Friday, August 28

प्रशासन

मोदी गाउँ पालिकाकामा भूमिहिनहरुको लागी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रशासन, समाचार

मोदी गाउँ पालिकाकामा भूमिहिनहरुको लागी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालअखबार, पर्वत । राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतको आयोजना र मोदी गाउँपालिकाको ब्यबस्थापनमा एक दिने अभिमुखीकरण तालिमको कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय भुमि आयोगले पर्वत जिल्लाका जलजला बाहेका सवै पालिकामा यही भाद्र १ देखि भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको सुचना प्रकाशित गरीसकेको हुदा मोदी गाउँपालिकाका सवै वडामा यहि भाद्र १०गते देखि १६ गते संम्म भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिने भएको छ। पर्बत भूमि आयोगका अध्यक्ष उदय प्रसाद सुवेद मोदी गाउँ पालिका वडा अध्यक्ष हिरा देवि शर्मा मोदी गाउँ पालिकाका उप अध्यक्ष बिमल लामिछाने भूमि  आयोगको सदस्य देबि कुमारी क्षेत्री साथै सबै राजनीतिक दल को उपस्थित रहेको थियो ।  ८ वटा का अध्यक्ष लगायत सचिवहरुको लागी एक दिने अन्तरक्रिया कार्यक्रममा रहेको थियो  । यस एक दिने अन्तरक्रिया कार्यक्रमको प्रस्तुतक...
पोखरामा भूमिहीनलाई निस्सा वितरण कार्य  सुरु
प्रशासन, समाचार, हाइलाइट-समाचार

पोखरामा भूमिहीनलाई निस्सा वितरण कार्य सुरु

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा मङ्गलवार २४२ सुकुम्वासी परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भूमिहीन दलित र सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा चुनाव अघि आफूले गरेको घोषणाले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे । ‘हामीले चुनावी सभाको प्रारम्भ यही वडाबाट गरेका थियौँ, त्यस बेला भनेका थियौँ कि, भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई निस्सा पनि यहीबाट वितरण गरिनेछ,’ आचार्यले भने,  ‘आज त्यो पुरा भएको छ, यस प्रक्रियामा सहयोग गर्ने सबै सरोकारवालाहरूलाई म धन्यवाद दिन चाहन्छु ।’ यो नियमित काम भएका कारण निर्वाचन आचारसंहिताले पनि नरोक्ने उनले बताए । पोखरा महानगरपालिकामा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आव...
कैलालीको लम्कीचुहाको बादी बस्तीमा १३० भूमिहिन दलित परिवारलाई लालपूर्जा वितरण
प्रशासन, समाचार

कैलालीको लम्कीचुहाको बादी बस्तीमा १३० भूमिहिन दलित परिवारलाई लालपूर्जा वितरण

नेपालअखबार,  काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरिसकेको बताउनु भएको छ । कैलालाीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को बादी बस्तीमा १३० भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाझो जमिनहरुको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरेको बताउनुभयो । मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको हक अधिकार स्थापित गर्र्न भूमिहिनलाई भूमि वितरणको काम गरिरहेको बताउनुभयो । मन्त्री श्रेष्ठले मुक...
विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ
प्रशासन, समाचार

विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

नेपालअखबार, डाेटी। डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई पक्राउ गरिएको सो पार्टीका अन्य नेताले जनाएका छन् । नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई बिना कारण गिरफ्तार गरिएको बताए । आफूहरुको बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए । नेकपाले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै बन्दको घोषणा गरेको हो । सो पार्टीले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेजी र बन्दी रिहाइ गर्नुपर्ने, राजनीतिक समस्यालाई राजनीतिक ढंगले समाधान गर्नुपर्ने लगायत माग राखेको छ ।...
२४ सहसचिवको सरूवा
प्रशासन, समाचार

२४ सहसचिवको सरूवा

नेपालअखबार, काठमाडाैं । सरकारले संघ तथा प्रदेश तहका २४ जना सहसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरेको हो। निर्णयअनुसार सहसचिव अणप्रसाद न्यौपानेलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सोही प्रदेशको प्रदेश प्रमुख कार्यालयमा सरूवा गरिएको छ। त्यस्तै झक्कप्रसाद आचार्यलाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट संघको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र कृष्णप्रसाद ज्ञवालीलाई सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा सरूवा गरिएको छ। यस्तै विदुरप्रसाद खनाललाई युवा तथा खेलकुद मन्त्रालयबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, केशवप्रसाद विमलीलाई प्रदेश नीति तथा योजना आयोग जनकपुरधामबाट श्रम मन्त्रालयमा, नारायणप्रसाद सापकोटालाई स...
मिटरब्याज लिएर जनता ठग्नेलाई कारबाही गर्छु : गृहमन्त्री
प्रशासन, समाचार

मिटरब्याज लिएर जनता ठग्नेलाई कारबाही गर्छु : गृहमन्त्री

नेपालअखबार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले यस्तो बताएका हुन् । उनले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताए । मन्त्री खाणले वर्तमान सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गरे । उनले मिटर ब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताए । मन्त्री खाणले मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताए । उ...
५ बजे पछाडि कार्यालय खोलेको भन्दै विभागमाथि उजुरी
प्रशासन, समाचार

५ बजे पछाडि कार्यालय खोलेको भन्दै विभागमाथि उजुरी

नेपालअखबार, काठमाडाैं । सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्छन् । तर, केही अघिसम्म वैदेशिक रोजगार विभागलाई १०–५ को तालिकाले छोएको थिएन । कामको चाप हुँदा विभागका कर्मचारीहरू कहिले बिहानैदेखि, कहिले राति अबेरसम्म पनि बसेर काम गर्दथे । तर, ५ बजेभन्दा पछाडि किन कार्यालय खोलिएको भन्दै विभागमाथि प्रश्न उठ्यो । प्रश्न मात्र उठेन, त्यसमा उजुरी नै पर्‍यो । त्यसपछि अहिले विभागले पनि अन्य सरकारी कार्यालय सरह १० देखि ५ बजेसम्म मात्र कार्यालयको काम गर्दै आएको छ । यसरी सरकारले तोकेको समयमा मात्रै कार्यालय खोल्दा धेरै सेवाग्राही मर्कामा पर्न थालेका छन् । सरकारी नियमभन्दा पनि मानवीय नाताले १/२ घण्टा बढी सेवा प्रवाह गर्दै आएकोमा प्रश्न उठाइएको विभागका निर्देशक डम्बर बहादुर सुनुवार बताउँछन् । विभागका कर्मचारीहरूले इजरायल पठाउने नेपाली कामदार छनोटका क्रममा राति ८ बजेसम्म पन...
बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन  गरिने
प्रशासन, समाचार

बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

नेपालअखबार, काठमाडाैं । कारागारभित्रका बन्दीको उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको  व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै छुट्टै अस्पताल वा स्वास्थ्य चौकी स्थापना गर्न भनिएको हो । विधेयकमा पाँच सय बढी बन्दी रहने प्रत्येक कारागारमा तोकिए बमोजिम शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि संशोधन गर्दै कारागारभित्रका सबै बन्दीलाई चिकित्सकद्वारा कम्तीमा दुई महिनामा एक–पटक नियमित र आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने छ । यस्तै बन्दीले नियमितरुपमा सेवन गर्ने औषधि कारागार कार्यालयले उपलब्ध गराउनुपर्ने, कारागार प्रशासकले बन्द...
मोरङमा २७ हजार नयाँ मतदाता थपिए
प्रशासन, समाचार, समाज

मोरङमा २७ हजार नयाँ मतदाता थपिए

नेपालअखबार, काठमाडौं । मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार आठ सय ३९ र महिला १३ हजार तीन सय ८६ छन् । गत वैशाख ३० गते सम्पन्न जिल्लाको पालिकाको निर्वाचनमा पुरुष तीन लाख ६३ हजार चार सय ४८, महिला तीन लाख ५१ हजार सात सय ६९ र छ अन्य गरी सात लाख १५ हजार दुई सय २३ मतदाता थिए । कार्यालयका प्रमुख लवनकस्यप अधिकारीले मोरङमा पाँच मतदानस्थल थप र सात मतदान स्थल सार्न केन्द्रमा पत्राचार गरिएको जानकारी दिए । गत स्थानीय निर्वाचनमा जिल्लाको १७ पालिकामा सम्पन्न निर्वाचनमा तीन सय मतदानस्थलमा आठ सय २० केन्द्र थियो । स्थानीय पालिका निर्वाचनमा उम्मेदवार भएकामध्ये मोरङमा चार सय ६२ ले निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अ...
आज  दल दर्ता गर्ने अन्तिम दिन
प्रशासन, समाचार

आज दल दर्ता गर्ने अन्तिम दिन

नेपालअखबार, काठमाडाैं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गराउन आह्वान गरेको थियो। प्रत्यक्षतर्फ र समानुपातिक तर्फ निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। यो अवधिमा दल दर्ता नगर्नेले दलबाट चुनावमा भाग लिन पाउँदैनन्। नेपाली कांग्रेसले आज दल दर्ता गर्दैछ। मुख्यसचिव कृष्णप्रसाद पौडेललाई केन्द्रीय कार्यम्पादन समितिको गत शनिबारको बैठकले दल दर्ता गराउने जिम्मेवारी दिएको थियो। अहिलेसम्म आयोगमा ६२ दल दर्ता भएको छ। नेकपा एमालेले दल दर्ता गरिसकेको छ। नेकपा माओवादी केन्द्रले पनि दल दर्ता गरिसकेको छ।...