Thursday, June 4

प्रशासन

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन
प्रशासन, समाचार

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

नेपालअखबार,झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ। फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्रांगारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो। दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्माण भएको थियो। दाताको अनुदान र स्थानीय तहको संयुक्त साझेदारीमा जे लक्ष्यका साथ केन्द्रको स्थापना भएको थियो, सञ्चालनको पाँच वर्षमा कुनै पनि उपलब्धि हुनसकेको छैन। प्रयोगमा नआएका उपकरणलगायत धेरैजसो संरचना र साधन काम ...
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध
प्रशासन, समाचार, समाज

काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध

नेपालअखबार,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ । यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्...
सहसचिवका लागि ११ जनाको नाम सिफारिस
प्रशासन, समाचार

सहसचिवका लागि ११ जनाको नाम सिफारिस

नेपालअखबार,काठमाडौँ । नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का लागि ११ जनाको नाम सिफारिस भएको छ । लोक सेवा आयोगले लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा ११ जना र तीन जना वैकल्पिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।यसरी बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौँ चन्द्रागिरिका रोशा ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका रोशन पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया, कञ्चनपुर भिमदत्तका धर्मराज जोशी, स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचोपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुंगा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गरी र स्याङ्जा पुतली बजारका टकनाथ लम्साल रहेका छन् । वैकल्पिक उम्मेदवारहरूमा स्याङ्जा काली गण्डकीका विजय राना, दैलेख दुल्लुका धर्मराज रोकाया र स्याङ्जा आँधिखोलाका प्रविन ढकाल रहेका छन् । लोक सेवा आयोगको सिफार...
म्याग्दे गाउँपालिकामा हल गोरु पाल्ने कृषकलाई अनुदान
प्रशासन, समाचार, समाज

म्याग्दे गाउँपालिकामा हल गोरु पाल्ने कृषकलाई अनुदान

नेपालअखबार,तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झैँ यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ । चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न रु १० लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । गोरु पाल्ने क्रम घट्दा बाँझो जग्गा बढेपछि कृषकलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको अधिकारीको भनाइ छ । हलगोरु पाल्ने किसानलाई प्रति हल बढीमा रु चार हजारसम्म अनुदान दिइने छ । अनुदान लिन कम्तीमा तीन वर्ष हल गोरु पाल्ने र आफैँ खेत जोत्ने प्रतिबद्धतापत्र, निवेदक र हल गोरुको फोटोसहित निवेदन दिनुपर्ने प्रावधान छ । भिमाद नगरपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको छ । कृषकलाई कृषि सामग्री वितरणका लागि अनुदान दिइने प्रमुख ...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा
प्रशासन, समाचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा

नेपालअखबार,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।
सेवाग्राही विदेश गएपछि थन्कियो पन्ध्र हजार राष्ट्रिय परिचयपत्र
प्रशासन, समाचार

सेवाग्राही विदेश गएपछि थन्कियो पन्ध्र हजार राष्ट्रिय परिचयपत्र

नेपालअखबार,बागलुङ।  सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन्। राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख   रामप्रसाद उपाध्यायले जानकारी दिए। उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको जानकारी दिए। दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो। अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइरहेको छ। जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको शाखा अधिकृत उपाध्यायले बताए। तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन्भने १५ हजार आठ सय ३८ परिचयपत्र प्रशासनमै रह...
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
प्रशासन, समाचार, समाज

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

नेपालअखबार,डोटी ।  अपाङ्गता भएका यहाँका व्यक्तिलाई उनीहरूका घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् । शारीरिक रूपमा पूर्ण अशक्त उनीहरू नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको  प्रजिअ जोशीले बताए । उनले भने, ‘हामीले एक मानसिक तथा शारीरिक र एक शारीरिक रूपमा अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ । उहाँहरूले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको रहेछ ।’ जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही त्यस्ता व्यक्तिहरू भएमा घरमै गएर नागरिकता उपलब्ध गराउन सकिने प्रजिअ जोशीले बताए ।  बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँका सुरेश बोहराले घरमै नागरिकता प...
७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस
प्रशासन, समाचार

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक -इन्सपेन्कटर_ प्रहरी नायव उपरीक्षक -डीएसपी_ बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरु सोही समूहतर्फ डीएसपीमा सिफारिस भएका हुन् । बढुवाको सूची प्रधान कार्यालयले शुक्रबार मध्यरातमा सार्वजनिक गरेको हो ।     ...
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
प्रशासन, समाचार

कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब

नेपालअखबार,लमजुङ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आएका थिए । उनी गत पुस १४ गते सरूवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उनी हालसम्म  हाजिरी हुन आएका छैनन् । कर्मचारीले तलब नपाउने मात्र होइन कार्यालय प्रमुख नहुँदा नामसारी, घरजग्गासम्बन्धी अन्य कामहरू एवं आर्थिक कारोबारलगायत काम रोकिएको छ । सेवाग्राहीले समस्या भोग्नु परेको निमित्त कार्यालय प्रमुख पूर्णबहादुर गुरूङले बताए । उनले भने,“यतिका समय हुँदा पनि प्रमुख आउनु भएन, सम्पर्कबिहीन जस्तै हुनुभएक...
अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न मन्त्रालयको सूचना
प्रशासन, समाचार

अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न मन्त्रालयको सूचना

नेपालअखबार,काठमाडौँ । सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सूचीकरण (दर्ता) हुन तथा नेपालभित्र सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) तोक्न भनेको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन र सम्पर्क व्यक्ति तोक्न भनेको हो । मन्त्रालयको सूचनामा निर्देशिका अनुसार दर्ता नहुने सामाजिक सञ्जाल कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने उल्लेख छ । ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका बमोजिमको व्यवस्था पालना नभएमा सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत अनुरोध छ’, मन्त्रालयको सूचनामा भनिएको छ ।...