Monday, August 17

राजनीति

परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

नेपालअखबार ,काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । महावरले बुधबार परराषट्रमन्त्री डा. राणासँग भेट गरेका हुन्  । भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ । महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुर्व्यवसन नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।...
आयोगले माग्यो समपूरक र विशेष अनुदानका प्रस्ताव
राजनीति, समाचार

आयोगले माग्यो समपूरक र विशेष अनुदानका प्रस्ताव

नेपालअखबार ,काठमाडौं । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहसँग समपूरक र विशेष अनुदान अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमको प्रस्ताव माग गरेको छ । पुरानो कार्यविधि फेर्दै दुवै अनुदानमा नयाँ कार्यविधि बनाएको आयोगले १५ फागुनभित्र प्रस्ताव पेश गर्न भनेको छ । यी आयोजना २०८२/८३ मा संघीय समपूरक अनुदान र संघीय विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुनेछन् । आयोगले यसपटक राजस्व उठाउन सक्ने क्षमताका आधारमा स्थानीय र प्रदेशको वर्गीकरण गरेको छ । सोही आधारमा अनुदान पाउने हिस्सासमेत फरक–फरक हुँदैछ । यसअघि सबै क्षमताका स्थानीय तहमा ५० प्रतिशत अनुदान केन्द्रबाट जाने गरेको थियो । अब समपुरक अनुदानमा कमजोर स्थानीय तहमा ८० प्रतिशत र बलियो स्थानीय तहमा २० प्रतिशत मात्र साझेदारी गर्ने गरी कानुन बनाइएको छ । आयोगले विगतमा समपूरक तथा विशेष अनुदान पाएर कार्यान्वयनमा र सम्पन्न हुन बाँकी रहेका क्रमा...
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय

नेपालअखबार ,काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ,’ उनले भने । त्यस्तै, चैतको पहिलो हप्तासम्मा मधेशमा जनसभा आयोजना गर्ने निर्णय भएको पनि उनले बताए ।आजको बैठकमा हिजो (मंगलबार) काठमाडौंमा आयोजना गरिएको समाजवादी मोर्चाको सभाबारे पनि समीक्षा भएको उनले बताए । नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।...
एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी
राजनीति, समाचार

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

नेपालअखबार ,काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा‍. भीष्म अधिकारीले जानकारी दिए । एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् । डा. अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनेछन् ।...
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
राजनीति, विदेश, समाचार

ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव

नेपालअखबार ,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीको कटौतीलाई प्राथमिकतामा राख्दै नयाँ प्रस्ताव ल्याएको छ । ट्रम्प प्रशासनले लाखौं संघीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका सबै संघीय कर्मचारीहरूलाई पूर्णकालीन रूपमा कार्यालयमा फर्कने विकल्पका रूपमा ट्रम्पको आदेश आएको हो । राष्ट्रपति ट्रम्पले कार्यालय फर्कन नचाहने लगभग सबै संघीय कामदारहरूलाई लक्षित गर्दै सो प्याकेजमार्फत् बहिर्गमनको प्रस्ताव गरेका हुन् । मंगलबार करिब एकै समयमा लाखौं कर्मचारीहरूलाई इमेल सन्देश पठाउँदै ट्रम्प प्रशासनले कामदारहरूलाई फेब्रुअरी ६ सम्ममा निर्णय लिन भनेको छ । यदि, उनीहरूले त्यो मितिसम्म आफ्नो जागिर छोड्न राजी भए,’ सन्देशमा भनिएको छ, ‘उनीहरूले विच्छेद प्याकेजको रूपमा करिब आठ महिनाको तलब प...
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल

नेपालअखबार ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसका सन्दर्भमा आज एक विज्ञप्ति निकालेर उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो प्राण आहुति गरेका सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे । विज्ञप्तिमा अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय लाग्नुपर्नेमा जोड दिँदै देशमा स्वाधीन एवं स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न सकेमा शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे ।...
राजदूत तिमिल्सिनाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत
राजनीति

राजदूत तिमिल्सिनाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

नेपालअखबार ,काठमाडौँ । मलेसियाका लागि नेपालका राजदूत डा‍.नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आज आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस अवसरमा मलेसियाका विदेशमन्त्री दातोसिरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, विदेश मन्त्रालयका उच्चअधिकारीका साथै नेपाली राजदूतावासका पदाधिकारीको उपस्थिति थियो । राजदूत तिमिल्सिनासहित अन्य राष्ट्रका पाँचजना राजदूतले पनि सोही समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जना...
एमाले संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

एमाले संसदीय दलको बैठक बस्दै

नेपालअखबार ,काठमाडौँ । नेकपा -एमाले_को संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ । सरकारले ल्याएका अध्यादेशको संसदमा पनि आलोचना हुनसक्ने भएकोले एमालेले त्यसको प्रतिवादको रणनीति पनि यो बैठकबाटै बनाउनेछ । यसअघि सत्तारुढ दलको बैठकले पनि एकमतका साथ संसदमा उपस्थित हुने निर्णय गरिसकेका छन् । आजको बैठकमा हिउँदै अधिवेशनका बैठकमा पेस हुने विधेयकका विषयमा पनि छलफल हुनेछ ।...
चुरे–तराई मधेस संरक्षण विकास समिति खारेज गर्न सुझाव
राजनीति, समाचार

चुरे–तराई मधेस संरक्षण विकास समिति खारेज गर्न सुझाव

नेपालअखबार ,काठमाडौं ।  चुरे क्षेत्र संरक्षण गर्ने मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको हालको संरचना खारेज गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन तयार भएको छ। वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाएको छ। समिति खारेजी गर्न खोजिएको भन्दै आलोचना बढिरहेको बेलामा मन्त्रालयले भने खारेजी नभएर पुनःसंरचना गर्ने विषयमा छलफल भएको स्पष्ट पारेको छ। वन तथा वातावरण मन्त्रालयले चुरेको विषयमा प्राविधिक प्रतिवेदन तयार गर्न भन्दै बनाएको समितिले हालको समिति खारेज गर्नुपर्ने र वन तथा वातावरणमन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा अन्य विज्ञहरू सदस्य रहनेगरी समितिको पुर्नगठन गर्नुपर्ने सुझाव दिएको छ। मन्त्रालयका प्रशासन महाशाखा प्रमुख भुपाल बरालको संयोजकत्वमा गठन भएको उक्त समितिमा सदस्...
उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको भेट
राजनीति, समाचार

उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको भेट

नेपालअखबार ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा नेपाल(म्यानमार द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय, आर्थिक सामाजिक एवं सांस्कृतिक सम्बन्धलगायत विषयमा छलफल भएको थियो । त्यस अवसरमा उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबीच द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको बताएका उनका प्रेस संयोजक दिनेश यादवले जानकारी दिए । उपराष्ट्रपति यादवले अतिकम विकसित राष्ट्रको मुद्दामा नेपाल र म्यानमार दुवै आर्थिक हितका लागि सहकार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीच भएका व्यापार तथा लगानी, पर्यटन एवं सांस्कृतिक सहकार्यसम्बन्धी समझदारी कार्यान्वयन भई आर्थिक सम्बन्ध र सहकार्य थप प्रगाढ र विस्तार हुन...