Sunday, October 4

प्रशासन

राष्ट्रिय राजमार्गलाई वर्षाअगावै मर्मतसम्भार गर्न महासङ्घकाे आग्रह
प्रशासन, समाचार

राष्ट्रिय राजमार्गलाई वर्षाअगावै मर्मतसम्भार गर्न महासङ्घकाे आग्रह

नेपालअखबार, काठमाडौँ । देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गलाई तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले बुधबार विज्ञप्ति जारी गरी निर्माण ढिलासुस्तीका कारण राजमार्गमा घन्टौँ सवारी जाम हुन थालेकाले तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गरेका हुन् । “बर्सातको समय आउँदै गरेकाले विगतदेखि पुननिर्माणमा रहेका बुटवल-नारायणघाट सडकखण्ड, काठमाडौँ–पोखरा सडकखण्ड, पथलैया-ढल्केवर सडकखण्ड मर्मतलाई तीव्ररुपमा अगाडि बढाउन माग गर्दछौँ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्ग बिग्रिँदा मालवाहक र यात्रुवाहक सवारी साधनलाई प्रत्यक्ष असर पुग्नुका साथै आम यात्रुलाई गन्तव्यस्थलसम्म पुर्याउन समस्या परेको जनाएको छ । बाटो राम्...
भोलिदेखि श्रमाधान रोजगार मेला
प्रशासन, समाचार

भोलिदेखि श्रमाधान रोजगार मेला

नेपालअखबार,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला बिहीबार कोशी प्रदेशको विराटनगरमा सुरु हुने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गर्नु रहेको मन्त्रालयले जनाएको छ । मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने मन्त्रालयका प्रवक्ता गोविन्द्रप्रसाद रिजालले जानकारी दिए । मेलामा रोजगारीको खोजीमा रहेकाहरू रोजगारदातासम्म पुग्ने, अवसरको पहिचान गर्ने र आवश्यक सीपको बारेमा जानकारी पाउन सक्ने उनले बताए । श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न ता...
पाँच जिल्लामा कस्तूरी मृग लगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना गरिने
कृषि, प्रशासन, समाचार

पाँच जिल्लामा कस्तूरी मृग लगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना गरिने

नेपालअखबार,काठमाडौं । सरकारले पाँच जिल्लामा कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् । उनले भने, ‘म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तूरी मृग लगायत वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गरिनेछ ।’ यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताए । मन्त्री पुनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।...
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था
प्रशासन, समाचार

गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक बर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत कृषि मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताए ।  साथै बजेटमा औषधिय प्रयोजनको लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने पनि उनले बताए ।...
कृषिमा लगानी दशक घोषणा
अर्थतन्त्र, कृषि, प्रशासन, समाचार, समाज

कृषिमा लगानी दशक घोषणा

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपन्छी क्षेत्रमा ‘कृषिमा लगानी दशक घोषणा’ गरिएको छ । वि. सं. २०८१ देखि २०९१ सम्म लगानी दशक घोषणा गरिएको हो । आज अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो घोषणा गरेका हुन् ।
बूढानीलकण्ठका मेयरलाई १ महिना कैद गर्न आदेश
प्रशासन, समाचार

बूढानीलकण्ठका मेयरलाई १ महिना कैद गर्न आदेश

नेपालअखबार,काठमाडौं । जिल्ला अदालत काठमाडौंले बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ । अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो । उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ । ‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’ आदेशमा भनिएको छ । तर ६० दिनभित्र पनि संरचना हटाई नलगेमा अदालतबाट संरचन...
घान्द्रुकमा महिलामाथी अभद्र व्यवहार गर्ने ३ जना व्यक्ति पक्राउ
प्रशासन, समाचार

घान्द्रुकमा महिलामाथी अभद्र व्यवहार गर्ने ३ जना व्यक्ति पक्राउ

नेपालअखबार, पाेखरा। घान्द्रुकमा अन्नपुर्ण गेष्ट हाउस एण्ड रेष्टुरेण्टमा महिला समेतलाई अभद्र व्यवहार तथा हातपात गर्ने ३ जना व्यक्तिहरु नियन्त्रणमा पक्राउ परेकाे कास्की प्रहरी जानकारी दिएकाे छ । गए राती बेलुकी अन्दाजी २१:३० बजेको समयमा जिल्ला कास्की अन्नपूर्ण गा. पा. वडा नं.१० घान्द्रुक स्थित रहेको अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरेण्टमा झैझगडा भएको सुचनाका आधारमा ३ जना व्यक्ति पक्राउ परेका छन् । महिलाहरुको ईच्छा विपरित जबरजस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको र होटल संचालक तथा कर्मचारीहरु समेतले सम्झाई बुझाई गर्दा नमानी उल्टै बियरका बोत्तल तथा लाठ्ठी समेतले प्रहार गरी घाईते भएका थिए । पोखरा महानगरपालिका वडा नं.०४ सिदार्थचोक बस्ने घर परिवार सदस्य सहित ८ जनाको टोली रमाईलो गरिरहेको अवस्थामा जिल्ला बाग्लुङ जैमिनी नगरपालिका वडा नं.०८ बस्ने वर्ष २८ का भीम थापा,  वर्ष ३१ को डोलनाथ पौडेल र  ब...
थपियो १,६४० हेक्टर जमिनमा सिँचाइ सुविधा
प्रशासन, समाचार, समाज

थपियो १,६४० हेक्टर जमिनमा सिँचाइ सुविधा

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्ष १ हजार ६ सय ४० हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुगेको छ । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार फागुनसम्ममा सो क्षेत्रफलमा सिँचाइ सुविधा पुगेर हालसम्म १५ लाख ५७ हजार १ सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो । संघीय आयोजनाहरूबाट २०८० असार मसान्तसम्म कुल १५ लाख ५५ हजार ५ सय ८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म सतह तर्फ ६२० हेक्टर, लिफ्टतर्फ २७० हेक्टर भूमिगततर्फ ७०० हेक्टर र जलाशयतर्फ ५० हेक्टर गरी थप १ हजार ६ सय ४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । यस समेत गरी हालसम्म १५ लाख ५७ हजार १ सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा पुगेका क्षेत्रमध्ये ६५.७ प्रतिशतमा सतह सिँचाइ पुगेको छ भने ३४.१ प्रतिशतमा भूमिगत सिँचाइ सुविधा पुगेको सर्वेक्षणमा उल्लेख छ । २०७९ फागुनसम्म कुल सिँचाइयोग्य जमिन ...
अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा
प्रशासन, समाचार

अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा

नेपालअखबार, पाेखरा ।अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा जिल्ला कास्की प्रहरी कार्यालय बगर जान्कारी दिएका छन् । जिल्ला कास्की माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपुर्ण संरक्षण क्षेत्र भित्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गर्ने गरेको भन्ने सूचनाको आधारमा पोखरा महानगपालिका वडा नं.१९ अकला मन्दिर स्थित सडक खण्डमा भुर्जुङखोलातर्फबाट पोखरातर्फ आउँदै गरेको  टिप्परलाई रोकी चेकजाँच  गरेकाे थियाे । ग १ क १५१४ नम्बरको  गर्ने   टिप्परलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा बालुवा लोड गरेको पाईएको उक्त बालुवा अन्नपुर्ण संरक्षण क्षेत्र भित्रबाट ल्याएको बुझिएकोले उक्त बालुवा सहितको टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाईएको  सूचना अध...
ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
प्रविधि, प्रशासन, समाचार

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

नेपालअखबार,काठमाडौं । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए । ‘पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ । ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ । अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौं’, उनले भने । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ । पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयो...