Thursday, September 17

प्रशासन

पोखरा बसपार्कका ३२५ भूमिहीन सुकुम्बासी परिवारको अर्काे हप्ता स्थानान्तरण
प्रशासन, समाचार, समाज

पोखरा बसपार्कका ३२५ भूमिहीन सुकुम्बासी परिवारको अर्काे हप्ता स्थानान्तरण

नेपालअखबार,काठमाडाैँ ।  पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३२५ परिवार भूमिहीनको सूचीमा र २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। उनका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचनाअनुसार दाबी-विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन...
४७ उपसचिवकाे सरुवा, काे कहाँ ?
प्रशासन, समाचार

४७ उपसचिवकाे सरुवा, काे कहाँ ?

नेपालअखबार,काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले ४७ उपसचिवकाे सरुवा गरेकाे छ । साेमबार मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे। टंकराज गाैतमलाई दुल्लु नगरपालिका दैलेख सरुवा गरिएकाे छ। ईश्वरी प्रसाद शर्मालाई गृह मन्त्रालय सरुवा गरिएकाे छ भने प्रदीप चन्द्र सुवेदीलाई पुतली बजार नगरपालिका स्याङ्जा सरुवा गरिएकाे छ। हेर्नुहाेस् सूची...
वीरगन्ज बाल सुधार गृहबाट एकजना फरार
प्रशासन, समाचार, समाज

वीरगन्ज बाल सुधार गृहबाट एकजना फरार

नेपालअखबार, वीरगन्ज । वीरगन्ज बाल सुधार गृहबाट एकजना युवक फरार भएका छन् । लागु औषध कसुरमा सुधार गृह पुगेका युवक १७ वर्षीय युवक चार दिनदेखि फरार रहेको तथ्य उजागर भएको छ । झ्यालबाट हाम फालेर युवक बाल सुधार गृहबाट फरार भएको पर्सा प्रहरीले पुष्टि गरेको छ । मंगलबार बिहान साढे ५ बजेतिर १७ वर्षीय "क" नाम गरेको युवक फरार भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लले जानकारी दिए । उनका अनुसार बिहानको समयमा बाल सुधार गृहको पछाडिको झ्यालबाट १७ वर्षीय युवक फरार भएका हुन । लागु औषध अभियोगमा उनी अदालतको फैसला बमोजिम बाल सुधार गृहमा पुगेको प्रहरीले जानकारी दिएको छ । करिब एक साता अगाडि मात्रै अदालतको फैसलापछि उनलाई सुधार गृहको हिरासतमा राखिएको थियो ।  सर्लाही सर्लाही गडौता नगरपालिका घर भएका ती युवकलाई फरार भए लगत्तै खोजबिन सुरु गरिएको प्रहरीले जनाएको छ । तर अझैसम्म फेला पार्न नसकिएको पर्सा प्रह...
फेसबुकमा बन्दुकको फोटो हालेपछि दुई जना पक्राउ
प्रशासन, समाचार, समाज

फेसबुकमा बन्दुकको फोटो हालेपछि दुई जना पक्राउ

नेपालअखबार, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने र बिनालाइसेन्स भरुवा बन्दुक राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भीमसेनथापा गाउँपालिका–२ सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनारले आफ्नो फेसबुक आईडीमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेपछि उनी पक्राउ परेका हुन्।प्रेम सुनारलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने क्रममा उक्त हतियार पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको भएको खुलेको थियो। त्यसपछि प्रहरीले विष्णुलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।...
ललितपुर अदालतले दिएन पत्रकार श्रेष्ठलाई पक्राउ गर्ने अनुमति
प्रशासन, समाचार

ललितपुर अदालतले दिएन पत्रकार श्रेष्ठलाई पक्राउ गर्ने अनुमति

नेपालअखबार,काठमाडौं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ । उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध हिजो मात्रै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो । श्रेष्ठले मंगलबार नै उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिएका छन् । उनले निवेदनमा आफूमाथि धरपकड नगर्न नगराउन र उपकरण बरामद नगराउन आदेशको माग गरेका छन् । श्रेष्ठ हिजोमात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए ।...
बैंक केवाईसी अपडेट गरिदिने भन्दै ओटीपी लिएर ठगी गर्ने चार पक्राउ
प्रशासन, बैंक-बिमा, समाचार

बैंक केवाईसी अपडेट गरिदिने भन्दै ओटीपी लिएर ठगी गर्ने चार पक्राउ

नेपालअखबार,काठमाडौं । बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राग नगरपालिका–१६का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका वडा नंं. १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा छन् । उनीहरूले बहालवाला र अवकाश प्राप्त कर्मचारीलाई लक्षित गरेर ठगी गर्ने गिरोह चलाएको ब्युरोले जनाएको छ । उनीहरूले ‘बैंकबाट बोलेको हुँ, केवाईसी अपडेट गर्नुपर्‍यो’ भन्दै फोन तथा वाट्सएप कलममा स्क्रिन सेयर गर्न लगाई ओटीपी कोड प्राप्त गर्ने र ती व्यक्तिको खातामा पहुँच पुर्‍याएर रकम रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको  छ ।...
भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान
प्रशासन, समाचार

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् । नेपाल र भारतबिच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुसार सेठलाई उक्त सम्मान गरिएको हो। तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपराह्न काठमाडौँ आइपुगेका थिए। उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवम् नेपालका लागि भारतीय राजदूतको उपस्थिति रहेको थियो।...
पत्रकार श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति
प्रशासन, समाचार

पत्रकार श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति

नेपालअखबार,काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले अरु थप चार दिन थुनामा राख्न अनुमति दिएको हो। सर्वोच्च अदालतको आदेश अनुसार, उनलाई बिहान १० बजे जफत भएका सामग्रीसहित सर्वोच्च लैजानुपर्नेमा प्रहरीले जिल्ला अदालत लगेको हो।जिल्लाबाट म्याद लिएपछि मात्रै प्रहरीले बन्दीप्रत्यक्षीकरणको मुद्दामा उपस्थित गराउन सर्वोच्च लगेको छ। सर्वोच्च अदालतले उनको थुनाको औचित्यबारे सुनुवाइ गरी आदेश दिनेछ।...
सशस्त्र प्रहरीका डीएसपी र इन्स्पेक्टर गरी २१ जनको सरुवा
प्रशासन, समाचार

सशस्त्र प्रहरीका डीएसपी र इन्स्पेक्टर गरी २१ जनको सरुवा

नेपालअखबार, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले ४ जना सशस्त्र प्रहरी नायब उपरीक्षक र बाँकी निरीक्षक गरी २१ जनाको काज सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागका अनुसार साउन २९ गतेको निर्णयबमोजिम यी अधिकारीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको हो । प्रशासनिक दृष्टिकोण र आवश्यकताका आधारमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को खण्ड ग र नियम ३६ बमोजिम यो निर्णय गरिएको प्रधान कार्यालयले जनाएको छ । सरुवा तथा काजमा खटाइएका अधिकारीहरूलाई आगामी भदौ ५ गतेभित्र आफूलाई तोकिएको नयाँ कार्यालयमा पुगेर बरबुझारथ गरी जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ । साथै, नयाँ जिम्मेवारी सम्हालेको जानकारी अनिवार्य रूपमा प्रधान कार्यालयको मानवस्रोत विभागमा दिनु पर्नेछ । विभागले जारी गरेको परिपत्रमा अर्को आदेश नभएसम्मका लागि देहाय बमोजिमका कार्यालयहरूमा कामकाज गर्ने ...
पुजारीसमेत मिलेर मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा
प्रशासन, समाचार

पुजारीसमेत मिलेर मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा

नेपालअखबार, काठमाडौँ । सुनसरीको धरानस्थित श्री नरसिंह भगवान मन्दिरका पुजारीसमेत मिलेर मन्दिरको नाममा रहेको ३६ लाख रुपैयाँभन्दा बढी मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारेमा रहेको मन्दिरको साविक भादगाउँ सिनवारी गाभिएका क्षेत्रमा पर्ने कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर गरी कुल १० कठ्ठा ५ धुर जग्गा गैरकानुनी रूपमा हडपेको अनुसन्धानबाट खुलेको हो। प्रतिवादीहरूको आपसी मिलेमतोमा साविक सिंगिया गाउँ विकास समिति र धरान नगरपालिकाबाट झुट्टा बेहोराको सर्जमिन मुचुल्का बनाई मन्दिरका पुजारी टिर्रु चौधरीको नाममा नामसारी गर्ने सिफारिस गराइएको थियो। साविक सिंगिया गाविसले झुट्टा नाता प्रमाणित प्रमाणपत्र दिएको...