Sunday, August 16

राजनीति

भीम रावलले पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी गठनको तयारीमा
राजनीति, समाचार

भीम रावलले पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी गठनको तयारीमा

नेपालअखबार, काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । गत सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ । नेकपा एमाले...
प्रधानमन्त्री ओली देशकै सबैभन्दा धेरै जाली, झेली र बेइमान भएको प्रचण्डको आरोप
राजनीति, समाचार

प्रधानमन्त्री ओली देशकै सबैभन्दा धेरै जाली, झेली र बेइमान भएको प्रचण्डको आरोप

नेपालअखबार , काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालकै सबैभन्दा बढी ‘जाली, झेली, कपटी र बेइमान’ व्यक्तिको संज्ञा दिएका छन्। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्र झापा-५ को गौरीगन्जमा सोमबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले गिरीबन्धु प्रकरणमा ओलीले गरेको बद्मासी पर्दाफास गर्ने चेतावनी पनि दिएका छन्। ‘देशमा सुशासनको अभियान र भ्रष्टाचारविरूद्धको अभियान सुरू भइसकेको छ। यो खबरदारी सभा पनि भ्रष्टाचारीविरूद्धकै हो,’ प्रचण्डले भने, ‘म अस्तिको पटक यहाँ आउँदा यहाँका किसानका समस्याबारे पनि सुनेको छु। मैले गिरीबन्धु टिइस्टेट मैले आफैले हेरेको छु। त्यहाँका किसानहरूको समस्या सुनेको छु। सम्भवतः यो ठाउँ अहिलेका प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी,  मे...
अध्यक्ष नेपाल र बामदेव गौतमबिच छलफल
राजनीति, समाचार

अध्यक्ष नेपाल र बामदेव गौतमबिच छलफल

नेपालअखबार ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबिच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र नेता गौतमबिच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटवार्तामा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ । यसअघि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउने निर्णय गरेको थियो । त्यसपछि दुवै तर्फबाट वार्ता समिति समेत गठन भएको थियो । गौतम पार्टीमा आए माधव नेपाल र झलनाथ खनालपछिको बरियता पार्टीमा दिन अध्यक्ष नेपाल तयार छन् । तर गौतमसँगै आउने पार्टी एकता अभियानका अन्य नेताहरुको व्यवस्थापनका बारेमा सहमति जुट्न ढिलाई भएको बताइएको छ ।...
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
राजनीति, विश्व, समाचार

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

नेपालअखबार , काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् । १ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए । उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए । उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहेका राष्ट्रपति थिए ।...
देउवाले भने कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न सक्दैन
राजनीति, समाचार

देउवाले भने कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न सक्दैन

नेपालअखबार ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताए । उनले खेलकुदमा युवाहरू बढी हुने भएकाले कांग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए । उनले खेलकुद स्वस्थ शरीरका लागि महत्त्वपूर्ण रहेको बताए । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरू मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने उनले बताए । उनले भने, ‘नेपालमा खेलकुद जगतमा बढी व्यस्त लागेका साथीहरूले हाम्रो पार्टीलाई पनि मजबुत बनाउनस...
राष्ट्रपतिबाट सहकारी सम्बन्धी अध्यादेश जारी
राजनीति, समाचार

राष्ट्रपतिबाट सहकारी सम्बन्धी अध्यादेश जारी

नेपालअखबार ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरुको नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्ने प्रस्ताव गरेको छ । पाँच सदस्यीय प्राधिकरणमा एक जना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ ।...
अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी : प्रधानमन्त्री ओली
राजनीति, समाचार

अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी : प्रधानमन्त्री ओली

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । साथै, उनले अहिले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको जिकिर गरे । ‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो,’ एमाले अध्यक्ष समेत रहेका ओलीले भने । उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी पनि गरे ।‘हामीले त्यतिबेला सुरु गरेर बिजोग भएका कामहरू फेरि अघि बढाएका छौं । ती कामहरू गर्न अग्रसर छौं । विश्वास गर्नुस्, ...
प्रतिनिधिसभाको सचिवमा राई सिफारिस
राजनीति, समाचार

प्रतिनिधिसभाको सचिवमा राई सिफारिस

नेपालअखबार ,काठमाडौँ । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।...
सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ : महासचिव पोखरेल
राजनीति, समाचार

सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ : महासचिव पोखरेल

नेपालअखबार ,महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताएका छन् । प्रभावकारी सेवा प्रवाह तथा सरकारी कामकाजलाई देश र जनताप्रति केन्द्रित गर्न ‘गभर्मेन्ट रिफर्म सेन्टर’ आवश्यक भएको उनको अभिमत छ । आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो सेन्टर स्थापनाका साथै त्यसका एकाइ हरेक कार्यालयमा स्थापना गर्नेगरी गृहकार्य थालिएको बताए । दुई ठूला राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले जनताका अपेक्षा पूरा हरसम्भव प्रयत्न गरिरहेको बताए । महासचिव पोखरेलले विगतको तुलनमा सार्वजनिक निकायहरूबाट प्रभावकारी ढङ्गले सेवा प्रवाह भएको बताए । साथै उनले मुलुकमा लगानीको वातावरण पनि बनेको ...
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ
राजनीति, समाचार

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

नेपालअखबार ,कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ।’ सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्मा...