Thursday, October 22

प्रशासन

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई
प्रशासन, समाचार

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

नेपाल अखबार, पोखरा । पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाउनुभएको हो । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उहाँलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो । अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उहाँको नाम ३४ नम्बरमा छ । विसं २०२६ यताका गुल्मपतिमा उहाँ पहिलो महिला हुनुहुन्छ भने नेपालमा दोस्रो गुल्मपति हुनुहुन्छ । नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति हुनुभएको थियो । जिम्मेवारी बहनसँगै रासससँगको कुराकानीमा गुरुङले भन्नुभयो, “तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छुु, गुल्मपतिको जिम्मेवारीलाई पन...
जग्गाको कित्ताकाट खुल्यो
प्रशासन, समाचार, हाइलाइट-समाचार

जग्गाको कित्ताकाट खुल्यो

नेपाल अखबार, काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन । ‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले गरेको त्यो सर्वसाधारणका लागि अभिसाप बनेको थियो । कित्ताकाट गरेबापत प्...
डोटीमा निषेधाज्ञाको समय एक हप्ता लम्बियो
प्रदेश ७, प्रशासन, समाचार

डोटीमा निषेधाज्ञाको समय एक हप्ता लम्बियो

नेपाल अखबार, डोटी । जिल्लामा पछिल्लो समय कोरोना कोभिड–१९को सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ । यही भदौ १४ गते राति १२ बजेदेखि २१ गते भदौ १२ बजेसम्म लागू भएको निषेधाज्ञा गएराति १२ बजे सकिएपछि निषेधाज्ञाका समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि १० बजे सम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्णरुपमा बन्द गर्ने निर्णय भएअनुसार निषेधाज्ञाको समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैैठकले ...
वीर अस्पताल अब कोभिड विशेष अस्पताल बनाउने निर्णय
प्रशासन, समाचार, स्वास्थ्य

वीर अस्पताल अब कोभिड विशेष अस्पताल बनाउने निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले मुलुकको जेठो अस्पताल वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार बिफ्रिङमा जानकारी दिए । उनका अनुसार वीर अस्पतालको नियमित स्वास्थ्य सेवा भने अब राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको छ । नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ । कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी छ । पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए । सरकारले विभिन्न शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षाका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रणको काममा खटाउने भएको छ । ...
स्वास्थ्य मन्त्रालयले  भन्याे,  कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी
प्रशासन, समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्याे, कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल अखबार,  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङमा कोरोनाबारे बिना आधार, बिना तथ्य बोल्नेलाई कारवाही गर्ने बताएका हुन । उनले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले भनेका बाहेकका कुरा सार्वजनिक  नगर्न नि आग्रह गरे ।‘कोरोना भ्रम हो, यो उब्जाइएको समस्या हो भने विभिन्न व्यक्तिहरूले बोलीरहनु भएको छ’ गौतमले भने, ‘त्यसरी बोल्नेहरूलाई कानून अनुसार कारवाही गर्छौं ।’...
अठार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खत्री पक्राउ
प्रशासन, समाचार

अठार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खत्री पक्राउ

नेपाल अखबार, पाेखरा।  पोखरामा एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गणेश खत्रीलाई पक्राउ गरेको छ । अठार वर्षीया बालिकालाई जंगलको एकान्त बाटोमा एक्लै हिडिरहेको अबस्थामा डर र धाकधम्की देखाई  जवरजस्ती करणी गर्ने पोखरा – २० भलामका ३५ वर्षीय गणेश खत्री पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो । डिएसपी हमालका अनुसार पेशाले ट्याक्सी ड्राइभर रहेका खत्रीलाई शनिबार बिहान ८ :४५ बजे जंगलको एकान्त बाटोमा जवरजस्ती करणी गरेको आरोपमा शनिबार पोखरा – २० भलामबाटै पक्राउ  पक्राउ गरिएको हो । खत्रीलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत  अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।...
कोरोना परीक्षणको रिपोर्ट अब मोबाइलमै
प्रशासन, समाचार, स्वास्थ्य

कोरोना परीक्षणको रिपोर्ट अब मोबाइलमै

नेपाल अखबार, भरतपुर । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा म्यासेज पठाइएको बताउनुभयो । “कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकालाई आजदेखि औपचारिक रुपमा मोबाइलमै रिपोर्ट पठाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “पोजेटिभ र नेगेटिभ दुवै रिपोर्ट सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछौँ ।” उहाँले फेसबुकमार्फत पनि रिपोर्ट थाहा पाउन सकिने बताउनुभयो । फेसबुकभन्दा पहिले नै मोबाइलमा रिपोर्ट उपलब्ध गराइने उहाँले बताउनुभयो । अहिलेसम्म रिपोर्ट पोजिटिभ आएका सङ्क्रमितलाई प्रत्यक्ष फोन गरेर र नेगेटिभ आएकालाई अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिने गरिएको थियो । कतिपय व्यक्ति रिप...
कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका भोलिबाट बन्द हुने
प्रशासन, समाचार, स्वास्थ्य

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका भोलिबाट बन्द हुने

नेपाल अखबार, काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई संक्रमण फैलन नदिन १ हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिएका छन् । कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि काम निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । टोखामा शुक्रबारसम्म २ सय ५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ सय...
कास्कीमा निषेधाज्ञा पुनः एक हप्ता थप, सार्वजनिक  यात्रुबाहक बस २७ गतेसम्म बन्द
प्रशासन, समाचार

कास्कीमा निषेधाज्ञा पुनः एक हप्ता थप, सार्वजनिक  यात्रुबाहक बस २७ गतेसम्म बन्द

नेपाल अखबार, पाेखरा। कोरोना भाईरसको सङ्क्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्कीमा सार्वजनिक  यात्रुबाहक बस तथा माइक्रोबस भदौ २७ गतेसम्मनै बन्द हुने भएका छन् । यसअघि गत भदौ १२ गतेबाट जिल्ला प्रशासनले त्यसअघिको निषेधाज्ञा केही खुकुलो बनाएपनि सार्वजनिक यातायात भदौ २० गतेसम्म बन्द गर्ने आदेश जारी गरेकामा शुक्रबार पुनः अर्को आदेश जारी गरेको छ । जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ः०० बजे देखि साँझ ८ः०० बजे सम्म सञ्चालन गर्न सकिने जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान...
सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ
प्रशासन, समाचार

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ

नेपाल अखबार, सप्तरी। एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सन्तकुमार जैसवालले जानकारी दिए । गत भदौ १३ गते २१ वर्षीया युवतीलाई मुखियालगायत पाँचजना युवकले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई पक्राउ गरेको र फरार तीन जनाको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक जैसवालले बताए । रासस...