Sunday, August 16

राजनीति

६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
राजनीति, विश्व, समाचार

६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता

नेपालअखबार,गाजा । हमासका दुई वरिष्ठ नेताले इजरायलसँग अरू वार्ता नगर्ने बताएका छन् । ६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म वार्तामा सामेल नहुने साे समूहले बताएको हो । शनिवार नै इजरायलले ६२० जना प्यालेष्टिनी कैदी रिहा गर्नुपर्ने थियो । गाजा युद्धविराम वार्ता समस्यामा परेको बेला हमासले पहिले नै वाचा अनुसार प्यालेस्टिनी कैदी रिहा नगरिएसम्म वार्ता तोड्ने घोषणा गरिसकेको छ । हमासले ६ इजरायली कैदीहरूलाई रिहा गरे पनि इजरायलले ६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ स्थगित गरेपछि हमास नेताको यस्तो प्रतिक्रिया आएको हो । इजरायलले भने कुनै पनि समयमा गाजापट्टीमा आक्रमण गर्न सक्ने भन्दै कैदी रिहाइमा ढिलाइ गर्ने बताएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको यस निर्णयलाई अमेरिकाले पनि समर्थन गरेको छ । हमासले बन्धकहरूलाई गरिएको बर्बर व्यवहारको आधारमा इजरायली सरकारले यो कदम चालेको ...
संसदीय प्रक्रियामा अघि बढ्यो नेपाल प्रहरी विधेयक
राजनीति, समाचार

संसदीय प्रक्रियामा अघि बढ्यो नेपाल प्रहरी विधेयक

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाले नेपाल प्रहरीसम्बन्धी विधेयक अगाडि बढाउँदैछ । आज (आइतबार) दिउँसो १ बजे बस्ने बैठकबाट यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ । गृहमन्त्री रमेश लेखकले गत माघ १५ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए । यो विधेयकमाथि सांसदहरूले ५१ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । सांसदहरूको संशोधन प्रस्तावसहित दफावार छलफलका लागि प्रतिनिधि सभामा सम्बन्धित संसदीय समितिमा पठाउन लागेको हो । यो विधेयक दफावार छलफलकालागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जानेछ । यसका अलावा आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्...
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
राजनीति, समाचार

परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् । मन्त्री राणालाई शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे । यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नेछिन् । भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २...
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु हो : गृहमन्त्री लेखक
राजनीति, समाचार

लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु हो : गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु भएको बताएका छन् । लोकतन्त्रको विकल्प नभएको बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै नै भएको बताए । ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो’, उनले भने, ‘त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ ।’ शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको पनि बताए । दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए ।संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औंल्याए ।...
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
राजनीति, समाचार

स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । शनिबार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै शाहले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरेका हुन् । उनले महोत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरूको प्रवर्द्धन गर्ने बताए । उनले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्त्व बुझाउन सके नेपालले धेरै प्रगति हासिल गर्ने बताए । उनले भने, ‘हाम्रो विशेषता नै यही हो । हाम्रो धर्म संस्कृति, कला र खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यी तीन वटै कुरालाई प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई पनि हाम्रो परिकार के हो भन्ने बुझाउने मौका पनि हो । अहिलेको नयाँ पुस्तालाई यो खानेकुरा खाँदा के असर गर्दछ, यसमा क्याल्सियम छ की छैन ? प्रोटिन छ की छैन । यस...
अश्वेत आन्दोलनलाई सघाएका सैन्य नेतृत्वलाई ट्रम्पले गरे बर्खास्त
राजनीति, विश्व, समाचार

अश्वेत आन्दोलनलाई सघाएका सैन्य नेतृत्वलाई ट्रम्पले गरे बर्खास्त

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति देशका सबैभन्दा ठूलो सैन्य अधिकारीलाई अचानक पदमुक्त गरिदिएका छन् । ट्रम्पले अमेरिकी सेनाका ज्वाइन्ट चिफ स्टाफ (जेसीएस) का अध्यक्ष चार्ल्स सी. क्यू. ब्राउन जुनियरलाई पदमुक्त गरेका हुन् । जेसीएस अमेरिकाको रक्षा विभागका सबैभन्दा वरिष्ठ सैन्य कमाण्डरहरूको समूह हो। यो समूहले राष्ट्रपति, रक्षा मन्त्री, होमल्याण्ड सेक्युरिटी काउन्सिल र नेशनल सेक्युरिटी काउन्सिललाई सैन्य मामिलामा सल्लाह दिन्छ। सी. क्यू. ब्राउनले सन् २०२० मा ब्ल्याक लाइभ्स म्याटर आन्दोलनलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए। यो आन्दोलन अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या पछि सुरु भएको थियो। त्यसबेला ब्राउन अमेरिकी वायुसेनाका चिफ अफ स्टाफ थिए। त्यस समयमा ट्रम्प अमेरिकी राष्ट्रपति थिए। सन् २०२० को राष्ट्रपति चुनावमा ट्रम्पको पराजयको पछाडि यस आन्दोलनको ठू...
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक जारी
राजनीति, समाचार

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक जारी

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक जारी छ। ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शनिबार एकीकृत समाजवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठक चलिरहेको छ। शुक्रबादेखि सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमा केन्द्रीय समिति सदस्यहरूले धारणा राखेका थिए। शनिबार पनि धारणा राख्ने क्रम जारी रहने एकीकृत समाजवादीले जनाएको छ।...
नागरिकता विधेयकमा ३५ संशोधन प्रस्ताव
राजनीति, समाचार

नागरिकता विधेयकमा ३५ संशोधन प्रस्ताव

नेपालअखबार, काठमाडौँ । नेपाल नागरिकता विधेयक २०८१ मा ३५ संशोधन प्रस्ताव परेका छन् । संशोधन प्रस्ताव दर्ता गर्ने समय बिहीबार दिउँसो दुई बजेसम्म ३५ संशोधन प्रस्ताव दर्ता भएका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार विधेयकमा ९ सामूहिक र २६ एकल संशोधन प्रस्ताव दर्ता भएका छन् । एमालेका सांसदहरूले ३ सामूहिक प्रस्ताव दर्ता गरेका छन् । कांग्रेस सांसदहरूले एउटा, एकीकृत समाजवादीका सांसदहरूले तीन, माओवादी सांसदहरूले एउटा र राप्रपाका सांसदहरूले एउटा सामूहिक प्रस्ताव दर्ता गरेका छन् ।...
एकीकृत समाजवादीको ३ महिने आन्दोलन कार्यतालिका प्रस्ताव
राजनीति, समाचार

एकीकृत समाजवादीको ३ महिने आन्दोलन कार्यतालिका प्रस्ताव

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तीन महिने आन्दोलन कार्यक्रमको तालिका प्रस्ताव गरेका छन् ।  ललितपुरको जावलाखेलमा शुक्रवारबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले आन्दोलनद्वारा पार्टी निर्माणको तात्कालिक योजना अन्तर्गत आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन् । भुसालले गरेको प्रस्तावअनुसार यही फागुन तेस्रो साता गर्ने पत्रकार सम्मेलनमा मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियानबारे धारणा राख्ने तथा त्यसबारे सार्वजनिक रूपमा सुझावहरू आह्नवान गर्ने उल्लेख छ । त्यस्तै चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव सङ्कलनका विभिन्न कार्यक्रमहरू गर्ने र त्यसअन्तर्गत पार्टीका सबै जनसङ्गठन, विभागसहित अन्य संघ संस्थाहरुबाट सुझाव सङ्कलन गर्ने प्रस्ताव भुसालको छ । त्यसपछि चैत २० गते सरकारलाई पार्टीका माग पेस गर्ने, त्यसबिचमा ...
एकीकृत समाजवादीको सदस्यता शुल्क वार्षिक १ सय रुपैयाँ
राजनीति, समाचार

एकीकृत समाजवादीको सदस्यता शुल्क वार्षिक १ सय रुपैयाँ

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी सदस्यता शुल्क वापत सदस्यहरुबाट वार्षिक सय रुपैयाँ लिने भएको छ । सो पार्टीको आजबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटीमा विधान अनुसार तयार पारेर पेस भएको नियमावली–२०८१ को परिच्छेद २ मा सदस्यता सम्बन्धी व्यवस्था गरिएको छ । जसमा पार्टी साधारण सदस्यता लिन आवेदन दिन रु १० तिर्नुपर्ने छ भने संगठित सदस्यताका लागि रु २० तिर्नुपर्ने व्यवस्था गरेको उल्लेख छ ।  हरेक पार्टी सदस्य र संगठित सदस्यले विधानको धारा २२ बमोजिम पार्टी सदस्यता लिन रु एक सय र संगठित सदस्यका लागि रु २ सय तिर्नुपर्ने व्यवस्था गरेको छ । त्यसरी लिइएको सदस्यता शुल्कको १५ प्रतिशत केन्द्रीय कमिटीमा, १५ प्रतिशत प्रदेशमा, १५ प्रतिशत जिल्लामा, १५ प्रतिशत सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटीमा,  १५ प्रतिशत सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीमा, १५ प्रतिशत नगर वा इलाक...