Friday, August 14

राजनीति

जापानका कृषिमन्त्रीले दिए राजीनामा ,चामल किन्न नपरेको अभिव्यक्तिले विवादमा
राजनीति, विदेश, समाचार

जापानका कृषिमन्त्रीले दिए राजीनामा ,चामल किन्न नपरेको अभिव्यक्तिले विवादमा

नेपालअखबार, काठमाडौं । समर्थकहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका जापानका कृषिमन्त्रीले पदबाट राजीनामा दिएका छन् । जापानका कृषिमन्त्री ताकु एतोले यसै साता दिएको सार्वजनिक अभिव्यक्तिको मतदाताहरू र सांसदहरूले तीव्र आलोचना गरेका थिए ।पछिल्लो एक वर्ष जापानमा चामलको मूल्य दोब्बरले बढेको छ । नागरिकहरु महँगो चामलको कारण मारमा परिरहेका बेला कृषि मन्त्रीले दिएको अभिव्यक्तिको आलोचना भएको थियो । आफ्नो अभिव्यक्ति अनुपयुक्त भएको महसुस गर्दै उनले राजीनामा दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ‘चामलको मूल्य आकासिएर नागरिकहरू पीडित भएका बेला मैले अनुपयुक्त अभिव्यक्ति दिएको छु,’ बुधबार प्रधानमन्त्रीको कार्यालयमा राजीनामा बुझाएपछि एतोले पत्रकारहरूसँग भनेका छन् । जापानको सरकारी प्रसारक एनएचकेका अनुसार अब पूर्व वातावरण मन्क्री शिन्जिरो कोइजुमील...
मन्त्रिपरिषद बैठक सुरू भयो
राजनीति, समाचार

मन्त्रिपरिषद बैठक सुरू भयो

नेपालअखबार, काठमाडौँ । मन्त्रिपरिषदको बैठक मंगलबार साँझ बालुवाटारमा सुरू भएको छ। केही बेरअघि सुरू भएको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ। आजै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको बैठक पनि बसेको थियो। बैठकले तीन जनाको नाम सिफारिस गरेको छ। पहिलो नम्बरमा अर्थविद् विश्व पौडेल छन्। दोस्रो नम्बरमा डा. कायममुकाय गभर्नर नीलम ढुंगानामाको नाम रहेको छ। आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई अर्थमन्त्री बनाउनेबारे छलफल भएको थियो। कांग्रेसले यसअघि नै पौडेलको नाम दिएको भए पनि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढेको थिएन। महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएयता राष्ट्र बैंकमा गभर्नर रिक्त छ।...
प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै  सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए । सांसदहरूले सैद्धान्तिक छलफलमा उठाएका विषयवस्तुबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद –९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहे पनि अन्तिम समयमा स्थगित गरिएको थियो । बैठकमा पूर्वाधार ...
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
राजनीति, समाचार

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

नेपालअखबार, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन् । जापानको टोकियोमा भोलिदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ प्रस्थान गरेकी हुन् । मन्त्री डा राणाले ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तता सम्बन्धी सो सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् । एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल)द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ । ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरूको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी  मन्त्री डा राणालाई सो कार्यक्रमको विशेष वक्त...
संसदमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
राजनीति, समाचार

संसदमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

नेपालअखबार,काठमाडौं । आज संघीय संसदको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने भएका छन् । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।...
गणतन्त्र दिवस तीन दिन मनाइने
राजनीति, समाचार

गणतन्त्र दिवस तीन दिन मनाइने

नेपालअखबार,काठमाडौं । सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले बताए ।मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरूरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् । बैठकले जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन क...
तीनकुने घटनालाई धर्म र आस्थासँग जोड्न मिल्दैन : गृहमन्त्री
राजनीति, समाचार

तीनकुने घटनालाई धर्म र आस्थासँग जोड्न मिल्दैन : गृहमन्त्री

नेपालअखबार,काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने उनले बताए । साथै, उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताए । ‘तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्दछ । त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन,’ उनले भने, ‘हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको...
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट
राजनीति, समाचार

प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् । भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो । प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको ...
गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल
राजनीति, विश्व, समाचार

गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल

नेपालअखबार, तेल अभिभ । गाजा युद्ध रोक्न र सबै बन्धकहरूलाई रिहा गर्न इजरायली वार्ताकारहरूले व्यापक सम्झौताको सम्भावनालाई गम्भीरतापूर्वक विचार गरिरहेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले आइतबार यस्तो बताएको हो । कतारको राजधानी दोहामा रहेका वार्ताकारहरू यो काम फत्ते गर्न लागि परेको बताइएको छ । यो वार्ता अमेरिकी विशेष दूत स्टिभ विटकफले दिएको प्रस्तावको आधारमा भइरहेको छ । अमेरिकी प्रस्तावमा पहिले अस्थायी युद्धविराम र केही इजरायली बन्धकहरूको रिहाइको लागि आह्वान गरिएको छ । त्यसपछि प्यालेस्टिनी कैदीहरूलाई क्रमशः रिहा गर्ने, स्थायी युद्धविराम गर्ने र अन्तिम शान्ति वार्ताको लागि मार्ग प्रशस्त गर्ने योजना छ । तर नेतान्याहूले यस शान्ति प्रस्तावमा आफ्नो अडान स्पष्ट पार्दै केही सर्तहरू राखेका छन् । युद्धविरामको लागि हरेक सम्भावनामाथि विचार भइरहेको तर यसका लागि पहिल...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक...