ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
नेपालअखबार, ललितपुर । ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् ।
ललितपुरको महालक्ष्मीनगरपालिका-७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको बताउनुभयो । गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उनको भनाइ थियो।
पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पा...










