चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश
नेपालअखबार,काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।
चक्रे मिलनको हकमा ३० हजार रुपैयाँ माग भएको रजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।
चक्रे मिलनसहित १९ जनाविरूद्ध मंगलबार अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो।
गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
त्यस्तै निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटी माग भएको हो।
प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम...









