Thursday, June 4

प्रशासन

राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
प्रशासन, समाचार

राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप

नेपालअखबार,काठमाडौं । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएको थियो । उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालत स्रोतले जानकारी दियो । आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लगिएको हो । म्याद थप गर्न लैजान लागिएकाहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहितका व्यक्तिहरू छन् । मंगलबार मात्रै थप १८ जनालाई पक्...
राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमति
प्रशासन, समाचार, समाज

राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमति

नेपालअखबार,काठमाडौं । तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको हो । ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको उनले बताए । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ । सरकारी वकिल कार्यालयका प्रमुख काफ्लेले आरोपितहरूमाथि छानविन चल्दै गर्दा अरु कसुरमा संलग्नता भेटिए त्यसै अनुस...
धर्मगुरू पुस्कर खतिवडा पक्राउ
प्रशासन, समाचार

धर्मगुरू पुस्कर खतिवडा पक्राउ

नेपालअखबार,काठमाडौँ ।ललितपुरको इमाडोलबाट धर्मगुरू पुस्कर खतिवडा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको उनलाई टोलीले इमाडोलबाट पक्राउ गरेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा सहभागी भएका नेताहरूलाई पक्राउ गरिरहेको छ। रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको छ। उनीहरूमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।...
काठमाडौंको सडकमा सेना कर्फ्यु लागेसँगै
प्रशासन, समाचार

काठमाडौंको सडकमा सेना कर्फ्यु लागेसँगै

नेपालअखबार, काठमाडौं । नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ । नर्सिङ दल गणबाट पनि सेनाको एक टोली बालकुमारीतर्फ प्रस्थान गरेको छ । राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।...
तीनकुने क्षेत्रमा कर्फ्यु आदेश
प्रशासन, समाचार, समाज

तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

नेपालअखबार,काठमाडौँ  । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।...
कुलमान घिसिङलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रशासन, समाचार

कुलमान घिसिङलाई सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले घिसिङको रिटमा अन्तरिम आदेश जारी नगरेको स्रोतले जनाएको छ। घिसिङले आफूलाई गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको पत्र, हितेन्द्रदेव शाक्यलाई गरेको नियुक्ती बदर गर्न माग गरेका थिए। त्यस्तै ती निर्णय बदर गरी आफूलाई नै कार्यकारी निर्देशकको रूपमा काम गर्न दिन अन्तरिम आदेशको समेत माग गरेका थिए। यस्तै यसमा दुवै पक्षलाई छलफलका लागि बोलाउने र हितेन्द्रदेव शाक्यको मुद्दा पनि सँगै राखेर हेर्ने आदेश भएको हो।  सरकारले शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो। शाक्यले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए।...
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना
प्रशासन, समाचार

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो । भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुला गरिएको जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाईनमार्फत दर्खास्त दिन सक्नेछन् ।...
घुस रकमसहित प्रहरी चौकीका प्रमुख नै पक्राउ
अपराध, प्रशासन, समाचार

घुस रकमसहित प्रहरी चौकीका प्रमुख नै पक्राउ

नेपालअखबार, रूपन्देही। रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ। बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिए। कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका प्रनानि खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका खड्का हाटीबनगाई (दुर्ग...
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको रिट पनि सर्वोच्चमा दर्ता
प्रशासन, समाचार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको रिट पनि सर्वोच्चमा दर्ता

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । विहीवार दिउँसो सर्वोच्च अदालतमा दर्ता रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको तर्क गरेका छन् । यसअघि २५ साउन २०७८ मा तत्कालीन सरकारले त्यसबेलाका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानेर कुलमान घिसिङलाई सो पदमा नियुक्त गरेको थियो । सरकारको त्यो निर्णयको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट हाले पनि चार वर्षसम्म त्यसमाथि सर्वोच्चले फैसला दिएको छैन । आफ्नो कार्यकाल बाँकी रहँदाको बखत नियुक्त भएका कुलमान घिसिङको नियुक्ति नै अवैधानिक भएकाले अहिले उनको कार्यकाल बाँकी नै नरहेको जिकिर हितेन्द्रको छ । ‘शाक्यको कार्यकाल साढे तीन वर्ष भन्दा लामो समय बाँकी नै रहँदा घिसिङलाई कार्यकारी निर्देशक नियुक्ति गरिएको रहेछ ...
एक महिनामै दर्ता भए अपराधका ४४६८ मुद्दा, बैंकिङ कसुरका मात्रै ११२७
प्रशासन, समाचार

एक महिनामै दर्ता भए अपराधका ४४६८ मुद्दा, बैंकिङ कसुरका मात्रै ११२७

नेपालअखबार,काठमाडौं । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका ११२७ (२५.२२ प्रतिशत) रहेका छन् । काठमाडौं उपत्यकामा अपराधका घटना बढी हुनुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले जानकारी दिए । उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए । बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन् । त्यसैगरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका पाँच सय २१ अपराधका मुद्दा दर्ता भएका छन् । आत्महत्यासम्बन्धी अपराधका ५०१, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८...