Wednesday, April 22

प्रशासन

अठार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खत्री पक्राउ
प्रशासन, समाचार

अठार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खत्री पक्राउ

नेपाल अखबार, पाेखरा।  पोखरामा एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गणेश खत्रीलाई पक्राउ गरेको छ । अठार वर्षीया बालिकालाई जंगलको एकान्त बाटोमा एक्लै हिडिरहेको अबस्थामा डर र धाकधम्की देखाई  जवरजस्ती करणी गर्ने पोखरा – २० भलामका ३५ वर्षीय गणेश खत्री पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो । डिएसपी हमालका अनुसार पेशाले ट्याक्सी ड्राइभर रहेका खत्रीलाई शनिबार बिहान ८ :४५ बजे जंगलको एकान्त बाटोमा जवरजस्ती करणी गरेको आरोपमा शनिबार पोखरा – २० भलामबाटै पक्राउ  पक्राउ गरिएको हो । खत्रीलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत  अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।...
कोरोना परीक्षणको रिपोर्ट अब मोबाइलमै
प्रशासन, समाचार, स्वास्थ्य

कोरोना परीक्षणको रिपोर्ट अब मोबाइलमै

नेपाल अखबार, भरतपुर । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा म्यासेज पठाइएको बताउनुभयो । “कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकालाई आजदेखि औपचारिक रुपमा मोबाइलमै रिपोर्ट पठाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “पोजेटिभ र नेगेटिभ दुवै रिपोर्ट सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछौँ ।” उहाँले फेसबुकमार्फत पनि रिपोर्ट थाहा पाउन सकिने बताउनुभयो । फेसबुकभन्दा पहिले नै मोबाइलमा रिपोर्ट उपलब्ध गराइने उहाँले बताउनुभयो । अहिलेसम्म रिपोर्ट पोजिटिभ आएका सङ्क्रमितलाई प्रत्यक्ष फोन गरेर र नेगेटिभ आएकालाई अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिने गरिएको थियो । कतिपय व्यक्ति रिप...
कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका भोलिबाट बन्द हुने
प्रशासन, समाचार, स्वास्थ्य

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका भोलिबाट बन्द हुने

नेपाल अखबार, काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई संक्रमण फैलन नदिन १ हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिएका छन् । कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि काम निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । टोखामा शुक्रबारसम्म २ सय ५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ सय...
कास्कीमा निषेधाज्ञा पुनः एक हप्ता थप, सार्वजनिक  यात्रुबाहक बस २७ गतेसम्म बन्द
प्रशासन, समाचार

कास्कीमा निषेधाज्ञा पुनः एक हप्ता थप, सार्वजनिक  यात्रुबाहक बस २७ गतेसम्म बन्द

नेपाल अखबार, पाेखरा। कोरोना भाईरसको सङ्क्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्कीमा सार्वजनिक  यात्रुबाहक बस तथा माइक्रोबस भदौ २७ गतेसम्मनै बन्द हुने भएका छन् । यसअघि गत भदौ १२ गतेबाट जिल्ला प्रशासनले त्यसअघिको निषेधाज्ञा केही खुकुलो बनाएपनि सार्वजनिक यातायात भदौ २० गतेसम्म बन्द गर्ने आदेश जारी गरेकामा शुक्रबार पुनः अर्को आदेश जारी गरेको छ । जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ः०० बजे देखि साँझ ८ः०० बजे सम्म सञ्चालन गर्न सकिने जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान...
सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ
प्रशासन, समाचार

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ

नेपाल अखबार, सप्तरी। एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सन्तकुमार जैसवालले जानकारी दिए । गत भदौ १३ गते २१ वर्षीया युवतीलाई मुखियालगायत पाँचजना युवकले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई पक्राउ गरेको र फरार तीन जनाको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक जैसवालले बताए । रासस...
वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह
प्रशासन, शिक्षा, समाचार, हाइलाइट-समाचार

वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह

नेपाल अखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गरेका छन् । मन्त्री पोखरेलले आज भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम् सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन गरिने जानकारी दिए । घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा अमूल्य योगदान दिनुपर्ने बताए । उनले आजको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल भएको तथा सूचना र सञ्चारको पहुँच भएका र नभएका विद्यार्थीको सिकाइ निर...
विश्व बैंकले दियो नेपाललाई १ अर्ब २७ करोड अनुदान
अर्थ, प्रशासन, समाचार

विश्व बैंकले दियो नेपाललाई १ अर्ब २७ करोड अनुदान

नेपाल अखबार, काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम विश्व बैंकसहित एसियाली विकास बैंक, यूरोपियन यूनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसआइडी, यूनिसेफलगायत निकायको सहयोगमा सञ्चालनमा रहेको छ । जीपीई कोभिड १९ द्रुत कोषबाट प्राप्त भएको यो...
पोखराका वडा नं १०,१२ र १३ आज रातिदेखी एकसाता शिल
प्रशासन, समाचार, समाज

पोखराका वडा नं १०,१२ र १३ आज रातिदेखी एकसाता शिल

नेपाल अखबार, पाेखरा। कोरोना संक्रमण बढेपछि पोखराका वडा नं १०,१२ र १३ का   क्षेत्र आज रातिदेखी आगामी भदौ २६ गते राति १२ बजेसम्मका लागि शिल गरिने  छ । पोखरा वडा नं १०,१२ र १३ का वडाध्यक्षहरुले आज संयुक्त सूचना जारी गरी स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन र कोरोना नियन्त्रणमा सहजता ल्याउनका लागि शिल गर्ने निर्णय गरिएको जनाएकाे छ। वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङ, १२ का वडाध्यक्ष रामबहादुर कार्की तथा वडा नं१३ का वडाध्यक्ष लेखबहादुर तामाङले स्वास्थ्य सेवा बाहेका अन्य सेवाहरु सञ्चालनमा रोक लगाइएको जनाएका छन् । खाद्यान्न पसल भने विहान ११ बजेदेखी २ बजेसम्म सञ्चालन हुनेछन् ।...
चितवनमा भदौ ३१ सम्म निषेधाज्ञा
प्रशासन, समाचार

चितवनमा भदौ ३१ सम्म निषेधाज्ञा

नेपाल अखबार, चितवन । चितवनमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ । अब निषेधाज्ञामा विहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न पाइनेछ । औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भिडभाड नहुने गरी कार्यालय पनि सञ्चालन गर्न पाइनेछ । बैंक, वित्तीय संस्था र सहकारीका कार्यालय पनि ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्न पाइनेछ । यसबाहेक अन्य पसल व्यवसाय भने बन्द हुनेछ । कृषि उत्पादन तथा कृषि औजार ढुवानीका लागि प्रयोग हुने सवारी साधन, लामो तथा छोटो दूरीका मालसामान ढुवानी गर्ने साधन पनि चल्न पाउनेछन् । यसअघि चितवन जिल्लामा लगाइएको निषेधाज्ञा शुक्रबार राति सकिँदै थियो ...
नेपाल र भारतीय प्रहरीको सहयोगमा दश महिनादेखि बन्धक ३ नेपाली चेलीको उद्धार
प्रशासन, समाचार, समाज

नेपाल र भारतीय प्रहरीको सहयोगमा दश महिनादेखि बन्धक ३ नेपाली चेलीको उद्धार

नेपाल अखबार, परासी । नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट दश महिनादेखि बन्धक तीन नेपाली चेलीको उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो । चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले राससलाई जानकारी दिए । जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई ज...