Thursday, August 13

राजनीति

कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
राजनीति, समाचार

कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न माग गरेका हुन् । उनीहरुले केन्द्रीय समितिको बैठक बसेको समयमा अनुशासन समितिको निर्णय प्रस्तुत नगरी छलेर कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् । पार्टीले गठबन्धन नगर्ने महासमिति र केन्द्रीय समितिबाट निर्णय भइसकेको अवस्थामा गठबन्धनकै विषयलाई लिएर अहिले अनुशासनको डण्डा चलाइनु खोटपूर्ण रहेको उनीहरुको भनाइ छ ।दोहोरो मापदण्ड र पूर्वाग्रही रुपमा कारबाही गरिएको भन्दै उनीहरुले गुटगत आधारमा गरिएको यो निर्णयले पार्टीलाई थप कमजोर बनाउने बताएका छन् ।...
काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले  इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन
राजनीति, समाचार, हाइलाइट-समाचार

काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले  इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन

नेपालअखबार,काठमाडौं । काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले  इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।  शुक्रवार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपालगायत १२ कम्युनिस्ट पार्टीहरूले इजरायलद्वारा गजा क्षेत्रमा भएको ‘नरसंहार’ र इरानमाथिको हालैको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरे । प्रदर्शनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, लीलामणि पोखरेल, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतीसहित विभिन्न कम्युनिस्ट घटकका नेता–कार्यकर्ताहरू सहभागी थिए। ‘साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति कायम गर’ नारा लगाउँदै उनीहरूले शान्तिबाटिका (रत्नपार्क)बाट सुरु गरी जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा पुगेर सभा गरे । ग...
पार्टीले बिदा गर्छ भने जान तयार छु : अध्यक्ष  नेपाल
राजनीति, समाचार

पार्टीले बिदा गर्छ भने जान तयार छु : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म बिदा भएर जान तयार छु।‘ उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको बताए । ‘मेरो कुरा गर्ने हो भने ममा आँट छ। पार्टी बनाएर अगाडि बढ्ने कुराको सन्दर्भमा चुनौतीका साथ मैले भन्न चाहन्छु, यस्ता चुनौतीको सामना गर्दै आइएको छ। फेरि पनि चुनौतीको सामना गरिन्छ।‘ उनले थपे, ‘मेरो मान्यता छ- नबिराउनु, नडराउनु। मैले जीवनमा एक पैसा कसैको घुस खाएको छैन। मागेको मात्रै होइन, दिन आएकोलाई पनि अस्वीकार गरेको छु।‘ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूलाई परिवारले दिएको संस्कारमा गौरवबोध गर्ने उल्लेख गर्दै भने, ‘बुवाले त्यही...
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?
राजनीति, समाचार

प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?

नेपालअखबार,काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजना समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्थामा परिवर्तन गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठकमा समितिका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले विकासलाई केन्द्रित गरेर अगाडि बढेपनि सोचे जति कामले गति लिन नसक्नुका समस्या पहिचान गरी स्पष्ट कार्ययोजनाका साथ लाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ बनेपनि बाँकी कामको ठेक्का समयमा लाग्न नसकेका चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिबाट समयमा परिणाम र उत्पादन दिन नसकिने बताए । 'जनतालाई मलमा अनुदान दिने नीति छ तर मल समयमा पाइँदैन । यस खालको जनता अलमल्याउने कुरा नगरौँ । बरु अनुदान घटा...
बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकताको व्यवस्था गरिएको हो : गृहमन्त्री लेखक
राजनीति, समाचार

बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकताको व्यवस्था गरिएको हो : गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ  ।  गृहमन्त्री रमेश लेखकले बाबुपीडित सन्तानका लागि आमाको नामबाट नागरिकता दिने कानुनी व्यवस्था गरिएको बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गृहमन्त्री लेखकले नागरिकता वितरणमा देखिएको र त्यसलाई समाधानका लागि कानुनी व्यवस्था गरिएको बताए । गृहमन्त्री लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्न लागिएको बताए । नागरिकता ऐनलाई संशोधन गरेर आमाको नामबाट नागिकता दिने व्यवस्था गर्न लागिएको बताएका हुन् । ‘जुन बाबुको सन्तानले नागरिकता दिन सहयोग गरिरहेका छैनन्, जुन बाबु भौतिक रुपले बाबु भएपनि आफ्ना सन्तानलाई स्नेह, संरक्षण र अभिभाकत्व दिन तयार छैनन् र सन्तानले आफ्नो बाबु भएको अनुभूति गर्न सकेको छैन त्यस्ता सन्तान अथवा बाबुपीडित सन्तानको लागि यो व्यवस्था गरिएको हो,' उनले भने, 'यदि कोही आमापीडित सन्तान छन् भने ब...
एकीकृत समाजवादी र राष्ट्रिय अभियानबीचको एकता साउन २ गते हुने
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादी र राष्ट्रिय अभियानबीचको एकता साउन २ गते हुने

नेपालअखबार, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको छ । अध्यक्ष नेपाल र गौतमले शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा साउन २ गते एकता घोषणा गर्ने उल्लेख छ । ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम,रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरियो’, अध्यक्ष नेपाल र गौतमबिच भएको सहमतिमा उल्लेख छ । ०७७ सालमा नेकपा विभाजनका बेला गौतमले छुट्टै अभियानको घोषणा गर्दै नेकपा एकता अभियान चलाएका थिए । नेकपा विभाजनपछि एमाले र माओवादी अलग भएका थिए भने २०७८ मा माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । त्यसयता कहिले एमालेसँग त कहिले नेकपा एकीकृत सम...
परराष्ट्रमन्त्री डा.आरजु राणा इटली र जर्मनी भ्रमण गरी स्वदेश फिर्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री डा.आरजु राणा इटली र जर्मनी भ्रमण गरी स्वदेश फिर्ता

नेपालअखबार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट आज स्वदेश फर्किएकी छन् । रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भएकी मन्त्री राणा उतैबाट जर्मनी गएर आज स्वदेश फर्किएकी हुन् । उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए । २८ जुनदेखि ४ जुलाईसम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै यसका दौरानमा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई मन्त्री राणाले सम्बोधन गरेकी थिइन् । सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रुपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरुले आधार प्रदान गरेको बताइन् । खाद्य सुरक्षा तथ...
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
राजनीति, समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमिटेड र त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल हुनेछ ।
ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
राजनीति, समाचार

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशलाई अमेरिकाको एक संघीय अदालतले रोक लगाएको छ। न्यु ह्याम्पशायर डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोसेफ लाप्लान्तेले बिहीबार ट्रम्पको कार्यकारी आदेश प्रभावित हुनेगरी आदेश सुनाएका हुन् । ‘नागरिकता कुनै पनि व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण संवैधानिक अधिकार हो, जुन कसैबाट खोसिनु हुँदैन,’ आदेशमा भनिएको छ । ट्रम्पको उक्त कार्यकारी आदेश लागु भएमा अमेरिकामा जन्मिने हजारौं बच्चा नागरिकताबाट वञ्चित हुने खतरा रहेको भन्दै न्यायाधीश लाप्लान्तेले उक्त आदेशमा रोक लगाएका हुन्। अदालतले यस विषयमा क्लास एक्सन स्टेटस अर्थात् सामूहिक मुद्दालाई समेत मान्यता दिँदै ट्रम्पको आदेशबाट प्रभावित हुने सबै बच्चाहरूलाई समेट्ने निर्णय सुनाएको छ। न्यायाधीशले निर्णय कार्यान्वयन नगर्न अस्थायी आदेश जारी ग...
राष्ट्रिय सभाको बैठक आज बस्दै
राजनीति, समाचार

राष्ट्रिय सभाको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक अपराह्न १२ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा सांसदहरू उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने छ । यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । त्यसैगरी, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।...