका घार रहेका छन् । यसवर्ष मौरीको गोला र मह उत्पादनबाट मात्रै रू चार लाख आम्दानी भएको थापाले जानकारी दिए । उनका अनुसार एक गोला मौरीसहितको घार रू दश हजार र महको माना...
मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं
कृषि, समाचार, समाज

मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं

नेपालअखबार, काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ। सामान्यतः अक्टोबर-२ देखि मनसुन बाहिरिने गरेको भए पनि यसपालि अझै मनसुन सक्रिय देखिएको छ। वरिष्ठ मौसमविद् वरूण पौडेल विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताए। मनसुन बाहिरिन अझै झन्डै एक साता लाग्नसक्ने अनुमान रहेको उनले जानकारी दिए। यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ। त्यसैले बदली छ। अबको केही दिन मौसम बदली हुने र ठाउँ-ठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने पौडेलले बताए। ‘अहिले धानबाली भित्र्य...
कृषि र खाद्य सुरक्षाका लागि विश्व बैंकले नेपाललाई २० करोड अनुदान दिने
कृषि, समाचार

कृषि र खाद्य सुरक्षाका लागि विश्व बैंकले नेपाललाई २० करोड अनुदान दिने

नेपालअखबार, काठमाडौँ । नेपालको कृषि तथा खाद्य पोषणको क्षेत्रमा सहयोग पुर्याउनेगरी विश्व बैंकले नेपाललाई २० करोड रुपैयाँ अनुदान दिने भएको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना (फेनसिप) लाई सहयोग गर्ने गरी बैंकले नेपाललाई २० मिलियन अमेरिकी डलर अर्थात् २० करोड रुपैयाँ आर्थिक अनुदान दिने भएको हो । उक्त सहयोग विश्व बैंकले शुक्रवार स्वीकृत गरेको छ ।  यस परियोजनाले नेपालका १६ गाउँपालिकाका ५५ हजार भन्दा बढी साना किसानहरूलाई कृषि उत्पादकत्व र पोषण अभ्यासहरू र जलवायु–स्मार्ट कृषि अभ्यासहरू मापन मार्फत लाभान्वित गर्ने लक्ष्य राखेको छ। ‘दिगो विकास लक्ष्यहरू र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिबद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्नु र गरिबी न्यूनीकरण नेपाल सरकारको राष्ट्रिय लक्ष्य हो’ मालदिभ्स र नेपालका लागि  विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जे...