Thursday, June 4

प्रशासन

बूढीगण्डकी प्रभावितका लागि मुआब्जा निर्धारण
प्रशासन, समाचार, समाज

बूढीगण्डकी प्रभावितका लागि मुआब्जा निर्धारण

नेपालअखबार,गोरखा। बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो । साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना ३ लाख कायम गरिएको छ । ‘चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना रु चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना रु एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ।’ उनका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ । उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन। गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने उनले पाठकले जानकारी दिए । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन्। वि...
रुपा गाउँपालिकाले बीमामा ५० प्रतिशत अनुदान
प्रशासन, समाचार

रुपा गाउँपालिकाले बीमामा ५० प्रतिशत अनुदान

नेपालअखबार,कास्की । कास्कीको रुपा गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । रुपामा कुल तीन हजार ५०० घरपरिार रहेकामा हालसम्म ५०० परिवारको बिमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारको बीमा गर्दा लाग्ने रु तीन हजार ५०० को ५० प्रतिशत गाउँपालिकाले व्यर्होने छ । बीमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको ओझाले बताए । उनले भने “स्वास्थ्योपचार सेवा नागरिकको मौलिक अधिकार हो । स्वास्थ्य बिमामार्फत नागरिकको स्वास्थ्योपचार सेवामा पहुँच वृद्धि गर्नेगरी माौलिक हकको कार्यान्वयनको काम गरेका छौँ ।” त्यसैगरी, गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बीमा बोर्डसँगको सहकार्यमा रुपा अ...
सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार
पर्यटन, प्रशासन, समाचार

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

नेपालअखबार,काठमाडौँ । वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन् ।  नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि गएका छन् । विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ । पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । सगरमाथाबाट मात्रै ३१ लाख ६९ लाख ८६ हजार २८ रकम उठेको छ । हालसम्म विभ...
नेपाल प्रहरीका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस
प्रशासन, समाचार

नेपाल प्रहरीका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीका ६१ जना वरिष्ठ सहायक निरीक्षक प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा समितिको बैठकले ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको हो। इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस भएका ६१ जनाको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत वरिष्ठ सई सुदिप थापा छन्। त्यस्तै इलाका प्रहरी कार्यालय बरेङडाँडा बाग्लङमा कार्यरत रवी घिमिरे दोस्रो नम्बरमा छन् भने इलाका प्रहरी कार्यालय बाफिकोट रूकुम पश्चिममा कार्यरत फणिन्द्र क्षेत्री तेस्रो नम्बरमा छन्। सूचीः...
वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु लम्बियो
प्रशासन, समाचार, समाज

वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु लम्बियो

नेपालअखबार,वीरगन्जमा । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बिएको छ । दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो । तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार समय राति १२ बजेसम्मलाई बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।...
बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
प्रशासन, समाचार, समाज

बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण

नेपालअखबार,मकवानपुर । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका–७ स्थित भिरकोटका भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरणको गरेको छ। आइतबार एक कार्यक्रमका बिच आयोग मकवानपुरले बकैया–७ भिरकोटका ५९ भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बोसवासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा जग्गा धनी पुर्जा वितरण गरिएको हो । पछिल्लो पटक गठित भूमि समस्या समाधान आयोगले पहिलो पटक मकवानपुरमा जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको हो । बकैया गाउँपालिकासँगको समन्वयमा ४० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र १९ अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए । आयोग मकवानपुरले वडाले प्रविष्ट गरेको विवरण माथि छानबिन गरी भूमिहीन नागरिकहरूलाई पुर्जा वितरणको गरिएको उनले बता...
वीरगञ्जमा आज साँझ ६.३० देखि भोलि आइतबार दिनको १२ बजेसम्म कर्फ्यु आदेश
प्रशासन, समाचार

वीरगञ्जमा आज साँझ ६.३० देखि भोलि आइतबार दिनको १२ बजेसम्म कर्फ्यु आदेश

नेपालअखबार,वीरगन्ज । पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आज साँझ ६.३० देखि भोलि आइतबार दिनको १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।  ...
दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर  : १२ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, समाचार

दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर : १२ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि  १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएकाे छ । प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो । यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो । उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय समय मागेको हो । भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै ...
दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइयो
प्रशासन, राजनीति, समाचार

दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइयो

नेपालअखबार,काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको  छ । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक...
आजदेखि दाउन्ने खण्ड दैनिक ४ घन्टा बन्द हुने
प्रशासन, समाचार

आजदेखि दाउन्ने खण्ड दैनिक ४ घन्टा बन्द हुने

नेपालअखबार, दाउन्ने। नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा बुधबारदेखि दैनिक चार घन्टा सवारी आवागमन बन्द हुने जनाएको छ। नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ। चैत ३१ गतेसम्म यही समयमा उक्त खण्ड बन्द रहनेछ। वैशाख १ गतेदेखि भने दैनिक छ घन्टा बन्द रहनेछ। त्यसअवधिमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुने आयोजनाले जनाएको छ।...