Tuesday, August 4

प्रशासन

रविविरुद्ध अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
प्रशासन, समाचार

रविविरुद्ध अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र स‌गठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै उक्त रिट पेस गरेका हुन् ।महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ । साथै उनले लामिछानेमाथि लागेका सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम नयाँ प्रमाण फेला परेको अवस्थामा बाहेक...
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग
प्रशासन, समाचार

गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग

नेपालअखबार,गुल्मी । गुल्मीमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिने म्याद दुई दिन थप गरिएको छ । मागअनुसार निर्वाचन प्रहरी अपुग भएपछि आवेदन दिने म्याद थप गरिएको हो । माघ १ गतेसम्म आवेदन माग गरिएको भए पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि नेपाल प्रहरीले शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरेको हो । नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १ हजार १२८ जनाको मात्रै आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माग गरिएको संख्याभन्दा उल्लेख्य रूपमा कम आवेदन परेपछि थप समय दिइएको कार्यालयले जनाएको छ । यसैगरी, सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १३१ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ पनि अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन म्याद थप गरिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सुरक्...
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सिंहद्वारा शपथ ग्रहण
प्रशासन, समाचार

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सिंहद्वारा शपथ ग्रहण

नेपालअखबार,जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरले उनलाई शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णको गरिमामय उपस्थिति रहेको थियो। उक्त अवसरमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, वरिष्ठ कानुन व्यवसायी तथा कानुनी क्षेत्रका विभिन्न व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। शपथ लिएलगत्तै डा. सिंहले औपचारिक रूपमा मुख्य न्यायाधिवक्ताको कार्यभार समेत सम्हालेका छन्। कार्यभार सम्हाल्दै नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहले संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै प्रदेश सरकारलाई गुणस्तरीय कानुनी परामर्श दिने प्रतिबद्धता जनाए। उनले प्रदेशको न्यायिक...
आयोगमा गगन–विश्वप्रकाशसहित तीन जनालाई कारबाही गरिएको पत्र दर्ता
प्रशासन, राजनीति, समाचार

आयोगमा गगन–विश्वप्रकाशसहित तीन जनालाई कारबाही गरिएको पत्र दर्ता

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले तीन नेतामाथि कारबाही गरेको जानकारी सहितको पत्र निर्वाचन आयोग पुगेको छ । बुधबार अपराह्न देउवा पक्षका नेताहरू आयोग पुगेर पत्र दर्ता गराएका हुन् । आयोग स्रोतका अनुसार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दर्ता भइसकेको छ। आजै बसेको देउवा पक्षको केन्द्रीय समिति बैठकले तीन नेतालाई ५ वर्षे कारबाहीको घोषणा गरेको थियो । कारबाहीमा परेका नेताहरूले भने बहुमत महाधिवेशन प्रतिनिधि आफूहरूको पक्षमा रहेकाले त्यस्तो कारबाहीको औचित्य नभएको प्रतिक्रिया दिएको छ । विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्दैछ ।...
सुदूरपश्चिममा १५ हजार बढी निर्वाचन प्रहरी माग, कैलालीमा सर्वाधिक कोटा
प्रशासन, समाचार, समाज

सुदूरपश्चिममा १५ हजार बढी निर्वाचन प्रहरी माग, कैलालीमा सर्वाधिक कोटा

नेपालअखबार,धनगढी । आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सुदूरपश्चिम प्रदेशमा ठुलो संख्यामा अस्थायी प्रहरी जनशक्ति निर्वाचन प्रहरी परिचालन गर्ने भएको छ । भर्ना आवेदन खुला भएसँगै प्रदेशका नौवटै जिल्ला प्रहरी कार्यालयहरूमा इच्छुक युवाहरूको लर्को लागेको छ । निर्वाचन सुरक्षा योजना अनुसार सुदूरपश्चिम प्रदेशभर कुल १५ हजार १८८ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । जनसंख्या र निर्वाचन क्षेत्रको चापका आधारमा जिल्लागत कोटा निर्धारण गरिएको छ, जसमा सबैभन्दा धेरै जनशक्ति कैलालीमा र सबैभन्दा कम दार्चुलामा खटाइनेछ । तथ्यांक अनुसार कैलाली जिल्लाका लागि सर्वाधिक ४ हजार ९८ जनाको कोटा तोकिएको छ भने दार्चुलाका लागि ९३० जना मात्र माग गरिएको छ । कञ्चनपुरमा २ हजार ३२७, अछाममा १ हजार ६४२ र बझाङमा १ हजार ५८० जना भर्ना गरिनेछ । त्यस्तै बैतडीमा १ हजार ३७५, डोटीमा १ हजार...
निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
प्रशासन, समाचार

निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन् । आयोगले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताएका हुन् । निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने उनले जानकारी दिए । उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताए । विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म हुनेगरेको उल्लेख गर्नुहुँदै उनले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमा नै निर्वाचन हुने बताए । निर्वाचन आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक...
आज साँझसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
प्रशासन, राजनीति, समाचार

आज साँझसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । आयोगले  सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज  बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । क...
अति संवेदनशील मतदानस्थलमा ३ प्रहरी र १० जना निर्वाचन प्रहरी खटाइने
प्रशासन, समाचार

अति संवेदनशील मतदानस्थलमा ३ प्रहरी र १० जना निर्वाचन प्रहरी खटाइने

नेपालअखबार,काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ । मतदानस्थलभित्र २३ हजार ११२ वटा केन्द्र रहनेछन् । मतदाता संख्याको आधारमा एउटा मतदानस्थलमा थप केन्द्र रहन्छन् । प्रतिनिधिसभाको २७५ सिटका लागि निर्वाचन हुँदैछ । जसमा १६५ प्रत्यक्ष र ११० सिट समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । निर्वाचन आयोगले तय गरेको मतदानस्थललाई सुरक्षाको दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानिएको मतदानस्थललाई ‘अति संवेदनशील’मा वर्गीकरण गरिएको छ । आयोगले तय गरेको मतदानस्थलमध्ये ३ हजार ६८० स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए । संवेदनशील मतदानस्थल ४ हजार ४४२ वटा र सुरक्षा संवेदनशीलताको हिसाबले २ हजार ८४५ स्थललाई सामान्य मतदान स्थलमा वर्गीकरण गरिएको छ । जिल...
कठिन परिस्थितिमा पनि सुरक्षाका लागि प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की
प्रशासन, समाचार

कठिन परिस्थितिमा पनि सुरक्षाका लागि प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज यहाँ आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आईजीपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको स्मरण गराए । ‘आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो,’ उनले भने, ‘हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ ।’ महानिरीक्...
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने
प्रशासन, समाचार

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने

नेपालअखबार, काठमाडौँ  । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्रीलाई शुक्रबार जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । आच...