पाकिस्तानमा अपहरणमा परेका ३०० जनाको उद्धार
नेपालअखबार,काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका ३०० जनालाई उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । यस क्रममा ३३ अपहरणकारी मारिएका पनि छन् ।
मंगलबार क्वेटाबाट पेशाबरतर्फ जाँदै गरेको जाफर एक्सप्रेसको रेललाई बीच बाटोमा रोकेर बलुच लिबरेसन आर्मी (बीएलए)ले यात्रीहरुलाई अपहरण गरेको थियो ।
रेलमा करिब चार सय यात्रीहरु थिए । यात्रीको रुपमा १०० जना सैनिक पनि थिए । अपहरणकारीले २१ सर्वसाधारण र ४ सैनिकलाई गोली हानेर मारिदिएका बीबीसीले जनाएको छ ।
३६ घण्टामा सकियो सैनिक अप्रेसन
पाकिस्तानी सेनाले ३६ घण्टाको अपरेसनपछि सबै यात्रीहरुलाई सकुशल उद्धार गरिएको जनाएको छ । जति यात्रुहरुको मृत्यु भएको छ, ती अप्रेसन सुरु हुनुभन्दा अगाडि नै अपहरणकारीले मारेको सेनाका अधिकारीहरुको भनाइ छ ।
पाकिस्तानका सञ्चार मन्त्री अत्ता तरारले रेलमा कूल ४४० यात्रु रहेका र सेनाले सावधानी एवम् कुश...










