Monday, May 11

प्रशासन

राजस्व चुहावट कसुरमा मुद्दा दायर
प्रशासन, समाचार

राजस्व चुहावट कसुरमा मुद्दा दायर

नेपालअखबार ,बुटवल। राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ। विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो। प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी मियाँबाट सोही ऐनको दफा २ (छ, १) बमोजिम बिगो रु तीन करोड ४३ लाख ३९ हजार चार सय ३३ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिग...
रौतहट प्रहरीद्वारा एकैदिनमा १८ जना फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

रौतहट प्रहरीद्वारा एकैदिनमा १८ जना फरार प्रतिवादी पक्राउ

नेपालअखबार ,रौतहट । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले एकैदिनमा १८ जना प्रतिवादी लाई पक्राउ गरेको छ। प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले मंगलवार जिल्लाको छुट्टाछुट्टै स्थानबाट एकैदिनमा १८ फरार प्रतिवादी लाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा जालसाजी मुद्दाका शेख वहिद, नेक महमद, मिर अली हुसैन, शेख तैयब, शेख जमिर, शेख अख्तर, शेख दमी अख्तर, शेख साहिद, शेख मेराज, ईस्लाम अन्सारी, र जुमन देवान रहेका छन्। त्यस्तै हातहतियार खरखजाना मुद्दाका नवलाकिशोर मुखिया, कुटपिट तथा गाली बेइज्जती मुद्दाका शेख जाकिर, चोरी मुद्दाका रामबालक मुखिया, कुटपिट मुद्दाका वीर बहादुर राय, बिगो मुद्दाका सिकिन्दर यादव, र किर्ते जालसाजी मुद्दामा जगरनाथ राय यादव पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन...
सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई १५ हजार जरिवाना
प्रशासन, समाचार

सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई १५ हजार जरिवाना

नेपालअखबार ,काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक-पेटीमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई अवरोध गर्ने एकजनालाई आर्थिक कारबाही गरेको छ । महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत आर्थिक जरिवाना गरेको हो । श्रेष्ठलाई १५ हजार जरिवाना तिराइएको महानगर प्रहरी बलले जनाएको छ ।...
९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान
अर्थ, प्रशासन, समाचार

९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान

नेपालअखबार ,काठमाडौँ । सरकारले भारतबाट गहुँ आयातका गर्न इच्छुक फर्म वा कम्पनीलाई आवेदन खुला गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतले दिएको कोटा बापतको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि नेपाली  कम्पनीलाई कोटा खुलाएको जनाएको छ । विभागका अनुसार उक्त गहुँ आयातको लागि इच्छुक नेपाली फर्म÷कम्पनीले आफूले आयात गर्न चाहेको परिमाण न्यूनतम १०० मेट्रिक टनदेखि बढीमा १० हजार मेट्रिक टनसम्म आयात गर्न सक्नेछन् । विभागले सोमबार सूचना जारी गर्दै उक्त गहुँ आयातका लागि ७ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । विभागले आयातका लागी इच्छुक फर्म/कम्पनीको चुक्ता पुँजी कम्तीमा  एक करोड हुनु पर्ने उल्लेख गरेको छ । साथै आयातका लागी नेशनल को-अपरेटिभ एक्सपोर्ट लिमिटेड (एनसीइएल) लाई शत प्रतिशत अग्रिम भुक्तानी गर्नु पर्ने हुँदा वित्तीय श्रोतको सुनिश्चितता भएको हुनुपर्ने उल्लेख छ । यसैगरी कोटा प...
७ वर्षमा ३ पटक म्याद थप्दा पनि सम्पन्न भएन आँधीखोला पुल निर्माण
प्रशासन, समाचार

७ वर्षमा ३ पटक म्याद थप्दा पनि सम्पन्न भएन आँधीखोला पुल निर्माण

नेपालअखबार ,वालिङ (स्याङ्जा) । भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन । विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए । उनका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन । तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रोपटक २०८१ मङ्सिरमा सक्नेगरी थपिएको समय पनि सकिएको छ । पटकपटक गरी तेस्रोपटक थपिएको समयावधि मङ्सिरमा सकियो, थप गरिएको समय सकियो तर पुल निर्माण सकिएन ।...
न्याय परिषद् सदस्यमा सिफारिस खड्काको संसदीय सुनुवाइ २० माघमा
प्रशासन, राजनीति, समाचार

न्याय परिषद् सदस्यमा सिफारिस खड्काको संसदीय सुनुवाइ २० माघमा

नेपालअखबार ,काठमाडौं । न्याय परिषद् सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० गते हुने भएको छ । संघीय सुनुवाइ समितिको बैठकले खड्काको सुनुवाइ माघ २० गते दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम पुस २७ गते सिफारिस गरेको थियो । उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएको समेत समितिले जनाएको छ । परिषद् सदस्य रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त सदस्य पदमा सरकारले खड्कालाई सिफारिस गरेको थियो ।पाँच सदस्यीय न्याय परिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्नेछन् भने सदस्यहरूमा वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एशोसिएशनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानुनविद् सदस्य रहने व्यवस्था छ ।...
रवि लामिछानेसँग रुपन्देहीमा १ करोड धरौटी माग
प्रशासन, समाचार

रवि लामिछानेसँग रुपन्देहीमा १ करोड धरौटी माग

नेपालअखबार,बुटवल । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ । आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश दिएका हुन् । दुई पक्षका वकिलको बहसपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।...
सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको १५ दिने सूचना
प्रशासन, समाचार, समाज

सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको १५ दिने सूचना

नेपालअखबार ,काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बरामद भएका विभिन्न सामग्रीहरू लिलाम बिक्री गर्ने भएको छ । त्यसका लागि विभागले लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्रका लागि १५ दिनको समय दिएर सार्वजनिक सूचना आह्वान गरेको छ । विभागले सारी १३८ पिस, स्विटर १६० पिस, कुर्था सुरुवाल २५ हजार ८७३ पिस, टप्स ९३३ पिस, ज्याकेट २०९ पिस लिलाम बिक्री गर्न लागेको छ । यस्तै एयर बर्ड २ हजार ३४० पिस। स्मार्ट वाट २ हजार २९६ पिस। मोबाइल १०५ नम्बरको नोकिया २०० पिस, कस्मेटिक १ हजार ५०० पिसलगायतका सामाग्री पनि लिलाम गर्न लागिएको सूचनामा उल्लेख छ । नियमअनुसार दर्ता भएका इच्छुक फर्म तथा कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार लिलाम गर्न सूचना प्रकाशित गरिएको विभागको भनाइ छ ।...
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
प्रशासन, समाचार

नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

नेपालअखबार ,हुम्ला । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो । दुई देशका सुरक्षाकर्मीको निर्णयानुसार हिल्सास्थित किट क्षेत्रमा पर्ने सिमाना र सीमास्तम्भको संयुक्त अनुमगन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओझाले बताए । हिल्सादेखि किटसम्म अत्याधिक चिसो रहेको जनाइएको छ । सीमानाकामा अवाञ्छित घटना हुन नदिन, सीमास्तम्भको अवस्था बुझ्न र सुरक्षाकर्मीबीच एकापसमा समन्वय बढाउन संयुक्त अनुगमन गरिएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राईले जानकारी दिए । त्यसैगरी, हिल्साबाट नारा र लिमीतर्फ पनि नेपाली सुरक्षाकर्मीले गस्ती गर्ने कार्य गर्दै आएका छन् । टोलीमा चीनक...
सुमेरु सहकारीको ३ कार्यालयमा सिल
प्रशासन, समाचार

सुमेरु सहकारीको ३ कार्यालयमा सिल

नेपालअखबार ,मकवानपुर । बागमती प्रदेश सरकारले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरेको छ । गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरिएको उक्त सहकारीमा बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँको टोलीले सिल गरेको हो । टोलीले सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालयसहित २ शाखामा सिल गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँका प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार प्रधान कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा सिल गरिएको हो । टोलीले सहकारीको सिस्टम सिज गरेको उनको भनाई छ । सो सहकारीको गत माघ ८ मा नै खाता रोक्का गरेको थियो । सो सहकारीको व्यवस्थापनका लागि छिट्टै थप प्रक्रिया अघि बढाइने उनले बताए । सहकारीका सञ्चालकहरूसँग छलफल गरी सम्बन्धित सबैको खाता रोक्का गरिने उनले बताए । गत २८ पुसमा नै समस्याग्रस्त घोषणा गरिएको ...