Wednesday, July 29

प्रशासन

कोल्हवी-५ का वडाध्यक्ष पक्राउ
प्रशासन, समाचार

कोल्हवी-५ का वडाध्यक्ष पक्राउ

नेपालअखबार, वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...
विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने
प्रशासन, समाचार

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने

नेपालअखबार, विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ । महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएका थिए । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको कार्की बताउछन् । “कुन–कुन रुटमा कति साइज र क्षमताका बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिएका छौँ”, उनले भने, “दुई–तीन महिनाभित्रै नगर बस सञ्चालनमा ल्याउँछौँ ।” ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क आवागमनको व्यवस्था गर्न लागिएको छ । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर...
जेलभित्र जाँड-रक्सी खाँदै तास खेलेको भिडिओ सार्वजनिक भएपछि थालियो छानबिन
प्रशासन, समाचार

जेलभित्र जाँड-रक्सी खाँदै तास खेलेको भिडिओ सार्वजनिक भएपछि थालियो छानबिन

नेपालअखबार, इलाम। इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरू गरेको छ। समिति नै गठन गरेर छानबिन सुरू गरिएको हो। सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो। सो समितिले काम थालिसकेको संयोजक थापाले बताए। भिडिओ कहिलेको हो र को-को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने र आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ। कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडिओ बाहिरिएको हो। इलाम कारागारमा भने कानुनले वर्जित गरेक...
वडाध्यक्षले कुटपिट गरेको भन्दै कर्मचारीले दिए प्रहरीमा उजुरी
प्रशासन, समाचार

वडाध्यक्षले कुटपिट गरेको भन्दै कर्मचारीले दिए प्रहरीमा उजुरी

नेपालअखबार, कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सहायक इञ्जिनियर लक्ष्मण जिसीले आफूलाई वडाध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्। उनले वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरूङले शुक्रबार बिहान १०ः३० बजे कार्यालयमै अपशब्द बोल्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। केसीले प्रहरीमा पेश गरेको उजुरीमा वडाध्यक्ष गुरूङको कुटपिटबाट टाउको, नाक, घाँटी र शरीरका विभिन्न ठाउँमा चोट लागेको उल्लेख गरेका छन्। निवेदनमा केसीले वडाध्यक्षलाई कारबाही गरी आफ्नो जीउ ज्यानको सुरक्षा गर्न समेत माग गरेका छन्। यता, वडाध्यक्ष गुरूङले आफूमाथि आक्रमण गर्न खोजेपछि सामान्य धकेलाधकेल भएको बताएका छन्। इञ्जिनियर जिसीले आफूमाथि हेलमेट प्रहार गर्न खोजेपछि रोकेको उनले जिकिर गरेका छन्। कास्कीको ल्वाङ गाउँमा पर्खाल लगाउने विषयमा बारम्बार अनुरोध गर्दा पनि इञ्जिनियर जिसी...
१२ लाख स्मार्ट लाइसेन्स छाप्न ठेक्का
प्रशासन, समाचार

१२ लाख स्मार्ट लाइसेन्स छाप्न ठेक्का

नेपालअखबार, काठमाडौं । सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ । समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार ठेक्का सम्झौता भएको यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सीराम गौतमले बताए । जर्मनीको मचल्बर आईडी सर्भिसले १४ लाख ९८ हजार डलर (करिब १९ करोड ८५ लाख रुपैयाँ) रुपैयाँको ठेक्का पाएको हो । ८ लाख ६१ हजार लाइसेन्स छाप्न बाँकी रहँदा विभागमा अहिले साढे ३ लाख मात्रै बार्ड बाँकी छन् । महानिर्देशक गौतम थप कार्ड आपूर्तिका लागि स्रोत सुनिश्चितता माग गरिसकेको बताउँछन् ।...
ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी
प्रशासन, समाचार

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

नेपालअखबार, ताप्लेजुङ। जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन्। पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन्। महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले बताए। कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन्। कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन्। ‘क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ’, जेलर खवासले भने। कारागारमा दरबन्दी अनुसारका कर्मचारी नभएको उनको भनाइ छ। नौ जनाको दरबन्दी रहेकामा हाल एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्...
बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा कतार र दुबई जान रोक
प्रशासन, समाचार

बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा कतार र दुबई जान रोक

नेपालअखबार, काठमाडौं । सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदका लागि वैदेशिक रोजगारीमा जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नु परेको समेत अवस्था छ । अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारवाहीमा परी ठूलो जरिवाना बुझाउनु परेको समेत गुनासो आएको छ । सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना समेत बढेसँगै विभागले यस्तो निर्णय लिनु परेको भुसालले जानकारी दिए । यी मुलुकमा बाइक राइडर र ट्याक्स...
थाई एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज
प्रशासन, समाचार

थाई एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज

नेपालअखबार, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ । सोमबार प्राधिकरणले थाई एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद थप नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले थाई एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम आजैबाट बन्द भएको बताए । उनले थाई एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको बताए । उनले अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने भएकाले सेवा नरोकिने बताए । उनले थाई एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा समेत विमानस्थलको मेन्टिनेन्स अर्गनाइजेसनबाट हुने बताए । त्रिभुवन अन्तर्र...
भारतीय सेनाका पूर्व चार प्रमुख स्वदेश फर्किए
प्रशासन, समाचार

भारतीय सेनाका पूर्व चार प्रमुख स्वदेश फर्किए

नेपालअखबार, काठमाडौँ । नेपाली सेनाको २६० औँ स्थापना दिवस मूल समारोहमा भाग लिन आएका भारतीय सेनाका चारै जना पूर्वसेना प्रमुख नेपालको भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । उनीहरूले आजै बिहान सोलुखुम्बु जिल्लाको नाम्चे क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । सेना दिवसको अवसर पारेर भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीर सिंह सुहाग नेपाल भ्रमणमा आएका हुन् । उनीहरूले आइतबार मुस्ताङ पुगेर मुक्तिनाथ मन्दिरको दर्शन गरेका थिए । उनीहरूले हिजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापतिसहित आफना समकक्षीसँग छलफल र विचार विमर्श गरे । नेपाली सेनाद्वारा जङ्गी अड्डामा आइतबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा पनि पूर्वसैनिक प्रमुख सहभागी भए । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान अनुपम परम्परा छ । उनीहरू चारै जना...
बुटिक विमानस्थलस् नियम बिपरितको सम्झौता
प्रशासन, समाचार

बुटिक विमानस्थलस् नियम बिपरितको सम्झौता

विमल विष्ट, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थल बनाउने नाममा नियम बिपरित दुई करोड ५० लाख रकम खर्च गरेको छ । नागरिक उड्डयन प्राधिकरण स्थित स्रोतले दिएको जानकारी अनुसार बुटिक विमानस्थल बनाउने नाममा निर्माण कार्यको टेण्डर नगरिकन केही व्यवसायिहरुसँगको मिलेमतोमा तत्कालिन महानिर्देशक राजकुमार क्षेत्रीले दुई करोड ५० लाख खर्च गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थलका लागि भएका खर्चहरु पारदर्शि नभएको महालेखा परिक्षकको प्रतिबेदनमा समेत उल्लेख छ । तत्कालिन महानिर्देशक क्षेत्रीको निर्देशनमा आर्थिक वर्ष २०७५÷७६ को जेठ महिनाको अन्तिम तिर बुटिक विमानस्थल बनाउने प्रक्रिया सुरु गरी सोही आर्थिक वर्षको असार महिनामा ३५ वटा कोटेसन ९शिर्षक० मार्फत उक्त बजेट बाडिएको पाइएको छ । सार्वजनिक खरिद ऐन नियमावलीमा बिपरित बुटि...