Monday, May 11

प्रशासन

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
प्रशासन, समाचार

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

नेपालअखबार,बार्सिलोना  । स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेका थिए । म्याड्रिडमा रहेको नेपाली दूतावासले  एक विज्ञप्ति जारी गर्दै उक्त अवसरमा दुई मुलुकहरुबीच सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको जनाएको छ । राजदूत नेपाललाई बधाई दिनुका साथै राजा फेलिपेले नेपालको अनौपचारिक भ्रमणको सम्झना गरेका थिए ।उनले फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए । राजा फेलिपेले राजदूत नेपालको सफल कार्यकालको कामना गर्दै बितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त ...
९६ वर्षमा तुलसीदेवीले पाइन् नागरिकता
प्रशासन, समाचार, समाज

९६ वर्षमा तुलसीदेवीले पाइन् नागरिकता

नेपालअखबार,बझाङ। वडाभरिकै पाको मान्छे। वृद्धावस्थामा पनि माटोसँगको सामीप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको। यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छन्। यो उनको  बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो। ‘घरभित्रै बसिरहन मन मान्दैन,’  उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ। त्यसपछि कुटो बोकेर गइहाल्छु।’ थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन्। ‘गाउँमा बालीनालीको बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्,’ तुलसीले भनिन्। तर यो उमेर बितिसक्दा पनि उहाँलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन। उनलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सत्...
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान
प्रशासन, समाचार, समाज

मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

नेपालअखबार,जानकी । जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, बासस्थान, संरक्षण, विविध गतिविधि अवलोक गर्ने उद्देश्यले यहाँ क्यामेरा जडान गरिएको हो ।जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले उक्त क्यामेरा जडानबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लामा दिगो वन व्यवस्थापनका थुपै्र कार्य डिभिजन वन कार्यालयको मातहतमा रहेका सबडिभिजन वन कार्यालयले गर्दै आएको बताए । उनका अनुसार राष्ट्रिय वन व्यवस्थापनअन्तर्गत सामुदायिक वनको काठ दाउरा सङ्कलन गर्ने काम गत कात्तिकदेखि जिल्लामा सुरु गरिएको छ । त्यस्तै सामुदायिक वनका समूह, पदाधिकारी, उपभोक्तालाई वन व्यवस्थापन तथा सुशासनका सम्बन्धमा, संस्था सञ्चालन प्रक्रियाक...
७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम
प्रशासन, समाचार

७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम

नेपालअखबार,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको  दरले बजेट तथा कार्यक्रम पठाइएको छ । मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा मेगा मिचेन सञ्चालन हुने छ । मेगा किचेन स्थापना कार्य–सञ्चालन संहिता, २०८१ अनुसार गर्न केन्द्रले निर्देशन दिएको छ । मेगा किचेन भनेको स्थानीय तह भित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रम हो ।...
गैरहाजिर १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन
प्रशासन, समाचार

गैरहाजिर १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

नेपालअखबार, काठमाडौं । कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका १० जनालाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक सूचना जारी गरी गैरहाजिर भएका प्रहरीहरुको नामठेगाना सार्वजनिक गरेको छ । र, उनीहरुलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित हाजिर हुन निर्देशन दिएको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ । गैरहाजिर हुनेहरुमा प्रहरी सहायक हबल्दार कृष्ण कार्की लगायत छन् । बागलुङको बागलुङ नगरपालिका ८ घर भएका कार्कीको दरबन्दी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा हो । तर उनी २०८१ पुस २९ गतेदेखि हाजिर भएका छैनन् । यसैगरी प्रहरी जवानहरु मोरङका रन्जित श्रेष्ठ, पाँचथरका विनम ज्ञाङमी, रामेछापकी अस्मी तामाङ, दाङ घोराहीका प्रज्वल घर्ती र प्युठानका रेशम पुन छन् । यसैगर...
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन : सर्लाहीमा ईश्वरपुर नगरपालिका पहिलो
प्रशासन, समाचार

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन : सर्लाहीमा ईश्वरपुर नगरपालिका पहिलो

नेपालअखबार,सर्लाही । सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा ईश्वरपुर नगरपालिकाले शीर्ष स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्न सार्वजनिक गरेको मूल्याङ्कनमा ईश्वरपुरले १०० मध्ये ५६.३ अंक प्राप्त गर्दै जिल्लामा पहिलो स्थान सुरक्षित गरेको हो।पर्सा गाउँपालिका ५५.८ अंकसहित दोस्रो, लालबन्दी नगरपालिका ५५.१ अंकसहित तेस्रो, तथा रामनगर गाउँपालिका ५२.६ अंकसहित चौथो स्थानमा रहेको छ। यस्तै, बलरा नगरपालिका ३४.५ अंक प्राप्त गर्दै कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ। आयोगले १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको थियो, जसमा बजेट पेश तथा पारित गर्ने समयसीमा, खर्च अवस्था, बेरुजु, लेखा परीक्षण प्रतिवेदन, स्थानीय सञ्चित कोषको प्रयोग, आवधिक योजना र राजस्व विभाजनजस्ता महत्वपूर्ण मापदण्डहरू ...
७१ उपसचिवको सरुवा–पदस्थापन
प्रशासन, समाचार

७१ उपसचिवको सरुवा–पदस्थापन

नेपालअखबार,काठमाडौं । सरकारले ७१ उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ उपसचिवको पदस्थापन तथा ३२ उपसचिवको सरुवा गरेको हो । पदस्थापन गरिएका उपसचिवहरू जेष्ठता तथा कार्यसम्पादनको मूल्यांकनद्वारा केही दिनअघि बढुवा भएकाहरू हुन् । उनीहरूमध्ये अधिकांशलाई जिल्ला समन्वय समितिको कार्यालयहरूमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रायलले कमलप्रसाद आचार्यलाई जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीमा खटाएको छ । मोहनचन्द्र जोशीलाई जिसस डडेल्धुरा, झबिलाल भट्टराईलाई जिसस धनुषा, विमला काफ्लेलाई जिसस सुनसरी, सुवास श्रेष्ठलाई जिसस जुम्ला, शान्ति महतलाई जिसस सप्तरी, सपनाकुमारी भट्टराई अधिकारीलाई जिसस संखुवासभामा खटाइएको छ । यस्तो छ, सरुवा तथा पदस्थापनको सूची :...
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
प्रशासन, समाचार

बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन

नेपालअखबार,काठमाडौँ । बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन गरिएको छ । गृहसचिव गोकर्णमणी दुवाडीले डीएसपीहरको पदस्थापन गर्ने निर्णय गरेका हुन् । नवनियुक्त डीएसपी राजकुमार सिंहलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।योगराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरी, दिवशबहादुर जिसीलाई सीआईबी, हिमा थोकरलाई अपराध अनुसन्धान विभाग र शैलेन्द्रकुमार भट्टलाई कर्णाली प्रदेशमा पदस्थापन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा काज सरुवा गरिएको छ । हरिबहादुर बस्नेतलाई प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन शाखामा पदस्थापन गरिएको छ ।...
बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन
प्रशासन, समाचार

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

नेपालअखबार,झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ। फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्रांगारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो। दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्माण भएको थियो। दाताको अनुदान र स्थानीय तहको संयुक्त साझेदारीमा जे लक्ष्यका साथ केन्द्रको स्थापना भएको थियो, सञ्चालनको पाँच वर्षमा कुनै पनि उपलब्धि हुनसकेको छैन। प्रयोगमा नआएका उपकरणलगायत धेरैजसो संरचना र साधन काम ...
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध
प्रशासन, समाचार, समाज

काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध

नेपालअखबार,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ । यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्...