जनयुद्ध दिवशमा अरुलाई सम्झदा नारायणकाजीले किन छुटाए बाबुरामलाई ?
गोरखा । बिहिबार नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखाले २५ औं जनयुद्ध दिवश मनाएको छ ।
दिवशका अवसरमा पार्टी कार्यालय पाटेचौरमा भएको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी थिए, प्रवक्ता नारायणकाजी श्रेष्ठ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले जनयुद्धबाट शान्ति प्रकृयासम्म आउँदाका पार्टीबाट अलग्गिएका सबै नेतालाई सम्झिए । उनले नेताहरुलाई सम्झदै नाम मात्रै लिएनन, नेकपामा फर्किन आग्रह समेत गरे ।
पार्टी फुटाएर गएका सबै नेताका नाम लिदा श्रेष्ठले पूर्व सहकर्मी समेत रहेका बाबुराम भट्टराईलाई भने छुटाए ।
‘अहिले कम्युनिष्ट एकताको खाँचो छ, हिजो पार्टी छोडेर जानुहुने कमरेड किरण, बिप्लव, मोहनबिक्रम, सिपी गजुरेल लगायतका नेताहरु अब बिना पूर्वाग्रह नेकपा फर्किनुस’ नेता श्रेष्ठले भने ‘कम्युनिष्ट आन्दोलन संस्थागत गर्ने बेला आएको छ, प्राप्त उपलब्धी रक्षा गर्नुछ, तपाईहरु पनि यो अभिय...
