Sunday, May 31

प्रशासन

पृथ्वी राजमार्ग विस्तारका लागि थप ४६६ रूख काटिँदै
प्रशासन, समाचार

पृथ्वी राजमार्ग विस्तारका लागि थप ४६६ रूख काटिँदै

नेपालअखबार, तनहुँ। पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ। सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन्। यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ। आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए। ‘सबै रुख नकाटिन पनि सक्छन्। काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ,’ उनले भने। सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन्। उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए। सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा रु साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको उनले बताए। व्यक्त...
तल्लो सरकारमा हस्तान्तरण भएका ६ आयोजना संघमा फिर्ता
प्रशासन, समाचार

तल्लो सरकारमा हस्तान्तरण भएका ६ आयोजना संघमा फिर्ता

२३ कात्तिक, स्थानीय तहमा हस्तान्तरण भएका ६ वटा आयोजना संघमा तानिएका छन् । मन्त्रिपरिषद्का विभिन्न ४ वटा बैठकबाट यी आयोजना/कार्यक्रम संघ मातहत सार्ने निर्णय भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सबै स्थानीय तहका नाममा परिपत्र गर्दै यी आयोजना तथा कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन नगर्न भनेको छ । यसअघि यी आयोजना/कार्यक्रम प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका थिए खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा मन्त्रालय र भौतिक मन्त्रालय मातहतका कार्यक्रम संघमै फिर्ता तान्ने निर्णय भएको हो  |मन्त्रिपरिषद्का यी निर्णयसँगै अब यी ६ वटै आयोजनालाई संघीय कार्यक्रम/आयोजनामा समावेश गरिएको छ । संघबाटै आयोजना कार्यान्वयन हुनेछन् । विगतमा संघीय सरकारबाटै कार्यान्वयन भइरहेका यी आयोजना/कार्यक्रम ठूलो बजेट खर्च हुने बहुवर्षीय आयोजनाहरु हुन्...
करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन
प्रशासन, समाचार

करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको हो। आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ। ‘गण्डकी प्रदेश सरकारले २०७९।०६।२७ गतेको प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरणपत्रमा उल्लेख गरिएको छ। ‘निर्वाचनको सम्मुखमा आचारसंहिता लागू रहेको अवस्थामा यसप्रकारबाट करको दरमा छुट दिने जस्ता नीतिगत निर्णय गरी कार्यान्वयन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई असर पर्नुको साथै सो कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)क...
बेलायत र जापान कामदार पठाउन ‘प्रोटोकल’ तयार, चुनावपछि प्रक्रिया अघि बढ्ने
प्रशासन, समाचार

बेलायत र जापान कामदार पठाउन ‘प्रोटोकल’ तयार, चुनावपछि प्रक्रिया अघि बढ्ने

नेपालअखबार, काठमाडाैं । बेलायत र जापानमा सरकारी स्तरबाट कामदार पठाउन आवश्यक पर्ने मापदण्ड (प्रोटोकल) तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार पठाउन आवश्यक पर्ने मापदण्ड तयार गरेको हो । उक्त मापदण्ड मन्त्रिपरिषदले पारित गरेसँगै कार्यान्वयनमा जाने मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए ।  मन्त्रालयले जी टु जी मार्फत बेलायत पठाउने नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकलको मस्यौदा तयार गरेको हो । यो मस्यौदा मन्त्रिपरिषदले पारित गरेसँगै प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । पहिलो चरणमा करिब २०० जना नर्सहरूलाई​ बेलायतमा पठाइनेछ । त्यसका लागि चुनावपछि मात्रै प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ । जनवरी २०२३ बाट बेलायतमा पठाइने नर्सका लागि आवेदन माग गर्नेगरी कार्यतालिका बनेको थियो । उक्त मापदण्डले तोक्ने व्यवस्था अन...
विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण
प्रशासन, समाचार

विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण

नेपालअखबार, पोखरा  । नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य एवं नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । पोखरा ९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबार म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्बिर खिच्नेक्रममा प्रहरी हस्तक्षेपको निन्दा व्यक्त गरेको छ । युनियन कास्कीका तर्फबाट सचिव प्रदीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीको सो कदम प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भन्दै घटनामा संलग्नलाई कारबाही गरी पूणर् प्रेस स्वतन्त्रताको वातावरणको लागि माग गरिएको छ ।...
मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण
प्रशासन, समाचार

मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण

नेपालअखबार, काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरेको छ । आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचार प्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचार प्रसार गर्दा सरकारी साधन स्रोतक...
भोलिदेखि चुनावकेन्द्रित जुलुस र आमसभा गर्न पाउने
प्रशासन, समाचार

भोलिदेखि चुनावकेन्द्रित जुलुस र आमसभा गर्न पाउने

नेपालअखबार, काठमाडाैं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरुले बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकार...
काँग्रेस उम्मेदवार जोशीलाई स्पष्टीकरण
प्रशासन, समाचार

काँग्रेस उम्मेदवार जोशीलाई स्पष्टीकरण

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ । कुश्मा नगरपालिका–१४ आर्थरस्थित विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपि कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुद...
मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न
प्रशासन, समाचार

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

नेपालअखबार, पाेखरा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको छ । मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ । छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र मध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभात...
कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने
प्रशासन, समाचार

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्य...