बुढीगण्डकी आयोजना ! पुर्नवासको रणनीति बन्दैछ ः प्रचण्ड (भिडियो सहित)
गोरखा । राष्ट्रिय गौरवका रुपमा लिइएको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाले अब गति लिने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
प्रथम शहिद लखन थापा र जयसिंह चुमी राना मगरको १४३ औं स्मृती दिवशका अवसरमा शहिद लखन गाउँपालिका ७ को बुंकोटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना निर्माणको प्रकृया अघि बढाएको बताए ।
‘आयोजनामा केहि समस्या र जटिलता थिए, ति सबै हटिसकेको छ’ प्रचण्डले भने ‘आयोजनाबाट विस्थापितका लागि सरकारले नै पुर्नवासको ब्यवस्था मिलाउछ, त्यसका लागि रणनीति बन्दैछ ।’
बुढीगण्डकी गोरखा र धादिङको मात्रै नभई सिंगो देशकै गौरवको आयोजना भएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका उनले सरकारले सोचेजस्तो गति लिन नसकेको बताएका छन् ।
‘हामीले सोचे अनुसार विकासले गति लिन नसकेको पक्कै हो’ उनले थपे ‘सबै कुरा एकै चोटी सम्भव हुदैन, तर अब ढिला ग...
