Sunday, August 16

राजनीति

नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह
राजनीति, समाचार

नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी मन्त्री डा.देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरुलाई सो आग्रह गरेकी हुन् । मन्त्री डा.देउवाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरुका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरिन् । सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्था...
एमालेले बोलायो सचिवालय बैठक
राजनीति, समाचार

एमालेले बोलायो सचिवालय बैठक

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमालेले १८ गते आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी सचिवालय बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनकाअनुसार बैठकमा सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। सरकारले जारी गरेको ६ वटा अध्यालेश संसदमा पेश हुन सकेको छैन। प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा संख्या अपुग छ। सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसदमा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन। जसपाले भूमि अध्यादेश फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ। सत्ता पक्षले भूमि अध्यादेश छलफलका लागि कार्यदल गठन गर्ने भने पनि प्रक्रिया अघि बढ्न सकेको छैन।...
परराष्ट्रमन्त्री राणाले भेटिन् मानवअधिकार उच्चायुक्त
राजनीति, समाचार

परराष्ट्रमन्त्री राणाले भेटिन् मानवअधिकार उच्चायुक्त

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कसँग भेटवार्ता गरेकी छन् । मानवअधिकार परिषद्को ५८औं सत्रमा सहभागी हुन जेनेभा पुगेकी मन्त्री राणाले विहीबार टुर्कसँग भेटवार्ता गरेकी हुन् । भेटमा नेपालको मानवअधिकार परिषद्मा सक्रिय सहभागिता, योगदान तथा सन् २०२७-२९ कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीबारे छलफल गरेको मन्त्री राणाले जानकारी दिएकी छन् । भेटवार्तामा नेपालको संक्रमणकालीन न्याय प्रक्रिया, जलवायु परिवर्तन, शान्ति, स्थायित्व तथा विकासका विषयमा समेत विचार आदान-प्रदान परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्।...
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
राजनीति, समाचार

आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ ।बैठकमा विधेयकमाथि उठेका प्रश्नको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेस गर्दै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी बनाउनका लागि प्रस्तावित परिषद्को भूमिका महत्त्वपूर्ण रहने बताए । “विधेयकमा प्रेस काउन्सिलले गरिरहेको काम अझ प्रभावकारी बनाउन यो परिषद्को भूमिका रहनेछ, अधिकारका विषय समितिमा थप छलफल गरिनेछ, आचारसंहिता र कारबाहीका कुरा माथि पनि छलफल चल्नेछ”, उनले भने, “परिषद्लाई स्वतन्त्र मर्यादित संस्थाका रूपमा परिकल्पना गरिएको छ, सदनमा उठेका विषयमाथि थप संशोधन गरिनेछ, समितिहरूबाट आउने विषयहरू पनि समेटिनेछ ।” सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राखेका धारणा मननीय र ग्रहणयोग्य रहेको मन्त्री गुरुङको भनाइ थियो । य...
प्रतिनिधि सभाको बैठकमा आम सञ्चार विधेयक प्रस्तुत हुँदै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठकमा आम सञ्चार विधेयक प्रस्तुत हुँदै

नेपालअखबार,काठमाडौं । आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रस्तुत गर्नेछन् । राष्ट्रिय सभामा दर्ता भएर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाका आएको यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मंगलबारको सम्भावित कार्यसूची छ । यसका अलावा प्रतिनिधि सभामा आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक पनि प्रस्तुत गर्ने कार्यसूची छ ।...
दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक
राजनीति, समाचार

दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक गरिएको छ। गत शुक्रबार र शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले समसामयिक प्रस्तावहरू वाचन गर्नुभएको थियो। फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीका २९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्य योजना र पार्टीका तात्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो। बैठकले वर्तमान सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्ण...
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका मन्त्री राणा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री राणाले आर्थिक, सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस् सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गरिन् । उनले नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसङ्घको  मानवअधिकार परिषद् सदस्य, सन् २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले यस...
स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत
राजनीति, समाचार

स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य थपिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम सोमबार विभागमा दश सदस्य मनोनीत गरेका हुन् । पार्टी केन्द्रीय सदस्य मधु आचार्य विभाग प्रमुख छन् । मनोनयन गरिएका सदस्यमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा. हेमराज लामिछाने (चितवन) छन् । यसैगरी, पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरुङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) पनि विभागको सदस्यमा मनोनीत भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...
सशस्त्र प्रहरीले अपराधको अनुसन्धान गर्दैन :गृहमन्त्री लेखक
राजनीति, समाचार

सशस्त्र प्रहरीले अपराधको अनुसन्धान गर्दैन :गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बललाई अपराधको अनुसन्धान गर्ने जिम्मेवारी विधेयकले नदिएको प्रष्ट्याएका छन्। सोमबार सशस्त्र विधेयकमाथि प्रतिनिधि सभाको बैठकमा भएको छलफलपछि उठेका प्रश्नको जबाफ दिँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले कुनै पनि अपराधको अनुसन्धान नगर्ने बताएका हुन्। उनले सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटिएका बेलामा अपराध नियन्त्रण गर्ने अधिकार भएको र त्यसपछि सम्बन्धित निकायमै बुझाउनुपर्ने बताए। ‘सशस्त्र प्रहरी बललाई कुनै पनि अपराधको अनुसन्धान गर्ने, मानिसलाई थुन्ने, मुद्दा अभियोजन गर्ने अधिकार हुँदैन, त्यो प्रहरीको अधिकार हो,’ उनले भने। सीमा क्षेत्रको सुरक्षा गर्ने जिम्मेवारी पनि सशस्त्र प्रहरीकै भएकाले पनि त्यहाँ हुने आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि पक्राउ गर्नेसम्मको अधिकार भएको उनको भनाइ थियो।...
वर्तमान सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउदै छः अध्यक्ष नेपाल
राजनीति, समाचार

वर्तमान सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउदै छः अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउन खोजेको दाबी गर्नुभएको छ। साथै केपी ओली नेतृत्वको वर्तमान सरकार नालायक, अयोग्य, असक्षम र देश तथा जनताप्रति गैरजिम्मेवार रहेको दाबी गर्नुभएको छ।आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ केन्द्रीय बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान केपी ओली सरकार संविधानप्रति इमान्दार नरहेको बताउनुभयो। ‘यो सरकार नालायक, अयोग्य, असक्षम र गैर जिम्मेवार मात्र होइन संविधान, नियम कानुन र विधान समेत कुल्चिन्छ’,अध्यक्ष नेपालको भनाइ छ। ओलीले संसद् विघटन गरेको पहिलाको नजिर रहेको नेपालले बताउनुभयो। पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले मुलुकको आर्थिक अवस्था कमजोर रहेको भन्दै सरकार नै अनुत्पादक क्षेत्रमा खर्च गर्न उद्यत रहेको बताउनुभयो। उह...