Monday, June 1

प्रशासन

सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा
प्रशासन, समाचार

सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

नेपालअखबार, भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए । उनका अनुसार हलमा सिट राख्ने, रङरोगनका केही काम, सभाहल परिसरमा ‘ब्लक’ बिछ्याउनेलगायत सरसफाइको काम बाँकी छ । विसं २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०७९ वैशाख २१ गते म्याद थप गरेर काम गरिएको थियो । थपिएको समयमा सभाहलको काम सम्पन्न हुने चरणमा रहेको प्रमुख थापाले जानकारी दिए । उनले बजेट विनियोजन नभएका कारण निर्माण कम्पनीलाई पैसा भुक्तानी गर्न नसकिएको भन्दै यस वर्ष जम्मा रु डेढ करोड मात्र विनियोजन भएको बताए...
गौर अस्पतालका डाक्टर सिंहले माघ १५ सम्म हाजिरी गरेको खुलासा
प्रशासन, समाचार, स्वास्थ्य

गौर अस्पतालका डाक्टर सिंहले माघ १५ सम्म हाजिरी गरेको खुलासा

मेवालाल यादव रौतहट  । रौतहट जिल्लाको गौरमा रहेका प्रादेशिक अस्पतालका डाक्टरले ५ दिन अगाडी सम्मको हाजिरी गरेको खुलासा भएको छ ! मेडिकल सुप्रिटेंडेंटको विषय लिएर विवादित बनेका प्रादेशिक अस्पताल गौरका तत्कालीन मेसु डाक्टर संजीव कुमार सिंहले माघ १५ गते सम्म हाजिरी गरेको तथ्य बाहिर आएको हो । प्रादेशिक अस्पताल गौरमा हाजिर भएका डाक्टर सिंहलाइ सरुवा गरी उहाको ठाउमा डाक्टर कृष्णा साहलाइ प्रदेश सरकारले पठाए पछि सरुवाको विरुद्ध डाक्टर सिंहले प्रादेशिक अस्पताल ,मुख्यमंत्रीको कार्यालय समेत ऊपरमा गएको कार्तिक १४ गते उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा उत्प्रेषण परमादेशको रिट दायर गरेपछि अस्पताल अहिले सम्म प्रमुख बिहीन बनेको छ । उच्च अदालतले निबेदक डाक्टर सिंह र विपक्षी डाक्टर कृष्णा साहलाइ अर्को निर्णय नभए सम्म काम काज तथा मंत्रालयको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेकोमा अहिले सम्म ...
काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार
प्रविधि, प्रशासन, समाचार, समाज

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार

नेपालअखबार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको  छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो । दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ । यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविधुत् आयोजनाद्वारा बिजुली बालिएको थियो । हाल कतिपय लघु जलविद्युत् आयोजना बन्द अवस्थामा छन् भने केही जेनतेन चलिरहेका छन् । स्थानीयस्तरमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत्ले आवश्यकताअनुसार विद्युत्को माग पूरा गर्न नसकेपछि प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तारलाई तीव्रता दिएको हो । “लघु–जलविद्युत् मर...
भिजिट भिसामा जान ६ वटा कागजात आवश्यक पर्ने
प्रशासन, समाचार

भिजिट भिसामा जान ६ वटा कागजात आवश्यक पर्ने

नेपालअखबार, काठमाडौं । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ । भ्रमण गर्ने देशको अनआराइभल भिजा हुने भए भिजा आवश्यक नपर्ने उल्लेख गरिएको छ । यसैगरी दुईतर्फी हवाई टिकट हुनुपर्ने कुरालाई दोहोर्‍याइएको छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ । भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटह...
इनरुवाका सुनचाँदी व्यवसायी पप्पु गाँजाको तस्करीमा जयकाली ज्वेलर्सका सञ्चालक ठूलो परिमाणको गाँजासहित भारतमा पक्राउ न्यू जलपाइगुडीबाट प्रशान्त आचार्यको सहयोगमा
अपराध, प्रशासन, समाचार

इनरुवाका सुनचाँदी व्यवसायी पप्पु गाँजाको तस्करीमा जयकाली ज्वेलर्सका सञ्चालक ठूलो परिमाणको गाँजासहित भारतमा पक्राउ न्यू जलपाइगुडीबाट प्रशान्त आचार्यको सहयोगमा

इकबाल अहमद ,इनरुवा। लामो समयदेखि इनरुवामा सुनचाँदीको व्यवसाय गर्दै आएका इनरुवास्थित जयकाली ज्वेलर्सका सञ्चालक निरज साह उर्फ पप्पु ठूलो परिमाणको गाँजासहित भारतको पश्चिम बंगालस्थित न्यू जलपाइगुडीमा पक्राउ परेका छन् । पुस २९ गते अबेर पक्राउ परेका उनी हाल भारत पश्चिम बंगाल मैनागुडी थानाअन्तर्गत हिरासतमा छन् । उक्त दिन इनरुवाबाट विराटनगर हुँदै भारत प्रवेश गरेका निरज सवार बिआर ५० एक्स ७४७५ नम्बरको गाडी भारतको सो क्षेत्रमा त्यहाँको सुरक्षाकर्मीले चेकजाँच उक्त गाडीमा झण्डै २४ किलो गाँजासँगै दुई जनालाई पक्राउ गरेका थियो । पक्राउ पर्नेमा जयकाली ज्वेलर्स इनरुवाका सञ्चालक साह र उनका भतिजा नाता पर्ने एक जना समेत छन् । ठूलो परिमाणको गाँजासहित पक्राउ परेका उनीहरुविरुद्ध त्यहाँको मैनागुडी प्रहरी कार्यालयले एफआईआर नम्बर २० बि सी २५, २९ अनुसार अनुसन्धानको प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान सुरु गरेको त...
समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित  
प्रशासन, समाचार

समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित  

नेपालअखबार, चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित भएका छन् । भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य समस्या लगायतका रोगहरु देखिएका छन् । भरतपुरको २९ वटै वडामा सञ्चालन भएको अभियानमा टोलटोलमामा पुगेर प्रयोगशाला सुविधासहितका चिकित्सक र स्वास्थ्यकर्मी पुगेका थिए । यसका लागि १०२ जना स्वास्थ्यकर्मीले परिचालन गरिएको थियो । हालसम्म ९ हजार ४१८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । स्वास्थ्य जाँचबाट विरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरे नगरेको बारे पुनः परीक्षण नगरेको पाइएको छ । यस्तै मधुमेह, उच्च रोगहरु बोकेर हिडेको तर, जानकारी नभएको समेत पाइएको अधिकृत भट्टले जानकारी दिनुभयो ...
राष्ट्रिय सभा निर्वाचन : दुई फरक मतपत्र हुने
प्रशासन, समाचार

राष्ट्रिय सभा निर्वाचन : दुई फरक मतपत्र हुने

नेपालअखबार, काठमाडौँ । माघ ११ हुने राष्ट्रिय सभाका लागि दुईवटा फरक मतपत्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् । ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरु गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न स्वतन्त्र छन्,’ पौडेलले भने । तर निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को व्यवस्था बमोजिम मतपत्रमा मत सङ्केत गरेपछि त्यस्...
उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामाथि सरकारले माग्यो सुझाव
प्रशासन, शिक्षा, समाचार

उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामाथि सरकारले माग्यो सुझाव

नेपालअखबार, काठमाडौँ । सरकारले उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त मस्यौमाथि राय तथा सुझाव माग गरेको हो । उक्त प्रारम्भिक मस्यौदा समेत सरकारले वेबसाइट मार्फत सार्वजनिक गरेको छ । उक्त मस्यौदा विधेयकलाई समृद्ध बनाई नेपालको उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन भन्दै मन्त्रालयले आवश्यक सुझाव माग गरेको हो । त्यसका लागि निश्चित ढाँचामा विधेयकबारे १५ दिनभित्रमा सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ । स्वदेश तथा विदेशमा रहेका शिक्षा प्रेमी, विद्वान बुद्धिजीवी, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी, विद्यार्थी, राजनीतिक दलमा आबद्ध महानुभावहरु, सरकारी/सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवस्थापक, उद्यमी तथा शिक्षासँग सरोकार राख्ने तथा सरोकारवाला निकायले ...
प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप किन्न अनुदान दिने
प्रशासन, समाचार

प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप किन्न अनुदान दिने

नेपालअखबार, काठमाडौँ । प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ । यस्तै एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जानाएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ । काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान ...
आवधिक योजना तर्जुमा गर्दै ललितपुर महानगर
प्रशासन, समाचार

आवधिक योजना तर्जुमा गर्दै ललितपुर महानगर

नेपालअखबार, काठमाडौं । ललितपुर महानगरपालिका आवधिक योजना तर्जुमामा जुटेको छ । आवधिक योजना तर्जुमा निर्देशक समितिको शुक्रबार बसेको बैठकपछि महानगर प्रमुख चिरिबाबु महर्जनले दिगो विकास लक्ष्य २०३० र अन्य राष्ट्रिय योजना, लक्ष्यहरुलाई पूरा गर्न महानगर आवधिक योजना तर्जुमा गर्न थालेको बताए । आवधिक योजना अनुसार अघि बढ्दा योजनाको डुप्लिकेसन नहुने महानगर प्रमुखको भनाइ थियो । उपप्रमुख मन्जलि शाक्यले आवश्यकताको आधारमा योजना तर्जुमा गर्नु अत्यावश्यक भएको बताइन् । आवधिक योजनाका लागि सूचना र तथ्यांक अत्यावश्यक भएको स्वीकार गर्दै भनिन्,‘आवश्यकताको आधारमा योजना बनाउने हो, खल्तीबाट झिकेर योजना बनाउनु हुँदैन ।’ ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले यो वार्षिक बजेट बनाए जस्तो नभएको बताउँदै आवधिक योजनाले महानगरलाई काम गर्न दिशानिर्देश गर्ने स्पष्ट पारे । नेपाल सरकारका...