नेपाल वायुसेवाका कार्यकारी अध्यक्षलाइ हातपात गरिएको छैन : सचिवालय
नेपालअखबार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको स्वकीय सचिवालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको जनाएको छ ।
मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीद्धारा हस्ताक्षरित आज एक विज्ञप्ती प्रकासित गरी विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्ष माथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई जोडेर लेखिएको समाचारमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘समाचारमा उल्लेख भए अनुसार, माननीय मन्त्रीज्यूले सिंहदबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तथा कार्यकक्षमा बोलाई मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात नगरेको प्रष्ट पार्दै यसबारेमा हाम्रो मन्त्रालय र सिहदरबार परिसरमा रहेका सीसीटीभी क्यामेरा हेर्दा प्रष्ट हुने भएकाले सञ्चारमाध्यम लगायत सम्वन्धित सरोकारवाला निकायलाई हामी प्रष्ट हुन ...


