मन्त्री कुँवरद्धारा ९ जना श्रमिकका गुनासो सम्बोधन
नेपालअखबार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन । आईतबार मन्त्रालयमा 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम अन्तरर्गत उहाँले ९ जना श्रमिकका गुनासो सम्बोधन गर्नु भएको हो
कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरु राखेका थिए । पछिल्लो समय धेरैले विदेश जादाँ ठगिएको गुनासोहरु राख्ने गरेका छन् ।
मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताउनु भएको छ । साथै उहाँले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताउनु भयो ।
उहाँले म्यानपावरले श्रमिकबाट विदेश...









