Thursday, October 22

प्रशासन

२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ?
प्रशासन, समाचार

२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ?

नेपालअखबार,काठमाडौँ । प्रहरी नायव निरीक्षक (सई) हरुको पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापा स्तरीय आइतबारको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवा भएका २ सय ८ जनाको पदस्थापन गरिएको हो । सचिनकुमार भदैसवारको इलाका प्रहरी कार्यालय धनगढी सिरहामा पदस्थापन गरिएको छ । चन्द्र बहादुर राउतको इलाका प्रहरी कार्यालय बुधबारे जयपुर झापामा पदस्थापन गरिएको छ । यस्तै रोशन प्रसाद राजबंशीको इलाका प्रहरी कार्यालय दमक झापा,अनुसन्धानमा पदस्थापन गरिएको छ । नारायण प्रसाद भण्डारीको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पदस्थापन गरिएको छ ।...
निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन
प्रशासन, शिक्षा, समाचार

निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका संस्थागत (निजी) विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो । निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौं महानगर शिक्षा ऐन, २०६८ अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ । महानगरले छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनिएको छ । सो समितिमा वडा अध्यक्ष (वा तोकिएको प्रतिनिधि), विद्यालयका प्रधानाध्यापक, महानगरको शिक्षा निरीक्षक तथा विद्यालय व्यवस्थापन समितिका एक अभिभावक ...
काठमाडौंका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम
प्रशासन, समाचार

काठमाडौंका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम दिएको छ । नगर प्रहरी बलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा १८० जना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम दिएको हो । १८ फागुन २०८१ देखि सुरु भएको तालिममा ३ समूहमा सञ्चालन भएको थियो । ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना नगर प्रहरी जवान तालिममा सहभागी थिए । महानगरका अनुसार प्रत्येक समूहलाई १५ कार्य दिनको तालिम दिइएको थियो । हरेक समूहमा ६० जनालाई सहभागी गराइएको थियो । तालिम समापन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी आवागमनमा थप सहजता आउने अपेक्षा गरे । ‘हातको संकेतका भरमा थोरै जनशक्तिबाट काम गर्न कठिन भइरहेको थियो । नगर प्रहरी बलमा ट्राफिक व्यवस्थापनको तालिम प्राप्त जनशक्ति थपिएपछ...
३० हजार घुस लिएको अभियोगमा नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा
प्रशासन, समाचार

३० हजार घुस लिएको अभियोगमा नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालअखबार,काठमाडौं । ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्काविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार खड्काले भारतबाट भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका लागि सामान ल्याउन दिने भन्दै सेवाग्राहीबाट ३० हजार रुपैयँँ घुस लिएको प्रमाणित भएपछि विशेषमा मुद्दा दायर गरिएको हो । खड्कालाई घुस मागेको सूचना र उजुरी निवेदन परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ रकम सहित नियन्त्रणमा लिएको थियो ।खड्काले घुस लिएको ३० हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम क...
पोखरा महानगरको पत्राचार वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न
प्रशासन, शिक्षा, समाचार

पोखरा महानगरको पत्राचार वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न

पोखरा । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन वैशाख १७ गतेसम्ममा सुरु गर्न विद्यालयलाई पत्राचार गरेको छ । पोखरा महानगरपालिका, नगर शिक्षा समितिको आइतबार बसेको बैठकले वैशाख १७ गतेसम्ममा पठन–पाठन नियमित रूपमा सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको हो । विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठन–पाठन प्रभावित भएको छ ।...
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
अर्थ, प्रशासन, समाचार

चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

नेपालअखबार,हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख जैसीले बताए । सदरमुकामबाट यारी नाका भन्सार कार्यालय पुग्न नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।...
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
प्रशासन, समाचार

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ । बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो। चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेकाे छ । आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ । सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेकाे थियाे । तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् । शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा सेवा बहिष्कार गरेका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरु स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह ...
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
प्रशासन, समाचार, समाज

बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै

नेपालअखबार,नेपालगञ्ज । भूमि समस्या समाधान आयोगले बाँकेमा पहिलो चरणमा करिब सात सय  जग्गाधनी पुर्जा वितरण गर्न लागेको छ । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले त्यसका लागि हालसम्म करिब पाँच सय ६३ लालपुर्जाको प्रमाणीकरण भएको जानकारी दिए । तीमध्ये एक सय १२ जनाको सनाखत प्रक्रिया पूरा भएको र अन्यको लालपुर्जाको आवश्यक प्रक्रिया चलिरहेको उनले बताए । जिल्लाको कोहलपुर नगरपालिका–१ स्थित कौशिल्यानगरबाट यही २० गते लालपुर्जा वितरण प्रारम्भ हुने आयोगले जनाएको छ । भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न लागिएको तर धेरैजसो मान्छे घरमा नभएकाले केही कठिनाइ भइरहेको अध्यक्ष खनालको भनाइ छ । ‘लगत्तै अव्यस्थित बसोबासी भएकालाई पनि जग्गाको लालपुर्जा वितरण हुनेछ । २० गतेबाट वितरण हुने लालपुर्जाको प्रमाणीकरणको काम शनिबारसम्म सक्नुपर्ने बाध्यता रहेको छ । बाँकेका आठ स्थानीय तहमध्य...
६१ जना इन्स्पेक्टरको पदस्थापन र काज
प्रशासन, समाचार

६१ जना इन्स्पेक्टरको पदस्थापन र काज

नेपालअखबार,काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका ६१ जना इन्स्पेक्टरहरूको पदस्थापन र काज सरुवा गरेको छ । वैशाख ९ मा बढुवा भएकाहरूलाई आईजीपी दीपक थापाले पदस्थापन र काज सरुवाको निर्णय गरेका हुन् । इन्स्पेक्टर सुदिप थापा, रवि घिमिरे र जगतबहादुर राईलाई सीआईबीमा पदस्थापन गरिएको छ । कृष्णराज सेढाईलाई विशेष ब्युरोमा काज सरुवा गरिएको छ । जंगबहादुर अधिकारीलाई सीआईबीमा काज गरिएको छ । सुरज बुढाथोकीलाई मानव बेचबिखन ब्युरो, रेवतकुमार पोखरेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र लोकेन्द्रकुमार रावललाई लागुऔषध नियन्त्रण ब्युरोमा पदस्थापन तथा काज सरुवा गरिएको छ ।...
तीनकुने घटनामा थप एक जना पक्राउ
प्रशासन, समाचार

तीनकुने घटनामा थप एक जना पक्राउ

नेपालअखबार,काठमाडौं । काठमाडौंको तीनकुने घटनामा थप एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए। उनका अनुसार काभ्रेको धुलिखेलका ४० वर्षीय मनोज भन्ने मिनोज थापालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले साँगाबाट पक्राउ गरेको हो। अहिले उनीसँगै ६५ जना प्रहरी हिरासतमा छन् २१ जनालाई प्रहरीले हाजिर जमानीमा राखेको छ।...