Monday, August 3

राजनीति

अफगानिस्तानले पाकिस्तान सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको दाबी, फेरि तनाव चुलियो
राजनीति, विश्व, समाचार

अफगानिस्तानले पाकिस्तान सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको दाबी, फेरि तनाव चुलियो

नेपालअखबार, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ । तालिबान प्रशासनका अनुसार उक्त आक्रमणमा पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा धेरै व्यक्ति घाइते भएका छन् । पाकिस्तानी सेनाले भने चारवटा सामान्य (नन–सैन्य) ड्रोन खसालेको दाबी गरेका छ । उसले आगामी कुनै पनि उक्साहटपूर्ण गतिविधिको ‘उचित जवाफ’ दिने चेतावनी पनि दिएको छ । दुवै पक्षका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ । यी घटनाहरू पाकिस्तानले आइतबार अफगानिस्तानभित्र गरेको हवाई आक्रमणपछि भएका हुन् । संयुक्त राष्ट्र संघका अनुसार आइतबारको आक्रमणमा २८ जना सर्वसाधारणको मृत्यु भएको थियो । तर, अफगानिस्तानले भने पाकिस्तानको आक्रमणमा आवासीय घरहरूलाई नै निशाना बनाइएको दाबी गर्दै ३६ जना सर्वसाधारणको मृत्यु र १६० भन्दा बढी व्यक्ति घाइते भएको बताएको छ...
एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण
राजनीति, समाचार

एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण

नेपालअखबार,काठमाडौ । नेकपा एमालेका युवाहरुले पार्टी पुनर्गठनबारे मत सर्वेक्षण अभियान पनि शुरु गरेका छन् । पार्टीको पुनगर्ठन कार्यदलले सीमित नेताहरुसँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण सुरु गरिएको उनीहरुले बताएका छन् । ‘एमाले पार्टी जीवनको कुरा नेताहरुलाई मात्रै होइन, सदस्यहरुलाई पनि उत्तिकै चासोको विषय हो,’ अभियानको नेतृत्व गरिरहेका गजेन्द्र थपलियाले भने, ‘यो मत सर्वेक्षणमा पार्टी सदस्य र स्वतन्त्र नागरिकले पनि एमालेबारे धारणा राख्न सक्नेछन् ।’ एमालेको कार्यदलले केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी र जनसंगठनका पदाधिकारीहरुबाट मात्रै सुझाव लिएको छ । यसलाई अपर्याप्त भन्दै सुरु भएको डिजिटल मत सर्वेक्षणमा १८ प्रश्न राखिएको छ । जसमा पार्टी पुनगर्ठनका प्रश्नहरु समावेश छन् । कुन कमिटीका नेतालाई नेतृत्वमा ल्याउनेदेखि अर्लि महाधिवेशनको आवश्यकताबारे समेत मत प्रश्नाव...
संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने :पूर्वप्रधानमन्त्री झलनाथ खनाल
राजनीति, विचार, समाचार

संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने :पूर्वप्रधानमन्त्री झलनाथ खनाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनाडीहरूबाट संविधान संशोधन नगरिने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । संविधान संशोधन एउटा लचिलो दस्तावेज भए पनि संशोधनको नाममा बाँदरको हातमा नरिवल बन्न दिन नहुने खनालको भनाइ छ । संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने उनले बताए । देशमा अहिले राजनीतिक लगायत अनेक खालका चुनौतीहरू रहेको भन्दै उनले मुलुकको संविधानमाथि नै खतरा देखा परेको उनले बताए । खनालले भने, ‘आज यो देशमा जुनखालका चुनौतीहरू देखापरिरहेका छन् । राजनीतिक चुनौतीदेखि लिएर यो देशको अस्तित्वमाथि खतरा आइरहेको छ । गणतन्त्रमाथि खतरा आइरहेको छ । अहिलेको संविधानमाथि खतरा आइरहेको छ । संविध...
‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र : पूर्वप्रधानमन्त्री ओली
राजनीति, विचार, समाचार

‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र : पूर्वप्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला जारी रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भयो’, ओलीले भने–  ‘त्यस षडयन्त्रले वैधानिक सरकारलाई विस्थापित गर्‍यो । सरकार बनाउने वैधानिक संसद् विघटन गरेर असंवैधानिक सरकार बनाइयो ।’ उनले आफूहरूका केही कमीहरू रहे आत्मसमीक्षा गर्न सकिने बताए । ‘तर हामीले देश बर्बाद पार्‍यौ भन्ने भाष्य गलत हो । प्यारामिटरहरु हेरौँ । देशद्रोही काम गरेर, विकासका काम नगरेर होइन,...
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल
राजनीति, विचार, समाचार

लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल

नेपालअखबार,काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जवज) पुरानो भयो भन्दैमा अवमूल्यन गर्न नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेपालले हामीमा के–के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए। मदन भण्डारीका खुबी र दुरदृष्टिको अनुसरण गर्न सक्नुपर्ने भन्दै उनले वास्तविकताको धरातलमा उभिएर कुनै पनि चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने उनको (मदन) वास्त...
सांसद  खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि…
राजनीति, समाचार

सांसद खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि…

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सभामुख डोलप्रसाद अर्याललाई ‘कर्मचारी महोदय’ भनी सम्बोधन गरेका छन्। संसद्को आकस्मिक समयमा बोल्दै खनालले ‘कर्मचारी महोदय’ भनेपछि केही बेर सदनमा खासखुस चलेको थियो। सभामुख र सांसद खनाल दुवै रास्वपाका हुन्। सम्बोधनमा शब्द चिप्लिए पनि खनालले आफ्नो मन्तव्यलाई भने निकै आक्रामक रूपमा अगाडि बढाएका थिए। सांसद खनालले कैलालीको लम्कीचुवा अस्पतालको दयनीय अवस्था र त्यहाँका कर्मचारीमाथि भएको दुर्व्यवहारको विषय उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ध्यानाकर्षण गराउँदा चिप्लिएका हुन् । ‘साँढेको जुधाइमा बाच्छाको मिचाई भनेझैँ लम्कीचुवा अस्पताल नगरपालिका र प्रदेशको आन्तरिक जुँगाको लडाइँले बन्धक बनेको छ,’ खनालले भने । लम्कीचुवा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल बन...
युद्धविराम उल्लंघनको आरोप लगाउँदै अमेरिकाले गर्‍यो इरानमा हमला
राजनीति, विश्व, समाचार

युद्धविराम उल्लंघनको आरोप लगाउँदै अमेरिकाले गर्‍यो इरानमा हमला

नेपालअखबार, काठमाडौं । अमेरिकाले इरानमा हवाई आक्रमण गरेको छ। दुई देशबीच अन्तिम सम्झौतामा हस्ताक्षरका लागि वार्ता भइरहँदा शुक्रबार अमेरिकाले दक्षिणी इरानमा हवाई हमला गरेको हो। अमेरेकी सेनाको सेन्ट्रल कमान्डले इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै हमला गरिएको बताएको छ। सेन्टकमका अनुसार हर्मुज जलमार्गमा एक मालवाहक जहाजमाथि इरानी ड्रोन आक्रमण गरेको थियो।  घटनाको जवाफस्वरूप अमेरिकी सेनाले इरानका क्षेप्यास्त्र र ड्रोन भण्डारण स्थल तथा तटीय रडार केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। सेन्टकमले आफ्ना लडाकु विमानहरूले सैन्य लक्ष्यमा सफल आक्रमण गरेको र अभियान सम्पन्न भएको जनाएको छ। ‘इरानी सेनाले व्यावसायिक जहाजमाथि गरेको अनुचित आक्रमणले युद्धविरामको स्पष्ट उल्लंघन गरेको थियो। हिजो हर्मुज जलडमरूमध्य हुँदै गइरहेको मालवाहक जहाजमाथिको आक्रमणको यो शक्तिशाली जवाफ हो,’ सेन्टकमले भनेको ...
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल, प्रधानमन्त्रीसँग सार्वजनिक जवाफको माग
राजनीति, समाचार

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल, प्रधानमन्त्रीसँग सार्वजनिक जवाफको माग

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउने कार्य संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत भएको भन्दै त्यसलाई तत्काल रोक्न सार्वजनिक अपिल गरेको छ। उपसमितिका संयोजक उमंग लोहनीद्वारा जारी अपिलमा नेपाली कांग्रेसले डिजिटल प्रणालीमार्फत नयाँ क्रियाशील सदस्यता वितरण गरिरहेको उल्लेख गर्दै पार्टीको आधिकारिक पोर्टलमार्फत असार २० गतेसम्म अनलाइन आवेदन दिन सकिने जानकारी दिइएको छ। कांग्रेसको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नेपाली नागरिकले मात्रै क्रियाशील सदस्यता पाउने तथा सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको उपसमितिले स्पष्ट पारेको छ। उपसमितिले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले राजनीतिक दलको सद...
राजनीति, समाचार

आज १२ गते बस्ने बोलाइएको बैठक फेरि स्थगित गरेर भोलि १३ गते शनिबारका लागि बोलाइयो

नेपालअखबार, काठमाडौं । रास्वपाको महाधिवेशन लम्बिँदा संसद् समेत प्रभावित भएको छ । संसद सचिवालयले लगातार दुई दिन बैठक स्थगित गरी सार्वजनिक बिदाको दिन शनिबार बैठक बोलाएको छ । यसअघि यही असार ११ गते बस्ने तय भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो । आज १२ गते बस्ने बोलाइएको बैठक फेरि स्थगित गरेर भोलि १३ गते शनिबारका लागि सारिएको छ । रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ नजिकको दल हो । सरकारको नेतृत्व गरिरहेको यस दलका सांसदहरू महाधिवेशनमा व्यस्त रहँदा प्रतिनिधिसभा बैठक बस्न कठिन हुने भएकाले स्थगित गरिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस बैठक बस्न नसक्ने भएकाले स्थगित गर्नुपरेको सूचना निकालेका छन् ।अर्को बैठक शनिवार बिहान ११ बजेका लागि बोलाइएको छ ।...
नाटोबाट हामीलाई धोका भयो : डोनाल्ड ट्रम्प
राजनीति, विश्व, समाचार

नाटोबाट हामीलाई धोका भयो : डोनाल्ड ट्रम्प

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको बताएका छन्। ह्वाइट हाउसमा नाटोका महासचिव मार्क रुट्टेसँगको बैठकका क्रममा ट्रम्पले भने, ‘हामीलाई धोका भयो। वास्तवमा यस मामिलामा हामीलाई कसैको सहयोगको आवश्यकता नै थिएन ।’ उनले अगाडि थपे, ‘तर, उनीहरूले ‘हामी सहयोग गर्न चाहन्छौँ’ मात्र भनिदिएको भए पनि राम्रो हुने थियो ।’ ‘उनीहरूले त्यतिसम्म पनि भनेनन्,’ ट्रम्पले विगत सम्झिए ।...