Sunday, August 16

राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालअखबार ,काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आझ बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुनेछ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन् । संसद् अधिवेशन छलेर सरकारले अध्यादेश ल्याउनु भएको भन्दै कांग्रेस वृत्तबाटस...
यथास्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्दैन: नारायणकाजी श्रेष्ठ
राजनीति, समाचार

यथास्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्दैन: नारायणकाजी श्रेष्ठ

नेपालअखबार ,काठमाडौं ।। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्। पार्टीको भ्रातृ संगठन नेपाल बुद्धिजीवी  संगठनले ललितपुरमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले पार्टीको रूपान्तरण अनिवार्य रहेको बताएका हुन्। 'नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो,' उनले भने। उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु रहेको बताउँदै  परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट पारे। 'विदेशी भूमिका श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौँ भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ,' श्रेष्ठले भने। नेकपा माओवा...
ट्रम्पलाई झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक
राजनीति, विश्व, समाचार

ट्रम्पलाई झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक

नेपालअखबार ,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ । सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन् । ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरेपछि कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी गरेका थिए । यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा ट्रम्पको नागरिकता सम्बन्धी आदेश असंवैधानिक भएको तर्क प्रस्तुत गरिएको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ पछि अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उक्त आदेशको पुष्टि समाचार एजेन्सी रोयटर्सले विहीबार प्रकाशित एक लेखमार्फत् पनि गरेको छ ।...
सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय
राजनीति, समाचार

सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय

नेपालअखबार,काठमाडौँ । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा  माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै सहलगानीसम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरिएको उनले बताए । बैठकले एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ भने जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गरिएको सरकारका प्रवक्ता गुरुङल...
आज चार संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज चार संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा  नेपालमा हिउँदको समयमा  हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।...
एमालेको सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमालेको सचिवालय बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ । आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्नेछ ।यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन् ।...
राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
राजनीति, समाचार

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण र सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । साथै राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।...
संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषद्‌को निर्णय
राजनीति, समाचार

संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषद्‌को निर्णय

नेपालअखबार,काठमाडौं। मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।...
स्ववियु निर्वाचन सर्‍योत्रिभुवन विश्वविद्यालयमा
राजनीति, समाचार

स्ववियु निर्वाचन सर्‍योत्रिभुवन विश्वविद्यालयमा

नेपालअखबार,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ । फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए । दुई वर्ष अघि समेत चैत ५ गते चुनाव भएको थियो ।  सोही आधारमा यो पटक समेत चैत ५ गते गर्ने निर्णय गरिएको बताए ।...
एमालेका युवा नेता बि.क एकीकृत समाजवादीमा समाहित
राजनीति, समाचार, हाइलाइट-समाचार

एमालेका युवा नेता बि.क एकीकृत समाजवादीमा समाहित

नेपालअखबार,काठमाडौँ। नेकपा (एमाले) कालिकोटका युवा नेता मनोज वि.क नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ। सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता बेदराम भुसाल, उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव चन्द्र्रबहादुर शाही, पार्टीका कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, कालिकोट खाँडाचक्र नपाका मेयर कमल बहादुर शाहीलगायतका नेताहरूले नेता विकलाई पार्टीमा स्वागत गर्नुभएको हो।...