Sunday, August 9

प्रशासन

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त थपलिया
प्रशासन, समाचार

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त थपलिया

नेपालअखबार, काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन्। निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताएका हुन्। ‘हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौं। पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,’ उनले भने, ‘यसकारण हामीले निर्वाचनमा यसपटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्‍यौं।’ उनले विभिन्न कारणले निर्वाचनलाई दूषित...
रविको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान
प्रशासन, समाचार

रविको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान

नेपालअखबार, काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। ‘प्रशासनबाट पत्र आएको छ। छानबिनको प्रक्रिया अघि बढेको छ,’ मैनालीले भने। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकमले प्रकाशित गरेको थियो। उकेराका अनुसार लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाल...
स्याङ्जा र बाजुरामा पुनः मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन
प्रशासन, समाचार

स्याङ्जा र बाजुरामा पुनः मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै ती जिल्लामा तत्काल मतगणना थाल्न निर्देशन दिइएको आयोगका सहसचिव यज्ञ भट्टराईले  जानकारी दिए । यसअघि ती जिल्लामा मतदानका क्रममा धाँधली, बुथ कब्जा भएको भन्दै नेकपा एमालेले उजुरी दिएपछि मतगणना कार्य रोकिएको थियो । आयोगले सहसचिवको नेतृत्वमा ती क्षेत्रको वास्तविकता पत्ता लगाउनका लागि सहसचिवको नेतृत्वमा छानबिन टोलीसमेत पठाएको थियो ।...
१२ ठेकेदार कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
प्रशासन, समाचार

१२ ठेकेदार कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा

नेपालअखबार, काठमाडाैं । कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको हो । कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यी हुन् कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू :   #कालाेसूची...
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
प्रशासन, समाचार

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

नेपालअखबार, काठमाडाैं। निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको हो । विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक...
दोलखाका विवादित १० वटा मतदान केन्द्रमा फेरि चुनाव हुने
प्रशासन, समाचार

दोलखाका विवादित १० वटा मतदान केन्द्रमा फेरि चुनाव हुने

नेपालअखबार, काठमाडौं । दोलखाका विवादित १० वटा  मतदान केन्द्रमा फेरि चुनाव हुने भएको छ । ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए । त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको श्रोतले बताएको छ । बैत्यश्वरको वडा नं. ६ (क,ख,ग),  वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग), बैत्यश्वर २ को जनज्योति( क,ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क,ख) केन्द्रमा पुन चुनाव हुने आयोगले निर्णय गरेको थियो । दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।...
निर्वाचित सांसदले के सुविधा पाउँछन्, कस्तो दलले राष्ट्रिय दलको मान्यता पाउँछन् ?
प्रशासन, समाचार

निर्वाचित सांसदले के सुविधा पाउँछन्, कस्तो दलले राष्ट्रिय दलको मान्यता पाउँछन् ?

नेपालअखबा, काठमाडाैं । राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा,सुविधामा भने खासै भिन्नता छैन । यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ । नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ । निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने कुरामा यतिबेला नयाँ सांसदहरु चुनिएसँगै सबैको ध्यान गएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमला राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको बताउँछन् । उनले प...
बाजुरामा रोकिएको मतदान शान्तिपूर्ण सम्पन्न
प्रशासन, समाचार

बाजुरामा रोकिएको मतदान शान्तिपूर्ण सम्पन्न

नेपालअखबार, डाेटी । बाजुराको बुढीनन्दा नगरपालिका-५ मा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको बताए । ४ मंसिरमा मतदना सुरु भएको केही समयमै नेपाली कांग्रेस र एमाले कार्यकर्ताहरूबीच झड्प हुँदा मतदान स्थगित भएकाे थियाे । साे दिन २८ मत मात्रै खसेकाे थियाे ।...
देशभरका १५ केन्द्रमा मतदान स्थगित
प्रशासन, समाचार

देशभरका १५ केन्द्रमा मतदान स्थगित

नेपालअखबार, काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ ।राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।...
दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ
प्रशासन, समाचार

दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

नेपालअखबार, दार्चुला ।  दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् ।लेकम गाउँपालिका-१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...