Sunday, August 16

राजनीति

वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
राजनीति, समाचार

वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले केन्द्रीय कार्यालयको सूचना पाटीमा टाँसगरी लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। आर्थिक वर्ष ०८०/०८१ को आय व्ययको लेखापरीक्षण प्रतिवेदन सोमबार सार्वजनिक गरिएको प्रमुख पौडेलले जानकारी दिनुभएको छ। गत आर्थिक वर्षमा  ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको पौडेलको भनाई छ। त्यस्तै खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको छ भने ३२ लाख ८७ हजार १६४ रूपैयाँ पार्टी घाटामा रहेको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ। पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गर...
ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन्
राजनीति, विश्व, समाचार

ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन्

नेपालअखबार,काठमाण्डौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सोमबार शपथ लिँदैछन्। शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन्। शपथ ग्रहणअघि ठूलो संख्यामा जम्मा भएर उनका समर्थकहरूले विजयी ‍जुलुस निकालेका छन्। विजयी जुलुसमा ट्रम्प पनि सरिक भएका छन्। ट्रम्पको शपथ ग्रहण अमेरिकी संसद भवन 'क्यापिटल' मा हुनेछ। उनको भव्य शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको छ। शपथ ग्रहण समारोहमा सरिक हुन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि निम्ता दिएका थिए। राष्ट्रपति जो बाइडेन र ट्रम्पसँग चुनाव हारेकी कमला ह्यारिसले शान्तिपूर्ण तवरबाट सत्ता हस्तान्तरण हुने बताएका थिए। गत कात्तिक भएको चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेज जित्दै राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्त्वपूर्ण निर्णय लिने भनेका छन्। ट्रम्पले दोस्रोपटक कार्यभार सम्हाल्दै गर...
कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी
राजनीति, समाचार

कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी

नेपालअखबार,काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले  हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।  किसान आयोगको ८ औँ स्थापना  दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कृतिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए। अहिले पनि धेरै परिवार कृषिमा लागेका भएपनि ठुलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको उल्लेख गर्दै उनले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए । बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने सङ्कल्प सबैले गर्न जरुरी रहेको र यसका लागि तिनै तहका सरकारको सामूहिक प्रयास जरुरी उनको तर्क छ ।...
आजदेखि गजामा युद्धविराम कार्यान्वयन
राजनीति, विश्व, समाचार

आजदेखि गजामा युद्धविराम कार्यान्वयन

नेपालअखबार,काठमाडौँ ।। इसराइल हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ। एक सातादेखिको प्रयासपछि शुक्रबार इसराइलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार आइतबार मध्याह्न हमासले तीन बन्धक छाड्ने छ। बन्धकमुक्त हुने तीनै जना इसराइली महिलाहरू रहने पनि रोयटर्सले जनाएको छ। हमासले तीन बन्धक छाड्दा इसराइली जेलमा रहेका ९० जना कैदी रिहा हुनेछन्। सम्झौतामा एक महिला बन्धक हमासले छाडेबापत इसराइलले ३० कैदी रिहा गर्ने भनिएको छ। हमासले बन्धकमुक्त गरेकाहरूलाई रेड क्रसले इसराइल पुर्‍याउनेछ। सम्झौता कार्यान्वयन गर्नुअघि इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सम्झौता अनुसार  बन्धकहरू नछाडिए वा सम्झौता कार्यान्वयन तलमाथि भए गजामा पुनः आक्रमण गर्ने र त्यसका लागि अमेरिकाले पनि सहमति दिएको बताएका छन्। हमासले ४२ दिनमा ...
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन: उपेन्द्र यादव
राजनीति, समाचार

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन: उपेन्द्र यादव

नेपालअखबार,काठमाडौँ ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन्। बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताएका हुन्। अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए। मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ।...
सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाउँछौं : सञ्चारमन्त्री गुरूङ
राजनीति, समाचार

सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाउँछौं : सञ्चारमन्त्री गुरूङ

नेपालअखबार,कीर्तिपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाउने बताएका छन् । यसलाई जनसरोकारका विषयमा राज्यलाई झक्झक्याउने निकायका रुपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले शुक्रबार आयोजना गरेको ‘नेपालमा सार्वजनिक सेवा प्रसारण नीति’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणमा सत्ता शक्तिको छायाँ पर्न दिनु हुँदैन भन्नेमा सरकार सहमत रहेको बताए । समावेशिता, पारदर्शिता तथा जनमुखी शासन स्थापनाको उद्देश्य पूर्ति गर्न सार्वजनिक सेवा प्रसारण प्रणाली सुरु गरिएको उनको भनाइ थियो । सरकारी स्वामित्वका रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवाको विश्वव्यापी मान्यताअनुरुप लैजान संसद्ले गत असोज २२ गते सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक ...
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ। विचार  मिल्ने पार्टीसँग एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गर्न सकिने उहाँले उल्लेख गर्नुभएको छ। पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको बिहीबार उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा थुप्रै विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको बताउनु भयो। राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले राजनीतिमा विश्वास गर्ने उहाँको भनाइ थियो। अध्यक्ष नेपालले देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गएको भ्रष्टाचार र ...
प्रधानमन्त्री ओलीको राजीनामा विपक्षी दलहरूले मागे
राजनीति, समाचार

प्रधानमन्त्री ओलीको राजीनामा विपक्षी दलहरूले मागे

नेपालअखबार,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ६ विपक्षी दलहरूले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा शुक्रबार बसेको विपक्षी दलहरूको बैठकपछिका निर्णय सुनाउँदै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। वर्तमान सरकारले सत्तामा बसिरहने आधार गुमाएको निष्कर्ष विपक्षी ६ दलको रहेको प्रचण्डको भनाइ छ। त्यसैले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनु नै उपयुक्त हुने उनले बताए। ‘गठबन्धन गर्दा जे घोषणा गरेको थियो, ती कामहरू केही पनि अगाडि बढेका छैनन्। संविधान संशोधन त प्रधानमन्त्री आफैले २०८७ सालमा भनिसकेपछि र अन्य सुशासनकाबारे भनिएका कुरा ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपले सरकारमा बसिराख्ने आधार गुमाएको छ,’ प्रचण्डले भने, ‘न...
समाजवादी प्रेस सङ्गठनले विश्वमणि सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन
राजनीति, समाचार

समाजवादी प्रेस सङ्गठनले विश्वमणि सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन

नेपालअखबार,काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले अध्यक्ष विश्वमणि सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । समाजवादी प्रेस सङ्गठनले सुवेदीमाथि चार वटा गम्भीर आरोप लगाएको छ । सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले सुवेदीले लामो समयसम्म सङ्गठनको बैठक नबसाएको, नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा सङ्गठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएका छन् । यसैबिच सुवेदीसहितका सङ्गठनका नेताहरू आजै एमाले निकट प्रेस चौतारीमा प्रवेश गर्ने तयारीमा छन् ।...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय
राजनीति, विदेश, समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय

नेपालअखबार,इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । उनकी पत्नी बुशरा बीबीलाई पनि ७ वर्षको जेल सजाय सुनाइएको छ । शुक्रबार रावलपिन्डीको आदियाला जेल अदालतले इमरान खान र उनकी पत्नीलाई अलकादिर ट्रस्ट सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय हुने फैसला सुनाएको हो । पूर्वप्रधानमन्त्री इमरान खान हाल जेलमै छन् । अदालतले उनी र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड जरिवानाको सजाय पनि सुनाएको छ ।...