Tuesday, August 4

प्रशासन

कांग्रेस विवाद : सुनुवाइ सकियो, आदेश आउन बाँकी
प्रशासन, राजनीति, समाचार

कांग्रेस विवाद : सुनुवाइ सकियो, आदेश आउन बाँकी

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध परेको रिटको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ सकिएको हो । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो । गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर नयाँ नेतृत्व चयन गरेका थिए । यसविरुद्ध विशेष महाधिवेश नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो । आयोगले नवनिर्वाचित टिमलाई नै वैधानिकता दिएको थियो । त्यसपछि देउवा पक्ष सर्वोच्च पुगेको हो ।  विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् । निर्वाचन आयोगले पनि थापा नेतृत्वकै समितिलाई आधिकारिकता प्रदान गरेको छ ।फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा थापाले नै हस्ताक्षर...
दुर्गा प्रसाईं पोखराबाट पक्राउ परे
प्रशासन, समाचार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ परे

नेपालअखबार,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेका हुन् । नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो । निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । यही विषयमा प्रसाईंलाई अनुसन्धान गर्न भन्दै आयोगले प्रहरीका दुई कार्यालयलाई पत्राचार गरेको हो । प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग राखिएको छ ।...
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगले गर्‍यो साइबर ब्युरोलाई पत्राचार
प्रशासन, समाचार

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगले गर्‍यो साइबर ब्युरोलाई पत्राचार

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको विवाद मिलाउन ५२ करोडको लेनदेन गरेको आरोप लगाएपछि निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ। आइतबार निर्वाचन आयोगले निर्णय नै गरी प्रसाईंमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउन ब्युरोलाई पत्राचार गरेको सूचना अधिकारी सुमन अधिकारीले जानकारी दिए। ‘आयोगले निर्णय गरी अनुसन्धान गर्ने भनेर पत्राचार गरेका छौं। सामाजिक सञ्जालमा प्रसाईंको भिडिओ आएको छ। यसको अनुसन्धान गरिदिन भनेका हौं,’ उनले भने। गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अध्यावधिक गर्ने निर्णय गरेको थियो। उक्त निर्णय पैसा लिएर गरेको भन्दै एक सामाजिक कार्यक्रममा उनले भिडिओ देखाएका थिए।...
निर्वाचन आचारसंहिता लागु हुनेबारे आयोगले गरायो सरकारलाई जानकारी
प्रशासन, समाचार

निर्वाचन आचारसंहिता लागु हुनेबारे आयोगले गरायो सरकारलाई जानकारी

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागु हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमाझ यो जानकारी दिएको हो । आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतिकरण पनि गरिएको थियो । जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागु हुनेछ । आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।...
रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध रिट दर्ता
प्रशासन, समाचार

रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध रिट दर्ता

नेपालअखबार,काठमाडौं ।  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरूद्ध रिट दर्ता भएको छ। युवराज पौडेल (सफल), कानुनका विद्यार्थी आयुष बडाल लगायतले पेस गरेको रिट सर्वोच्च अदालतले आइतबार दर्ता गरेको हो। उनीहरूले शुक्रबार रिट पेस गरेका थिए। यो रिटको सुनुवाइ माघ ६ गते हुने भएको छ। पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्। शुक्रबार मात्रै भण्डारीले जिबी राईसहित अन्य प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिएकी हुन्। यो निर्णयलाई निवेदक सफलले गैरकानुनी बताउँदै मान्यता पाउन र कार्यान्वयन हुन नसक्ने उल्लेख गरेको छ। उनले निवेदनमा उक्त निर्णयलाई बदर गर्न म...
निर्वाचन आयोगले मनोनयन दर्ताको लागि समय केही दिन थप गर्ने तयारी
प्रशासन, समाचार

निर्वाचन आयोगले मनोनयन दर्ताको लागि समय केही दिन थप गर्ने तयारी

नेपालअखबार,काठमाडौं ।  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयनको समयवाधि बढाउने तयारी गरको छ। दलहरूको आग्रहमा मनोनयन दर्ताको समय केही दिन थप्ने तयारी भइरहेको आयोग स्रोतले बतायो। 'निर्वाचनको कार्यतालिका पर सर्दैन, तर मनोनयन दर्ताको समय केही दिन थप हुनसक्छ,' आयोग स्रोतले भन्यो, ‘आधिकारिक निर्णय गर्न बाँकी छ।' निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते दलहरूले प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्नेछ। तर आयोगले कम्तिमा दुई दिन अवधि थप्ने तयारी गरेको हो। स्रोतका अनुसार सम्भवत: माघ ८ गतेसम्म मनोनयन दर्ताको समय थप हुनेछ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोगमा पुगेर मनोनयन दर्ताको समय सारिदिन आग्रह गरेको छ। देउवा पक्षले सर्वोच्च अदालतमा दिएको रिटमा पनि मनोनयन दर्ता सार्न आदेश माग गरेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनब...
गुल्मीमा निर्वाचन प्रहरीका लागि म्याद थप्दा पनि परेन आवश्यक आवेदन
प्रशासन, समाचार, समाज

गुल्मीमा निर्वाचन प्रहरीका लागि म्याद थप्दा पनि परेन आवश्यक आवेदन

नेपालअखबार,गुल्मी । गुल्मीमा निर्वाचन प्रहरीमा मागेको भन्दा निवेदन कम परेको छ । आगामी दुई दिनसम्म म्याद थप्दासमेत आवश्यक जनशक्ति पूरा नभएको हो । प्रारम्भिक रूपमा निर्वाचन प्रहरीका लागि आवेदन दिने म्याद माघ १ गतेसम्म तोकिएको थियो । तर, तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेपछि जिल्ला प्रशासन तथा सुरक्षा निकायले म्याद दुई दिन थप गरी शनिबारसम्म कायम गरेका थिए । म्याद थपपछि पनि मागअनुसार आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार नेपाल प्रहरी अन्तर्गत निर्वाचन सुरक्षाका लागि १६९५ जना जनशक्ति माग गरिएकोमा हालसम्म १४१८ जनाको मात्र आवेदन परेको छ । यस्तै सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना माग गरिएकोमा १५५ जनाले मात्रै आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले म्याद थप्दा पनि माग अनुसार ...
निर्वाचन प्रहरीका लागि मागअनुसार परेन निवेदन
प्रशासन, समाचार, समाज

निर्वाचन प्रहरीका लागि मागअनुसार परेन निवेदन

नेपालअखबार,काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकामा मागअनुसार निवेदन परेको छैन। निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकामा आजसम्म एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उनका अनुसार एक हजार २० पुरुष र ३२१ महिलाले निवेदन दिएका छन्। यसअघि माघ १ गतेसम्म निवेदन दिने समय रहेकामा कम निवेदन परेपछि आजसम्मका लागि अन्तिम समय तोकिएको छ। माग गरेबमोजिम कमको निवेदन परेपछि जिल्ला निर्वाचन समितिको निर्णयअनुसार अवधि बढाइएको छ। निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,...
चुनावमा सामाजिक सञ्जालको निगरानी सेनाले गर्ने, ‘नो नट अगेन’ भन्नेसमेत कारबाहीमा पर्ने
प्रशासन, समाचार

चुनावमा सामाजिक सञ्जालको निगरानी सेनाले गर्ने, ‘नो नट अगेन’ भन्नेसमेत कारबाहीमा पर्ने

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा कडाइ गर्ने संकेत गरेको छ । आयोगले सामाजिक सञ्जालमा हुने आचारसंहिता उल्लङ्घनका घटनालाई नियमन गर्न नेपाली सेनाको सहयोग लिनेदेखि ‘नो, नट, एगेन’ अभियान चलाउनेलाई कारबाही गर्नेसम्मको तयारी गरेको हो । आचारसंहिता कार्यान्वयनका विषयमा शुक्रबार राजनीतिक दलहरूसँग भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमा कुनै दल वा उम्मेदवारविरुद्ध ‘नो, नट, एगेन’ भन्दै प्रचार गरे कारबाही हुने चेतावनी दिए । उनले आयोगका पदाधिकारीलाई धम्की दिने र आचारसंहिता मिच्ने कसैलाई पनि छुट नहुने स्पष्ट पारे । निर्वाचनमा हेलिकप्टर प्रयोग गर्न नदिए ‘आयोगबाट हटेपछि देखाइदिन्छु’ भनी सन्देश पठाउनेहरूबाट आफूहरू नडराउने भण्डारीको भनाइ छ । उनले सामाजिक सञ्जालका कन्टेन्ट नियमन गर्न मेटा लगायतका कम्पनीलाई अनुरोध गरिसके...
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध
प्रशासन, समाचार

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएको र यसको मर्मत कार्य जारी रहेकोले सो कार्य पूरा नभएसम्म सेवा अवरुद्ध हुनेछ । मर्मतको कार्य सम्पन्न हुनसाथ सेवा प्रवाह सुचारु हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागका अनुसार अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउन, जन्मदर्ता गर्दाका बखत राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त हुने लगायत  सेवाहरू अवरुद्ध रहेको छ । यस्तो समस्या १ माघदेखि आज पनि रहेको विभागले जारी गरेको सूचनामा छ । हेर्नुहोस् सूचना :...