Monday, June 1

प्रशासन

शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
प्रशासन, समाचार

शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी

नेपालअखबार,काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । ‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन गर्ने सोचमा छौं,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने । यद्यपि अहिले त्यहाँ मन्त्रालयलाई पुग्ने ठाउँ अपुग छ । त्यसैले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई बाहिर सारेर भए पनि शिक्षा मन्त्रालयलाई राख्ने तयारी मन्त्रालयका अधिकारीहरुले गरेका छन् । भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन...
चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
प्रशासन, समाचार

चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो

नेपालअखबार,चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा र कर्फ्यु आदेश पूर्ण रूपमा हटाएको छ। प्रशासनले भदौ २८ गते एक सूचना जारी गर्दै बिहान ७ बजेदेखि नै सबै प्रकारका प्रतिबन्धात्मक आदेशहरू हटाइएको जानकारी दिएको हो। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको थियो। जिल्ला सुरक्षा समितिको भदौ २६ गते बसेको बैठकले सुरक्षा अवस्थाको विश्लेषण गरी निषेधाज्ञा र कर्फ्यु लगाउने निर्णय गरेको थियो। नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा आगामी दिनहरूमा पनि जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्न सबैलाई अपिल गरिएको छ। निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ भने बजार, यातायात तथा अन्य गतिविधिहरू पुनः सञ्चालनमा आएका छन्।...
लुटिएका सामान फिर्ता गर्नू, अन्यथा कारबाही हुन्छ :सिआइबी
प्रशासन, समाचार

लुटिएका सामान फिर्ता गर्नू, अन्यथा कारबाही हुन्छ :सिआइबी

नेपालअखबार,काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक विज्ञप्ति जारी गर्दै लुटपाटका सामान फिर्ता गर्न अनुरोध गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गरी सिआइबीले त्यस्ता सामान फिर्ता नगरे अनुसन्धान गरी कारबाही गर्ने जानकारी दिएको हो। लुटिएका सामानलाई नजिकैको सुरक्षा निकायमा फिर्ता गर्न र कसैले त्यस्ता आपराधिक घटना गरेको भए सूचना दिन पनि अनुरोध गरेको छ। त्यसैगरी लुटपाट गरिएका सामानको किनबेच नगर्न पनि अनुरोध गरेको छ। सिआइबीले भदौ २३ र २४ गते भएको घटनाको सन्दर्भमा अनुसन्धान गरिरहेको छ।...
नेपाली सेनाको अनुरोध- भ्रामक र झुट्टा समाचारमा विश्वास नगरौं
प्रशासन, समाचार

नेपाली सेनाको अनुरोध- भ्रामक र झुट्टा समाचारमा विश्वास नगरौं

नेपालअखबार,काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमा सेनालाई जोडेर गरिएका कतिपय झुट्टा प्रचारहरूलाई विश्वास नगर्न आग्रह गरेको छ । शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै सेनाले भनेको छ, ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ ।’ सेनाले अगाडि थपेको छ, ‘तसर्थ, भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणाहरूमा नेपाली सेना आग्रह गर्दछ ।’ विहीबार साँझदेखि रातिसम्म सामाजिक सञ्जालमा सेनाको सक्रियताबारे अनेकौं हल्लाहरू फैलिएका थिए । त्यसैको प्रतिवाद गर्दै सेनाले सूचना आदानप्रदान गर्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न भन्दै सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।...
चितवन कारागारका ५४ कैदीबन्दी फर्किए
प्रशासन, समाचार, समाज

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

नेपालअखबार,भरतपुर । चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफैँ फर्किएका हुन् । भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिए । बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए । उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताए । “बुधबारको माहोल बेग्लै थियो । त्यतिखेर सबै निस्किएर गए”, ढुङ्गानाले भने, “सरकारले भागेका व्यक्तिहरुलाई जसरी पनि समात्छ  भनेर पनि हुनसक्छ फर्किएका छन् ।” कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्...
आज दिउँसोको समयमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
प्रशासन, समाचार

आज दिउँसोको समयमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

नेपालअखबार,काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ । जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ । ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने पुन: निषेधाज्ञा लागू हुने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य उन्मुख छ । अघिल्लो दिनको तुलनामा आज बिहान सवारी साधनहरुको संख्या बढी देखिएको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन...
प्रधानसेनापति सिग्देलकाे चीन भ्रमण रद्द
प्रशासन, समाचार

प्रधानसेनापति सिग्देलकाे चीन भ्रमण रद्द

नेपालअखबार, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ । भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको उनको चीन भ्रमण देशका विकसित विषम परिस्थितिका कारण स्थगित भएको सैनिक स्रोतले जानकारी दिएको छ । देशको वर्तमान संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गरेको सैनिक मुख्यालय स्रोतले जनाएको हो ।...
सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द
प्रशासन, राजनीति, समाचार

सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द

नेपालअखबार,काठमाडौं । नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन् । उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूको भनाइ छ । दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको उनीहरूले बताएका छन् । अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म बोल्ड कदम चाल्ने अनुमान गरिएको छ । जेनजीको आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा हिंसात्मक गतिविधि बढेपछि सेनाले कामचलाउ प्रधानमन्त्री ओली, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतका शीर्ष नेताहरूलाई सुरक्षाका लागि आफ्नो नियन्त्रणमा राखेको थियो । आजदेखि दलका कार्यकर्ता सडकमा आउन थालेपछि थप सु...
भोलि दिनभर निषेधाज्ञा, राति कर्फ्यू
प्रशासन, समाचार

भोलि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

नेपालअखबार,काठमाडौं ।  नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ ।बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।...
नख्खु कारागारबाट भागेका सञ्जय टकला पक्राउ
प्रशासन, समाचार, समाज

नख्खु कारागारबाट भागेका सञ्जय टकला पक्राउ

नेपालअखबार,काठमाडौं।  नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्। उनलाई बिहीबार काभ्रेको मंगलटारमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेका हुन्। पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए। 'नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं,' इन्स्पेक्टर कुँवरले भने। पूर्वराज्यमन्त्री टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए। तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद रहेका टकलामाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको आरोप पनि छ। उनी बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गर्न थालेपछि कारागारबाट भागेका थिए।...