Wednesday, April 22

प्रशासन

ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू
प्रशासन, समाचार, हाइलाइट-समाचार

ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू

नेपाल अखबार, काठमाडौं ।  आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ । ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि  प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए । उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ । आज पनि सम्भावित...
रौतहटका एसपीलाई जिम्मेवारीबाट हटाइयो
प्रशासन, समाचार

रौतहटका एसपीलाई जिम्मेवारीबाट हटाइयो

नेपाल अखबार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा उनको कमजोरी देखिएकाले जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सिद्धिविक्रम शाहलाई पठाइएको छ । सो प्रकरणमा यसअघि नै ३ जना प्रहरी निलम्बनमा परिसकेका छन् । विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि इन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन् । गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो । हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ । साेत राताेपाटि...
कोरोनाको जोखिम बढेपछि कारागारमा उच्च सतर्कता
प्रदेश ४, प्रशासन, समाचार, स्वास्थ्य

कोरोनाको जोखिम बढेपछि कारागारमा उच्च सतर्कता

नेपाल अखबार, तनहुँ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो । विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोरोनाको जोखिम बढेपछि कारागार प्रशासनले त्यस्ता व्यक्तिलाई राख्नका लागि कारागारको नयाँ भवनमा दुई वटा कोठा तयार गरेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले पक्राउ परेका त्यस्ता व्यक्तिलाई अदालतमा पेश गरेपछि कारागार चलान गर्ने गरिएकाले जोखिम बढेको हुँदा छुट्टै कोठामा राख्न थालिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ । “पछिल्लो अवधिमा मात्रै ४०–४५ जना फरार प्रतिवादी कारागारमा आएका छन्”, कारागार प्रमुख अधिकारीले भ...
चीनसँगको तनावबीच भारतीय सेना प्रमुख एकाबिहानै लद्दाख पुगे
प्रशासन, विदेश, समाचार

चीनसँगको तनावबीच भारतीय सेना प्रमुख एकाबिहानै लद्दाख पुगे

नेपाल अखबार, एजेन्सि। भारतीय सेनाका प्रमुख जनरल एमएम नरवनेले लद्दाखको पुगेका छन्। चीनसँग तनाव बढीरहेकै समयमा बिहीबार बिहान सेनाप्रमुख नरवाने लद्दाख पुगेका हुन्। पछिल्लो केही समयदेखि भारत र चीनको सीमामा विवाद चर्कंदै आएको छ। भारतले सीमा क्षेत्रमा चीनले घुसपैठ गरेको आरोप लगाउँदै आएको छ। पछिल्लो तनावपछि सेना प्रमुखले पहिलोपटक लद्दाख पुगेर त्यहाँको अवस्थाको जानकारी लिएका हुन्। उनले त्यहाँ दक्षिण प्यांगोङ र अन्य क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएको भारतीय सञ्चारमध्यमले जनाएका छन्। सेना प्रमुखको भ्रमणपछि त्यहाँको सुरक्षा अवस्थाको समीक्षा गर्ने बताएको छ। दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए। केही दिनअघि लद्दाखमा चीनका सेनासँग भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ।...
बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ
प्रशासन, समाचार

बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ

नेपाल अखबार, काभ्रे । बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ परेका हुन् । बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई धरिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलले जानकारी दिए । सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको पौडेलले बताए । ‘घटनाको छोटो समयमा अपराधीलाई पक्राउ गर्न सफल भयौं,’ एसपी पौडेलले भने, ‘प्रहरीलाई हत्याको खबर आएको एक घण्टाभित्र सुदर्शन अधिकारी पक्राउ परेका हुन् ।’ घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्...
काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय
प्रशासन, समाचार

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधी एकसाता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले जानकारी दिए । निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । ललितपुरका प...
पोखरामा एकैदिन २८ फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

पोखरामा एकैदिन २८ फरार प्रतिवादी पक्राउ

नेपाल अखबार, पाेखरा। कास्की प्रहरीले  एकैदिन विभिन्न मुद्दामा फरार रहेका २८ प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको छ । कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाले विभिन्न मुद्दामा कैद र जरिवाना तोकी हालसम्म फरार २८ जनालाई मंगलबार पक्राउ गरिएको हो । स्याङ्जा कोल्मा स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–२७ बस्ने २९ वर्षीय अनिल थापा मगर पक्राउ परेका छन् । मगर सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार जरिवाना तोकिएकोमा हालसम्म फरार थिए । यस्तै कास्की पोखरा महानगरपालिका–१० बस्ने बैकिङ् कसुर मुद्दाका ५३ वर्षीय धिरज गुरुङलाई पनि पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । गुरुङलाई ७ दिन कैद र ९ लाख ४० हजार जरिवाना तोकिएकोमा हालसम्म फरार नै थिए । त्यस्तै सार्वजनिक मुद्दामा २५० देखि ५ हजारसम्म जरिवाना तोकी हालसम्म फरार रहेका २६ जना पक्र...
७२ डीएसपीको सरुवा
प्रशासन, समाचार

७२ डीएसपीको सरुवा

नेपाल अखबार, काठमाडाैं। प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीएसपी सरुवाको निर्णय गरेका हुन्। सरुवाको निर्णयसँगै काठमाडौंका केही वृत्तसहित विभिन्न जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन भएका छन्। सरुवा भदौबाटै लागू हुने प्रधान कार्यालयले जनाएको छ। को कहाँ सरुवा?...
आन्तरिक उडान भदौ मसान्तसम्म बन्द
प्रशासन, समाचार

आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

नेपाल अखबार, काठमाडौं । सरकारले आन्तरिक उडान भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यसअघि भदौ आन्तरिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रोतका अनुसार रोजगार खुला गरिएका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय गरिएको हो । त्यस्तै बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित (बाहिरी) उडानमा केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ । यसअघि दैनिक ५ सयभन्दा बढी नागरिकलाई नल्याउने भन्ने निर्णयमा हेरफेर गर्दै दशैं, तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै नियमित उडानमा थप गर्ने निर्णय गरेको छ ।...
बालिका बलात्कार गरेको आरोपमा ४८ वर्षे पुरुषविरुद्ध मुद्दा
प्रशासन, समाचार

बालिका बलात्कार गरेको आरोपमा ४८ वर्षे पुरुषविरुद्ध मुद्दा

नेपाल अखबार, नुवाकोट। जिल्ला प्रहरी कार्यालय नुवाकोटले जबर्जस्ती करणी उद्योगमा आज एक व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ। विदुर नगरपालिका–९ कोलनी बस्ने ४८ वर्षीय सुरेश श्रेष्ठलाई शनिबार साँझ सोही स्थानमा निर्माणाधीन टिनको कटेजमा एक बालिकालाई कोही नभएको मौका पारी पैसा दिन्छु भनी अनैतिक क्रियाकलाप गरेको अभियोग लगाइएको छ। पीडितका आफन्तकी छोरीले सो घटना देखेपछि प्रतिवादी श्रेष्ठ भागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए। उनका अनुसार पीडित बालिकाले आफ्नो परिवारलाई घटनाबारे जानकारी दिएपछि प्रहरीले तत्कालै श्रेष्ठलाई पक्राउ गरी आज उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ। अभियुक्त श्रेष्ठलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ। रासस...