Monday, June 1

प्रशासन

प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
प्रशासन, समाचार

प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

नेपालअखबार,काठमाडौं।  नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनको क्रममा बन्द रहेको पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ । आज बिहीबारबाट पम्प सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ । जेनजी प्रदर्शनको क्रममा धेरै प्रहारी कार्यालयहरु तोडफोड, आगजनी भएका थिए । प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए भने अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको बताइएको छ ।...
सेनाको एसएमएस– कर्फ्युमा पनि उपभोग्य वस्तु व्यवस्थापनका लागि ‘स–सानो समूह’लाई छुट
प्रशासन, समाचार

सेनाको एसएमएस– कर्फ्युमा पनि उपभोग्य वस्तु व्यवस्थापनका लागि ‘स–सानो समूह’लाई छुट

नेपालअखबार, काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञाको समय अवधिमा पनि दैनिक जनजीवन र दैनिक उपभोग्य वस्तु व्यवस्थापन सहज बनाउन ‘स–सानो समूह’मा कार्य गर्न सकिने जनाएको छ । नेपाली सेनाले आज बिहान एसएमएस पठाएर सो जानकारी दिएको हो । सेनाले जारी गरेको सूचनामा लेखिएको छ, ‘जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएतापनि स–सानो समुहमा कार्य गर्न आग्रह गर्दछौं ।’ ‘स–सानो समूह’ भनेको कति संख्याको हो भन्नेबारे सेनाले स्पष्ट खुलाएको छैन । जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिपछि सुरक्षा परिस्थितिको आधारमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा २०८२ भदौ २७ गतेको बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थप गरिएको सेनाले जनाएको छ । तर अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु भने सञ्चालन गर्न सकिने छ ।...
नेपालबाट भागेका १२ जना कैदी भारत पस्न खोज्दा पक्राउ
प्रशासन, समाचार, समाज

नेपालबाट भागेका १२ जना कैदी भारत पस्न खोज्दा पक्राउ

नेपालअखबार, काठमाडौं । । नेपालका विभिन्न कारागारबाट भागेका १२ जना कैदीलाई भारत प्रवेश गर्न खोज्दा उत्तर प्रदेशबाट भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यी गिरफ्तारीहरू दुई छुट्टाछुट्टै स्थानबाट भएका छन्। सिद्धार्थनगरबाट आठ जना र महाराजगन्ज जिल्लाको सोनौली सीमा नजिकबाट चार जना पक्राउ परेका हुन्। सिद्धार्थनगरमा पक्राउ परेकामध्ये पाँच जना भारतीय र तीन जना नेपाली नागरिक छन्। नेपाली कैदीहरूमा हरिलाल (३५) र सुरज चौधरी (२९) रहेका छन्, जो यौन हिंसा र लागुऔषधसम्बन्धी अपराधमा जेल परेका थिए। भारतीय नागरिकहरू चोरी र लागुऔषध नियन्त्रण ऐन अन्तर्गतका अपराधमा संलग्न थिए। नेपालमा जारी हिंसात्मक प्रदर्शन र ठूलो सङ्ख्यामा भएका जेल ब्रेकका घटनापछि भारत-नेपाल सीमामा सुरक्षा जाँच कडा पारिएको छ। प्रहरी उपरीक्षक अभिषेक महाजनका अनुसार, ती फरार व्यक्तिहरूलाई खुनवा र अलिग...
सेनाले गर्‍यो ९४ वटा हतियार बरामद
प्रशासन, समाचार, समाज

सेनाले गर्‍यो ९४ वटा हतियार बरामद

नेपालअखबार, काठमाडौं । नेपाली सेनाले ९४ वटा हातहतियार बरामद गरेको छ। बुधबार बिहानसम्म सेनाले ९४ वटा हातहतियार बरामद गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षा निकायका हातहातियार फिर्ता गर्न भन्दै आएको छ। फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ। अहिले १० बजेदेखि सेनाले निषेधाज्ञा जारी गरेको छ।...
नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बन्दै
प्रशासन, समाचार, समाज

नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बन्दै

नेपालअखबार, काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको छ । कर्फ्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ । नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको छ । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ । अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन् । हिजो सडकका चोक चोकमा हतियारधारी सेना तैनाथ थिए । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कर्फ्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसपछि दुई घण्टा पुन: कर्फ्यु खुला हुनेछ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुन: कर्फ्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले भदौ १९ गते गरेको प्रदर्शनमा १९ जनाको ज्या...
काठमाडौं उपत्यकामा शुक्रबार विहानसम्म कर्फ्यु जारी
प्रशासन, समाचार

काठमाडौं उपत्यकामा शुक्रबार विहानसम्म कर्फ्यु जारी

नेपालअखबार,काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा शुक्रबार विहानसम्मका लागि कर्फ्यु जारी भएको छ। नेपाली सेनाले शुक्रबार विहान ६ बजेसम्मका लागि कर्फ्यु जारी गरेका हुन्।सेनाले बिहीबार विहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि शुक्रबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।बिहीबार विहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्मका लागि भने अत्यावश्यक कार्यका लागि समय दिइएको सेनाले जनाएको छ।...
जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु
प्रशासन, समाचार, समाज

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

नेपालअखबार,काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए । उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको राससलाई जानकारी दिए । यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए । यसैबिच उनले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० बढी कैदी तथा  ५०० जति थुनुवा पनि फरार भएका जानकारी दिए । ती मध्ये केहीलाई भने पक्राउ गरिएको उनले बताए ।...
सेनाले सार्‍यो डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई
प्रशासन, समाचार

सेनाले सार्‍यो डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई

नेपालअखबार,काठमाडौँ । डिल्लीबजार कारागारबाट भाग्न खोज्दा नियन्त्रणमा लिइएका कैदीबन्दीलाई नेपाली सेनाले स्थानान्तरण गरेको छ। बुधबार डिल्लीबजार कारागार भित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए। आगजनीपछि भाग्ने प्रयास गर्दै उनीहरू गेट तोडेर सडकसम्म आइपुगेका थिए। त्यसपछि बाहिर तैनाथ नेपाली सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। लामो समयसम्म रोकेर राखिएका ती कैदीबन्दीलाई सेनाले स्थानान्तरण गरी अन्यत्र लगिएको हो। कहाँ लगिएको भनेर सेनाले खुलाएको छैन। मंगलबार नख्खु कारागार कार्यालयबाट रवि लामिछाने निस्किएपछि अन्य कारागारबाट पनि कैदीबन्दीहरू भागेका छन्। नख्खु कारागारका सबै कैदीबन्दी भागिसकेका छन्। काठमाडौंबाहिरका विभिन्न जिल्लाहरूमा पनि  कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरिरहेका छन्।...
लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामद
प्रशासन, समाचार

लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामद

नेपालअखबार,काठमाडौं । लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामद गरेकाे नेपाली सेनाले जानकारी दिएकाे छ । नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । बिहान १० बजेसम्म सेनाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीन वटा वारुण यन्त्रको प्रयोग गरिएको छ । गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।...
डिल्लीबजार कारागारमा कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिए
प्रशासन, समाचार

डिल्लीबजार कारागारमा कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिए

नेपालअखबार,काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए । अहिले कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले  जानकारी दिए ।कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।...