Sunday, August 16

राजनीति

नेकपा एकिकृत समाजवादीको प्रथम अधिवेसन माघ २६ र २७ गते पोखरामा हुने
राजनीति, समाचार

नेकपा एकिकृत समाजवादीको प्रथम अधिवेसन माघ २६ र २७ गते पोखरामा हुने

नेपालअखबार,पोखरा । नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीको प्रथम अधिवेसन माघ २६ र २७ गते पोखरामा हुने भएको छ । प्रदेश अधिवेसनको वारेमा जानकारी दिने उदेश्यले आज पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो पार्टिका केन्द्रिय सचिव समेत रहेका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ वरालले प्रदेश अधिवेसनको तयारी तिव्र पारिएको वताए । अधिवेसनको उद्धघाटन पोखरा सभागृहमा गरिने र अधिवेसनको उद्धघाटन पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्ने वताईयो । अधिवेसन सम्पन्न गर्न सो पार्टिका गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका केन्द्रिय सचिव श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । मुल आायेजक समितिका अलावा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको छ । उप समितिहरुमा अध्यक्ष एवं केन्द्रिय सचिव श्रीनाथ वरालको संयोजकत्वमा प्रतिवेदन लेखन उप समिति, प...
सबै मधेशी शक्तिहरुबीच सहकार्यका लागि वार्तामा तीव्रता
राजनीति, समाचार

सबै मधेशी शक्तिहरुबीच सहकार्यका लागि वार्तामा तीव्रता

नेपालअखबार,काठमाडौं । तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र पारेको छ । जप्रपाका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले बिहीबार महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतोले हालै गठन गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग वार्ता गरेको हो । अशोक राईको जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरिसकेको छ । सो वार्ता टोलीसँग जप्रपाका वार्ता टोलीले सम्वाद गरेको हो । जप्रपाका वार्ता टोली सदस्य ईश्वरदयाल मिश्रका अनुसार जसपा सहकार्य प्रस्तावप्रति सकारात्मक रहेको छ । यसैगरी, जप्रपाको वार्ता टोलीले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका ने...
पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैन : मन्त्री पाण्डे
राजनीति, समाचार

पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैन : मन्त्री पाण्डे

नेपालअखबार,काठमाडौँ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री पाण्डेले नेपालको हरेक ठाउँहरू पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताए । उनले पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने निकायहरू प्राथमिकिकरणको विषयमा अल्झिरहेकाले योजनाहरू समयमै सम्पन्न गर्न नसकिएको बताए । उनले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगै तीनै तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए । उनले देशभरका होटलहरुको स्तरअनुसारको मापदण्ड बनाउनका लागि मन्त्रालयले कार्यदल गठन गरेको समेत बताए । उनले स्तरअनुसारका होटल मादण्डअनुसार नचल्दा समस्या भएको भन्दै यस्तो निर्णय लिएको...
लेखा समितिका सभापतिको स्वकीय सचिव ठगीमा मुछिएपछि बर्खास्त
राजनीति, समाचार

लेखा समितिका सभापतिको स्वकीय सचिव ठगीमा मुछिएपछि बर्खास्त

नेपालअखबार,काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोप लागेको छ । यो विषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् । सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका छन् । उनीमाथि लागेका आरोपहरुको अनुसन्धानमा सहय...
भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने :पूर्वमन्त्री केसी
राजनीति, विचार, समाचार

भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने :पूर्वमन्त्री केसी

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार काण्डहरु छानबिन गर्नका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्ने बताएका छन् । दल विशेषका शीर्ष नेताहरुले चिनेको व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने उनको भनाइ छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका केसीले भने, ‘संसदमा उठेका, पक्ष, विपक्ष, प्रतिपक्षले उठाएका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नका लागि प्रचण्डजीले चिनेको होइन, शेरबहादुर जीले चिनेको होइन, ओली जीले चिनेको होइन, नेपाली जनताले चिनेको, निष्पक्ष ढंगको न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँच जनासम्मको शक्तिशाली समिति गठनका लागि हामी सहमतिमा पुगौं ।’ भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्र...
मुख्यमन्त्री पाण्डेले भने अर्थतन्त्र चलायमान बनाउन सहकार्य आवश्यक
अर्थ, राजनीति, समाचार, समाज

मुख्यमन्त्री पाण्डेले भने अर्थतन्त्र चलायमान बनाउन सहकार्य आवश्यक

नेपालअखबार,लेखनाथ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थतन्त्र चलायमान बनाउन नीजि क्षेत्र र सरकारको सहकार्य आवश्यक रहेको वताएका छन । लेखनाथको तालचोकमा बिहीबार देखि सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव २०८१ को उद्घघाटन गर्दै उहाँले कोभिड पछि देशको खस्कँदो अर्थतन्त्रलाई अब नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने बताएका हुन । नेपालको पर्यटन राजधानी पोखरामा गण्डकी प्रदेशमा नीजि क्षेत्र सँगको साझेदारीमा पर्यटनको क्षेत्रमा प्रदेश सरकार काम गर्न तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए । नीति नियमका कारण उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा समस्या परेको र प्रदेश सरकारबाट संशोधन गर्नु परेमा सरकारले तत्काल संवोधन गर्ने उनले बताएका थिए । समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेको भनाई थियो । पोख...
ट्रम्पलाई दोस्रो कार्यकाल अघि प्रधानन्यायाधीशको गम्भीर चेतावनी
राजनीति, विश्व, समाचार

ट्रम्पलाई दोस्रो कार्यकाल अघि प्रधानन्यायाधीशको गम्भीर चेतावनी

नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसको दोस्रो कार्यकालअघि गम्भीर चेतावनी दिएका छन्। संघीय न्यायपालिकाको गत मंगलबार सार्वजनिक वार्षिक प्रतिवेदनमा प्रधानन्यायाधीशले संयुक्त राज्य अमेरिकाले ‘न्यायिक स्वतन्त्रता’ कायम राख्नुपर्छ भन्दै संघीय न्याय प्रणालीमाथिको खतराबारे उल्लेख गरेका छन्। ‘न्यायिक कार्यको प्रकृतिमा सबैलाई खुसी बनाउने कुरा हुँदैन। अधिकांश मुद्दाहरूमा विजेता र पराजित हुन्छन्,’ रोबर्ट्सले १५ पृष्ठ लामो प्रतिवेदन लेखेका छन् । ‘विधायिकी अधिकार वा अन्य महत्वपूर्ण विषयहरूमा हरेक प्रशासनले कहिलेकाहीँ अदालत प्रणालीसँग पराजय भोगेको हुन्छ’ उनले भनेका छन्,  ‘तर, विगत केही दशकहरूदेखि, अदालतको निर्णय, लोकप्रिय होस् वा नहोस्, पालना गरिएको छ, र राष्ट्रले सन् १९५० र १९६० का दशकहरूमा देखिएका गतिरोधहरूबाट बच्न सफल भएको ...
एमाले सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमाले सचिवालय बैठक बस्दै

नेपालअखबार,काठमाडौं। नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।
एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललेओलीलाई ७४ प्रश्न
राजनीति, विचार, समाचार

एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललेओलीलाई ७४ प्रश्न

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले ओलीमाथि प्रश्नैप्रश्न तेर्स्याएका छन् । पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका हुन् । नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न उनले गरेका छन् । आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् । यस्तो छ रावलले ब...
नेपालसँगको छलफलपछि गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी
राजनीति, समाचार

नेपालसँगको छलफलपछि गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेवबिचको छलफल सकारात्मक भएको नेताहरूले दाबी गरेका छन् । नेपालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी गरे । एकताबारे केही दिनमै सञ्चारमाध्यमलाई जानकारी दिने बताए । नेपालसँग निर्णायक छलफल गर्न बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगर पुगेका गौतम निकै उत्साहित देखिएका छन् । आजको बैठकमा सङ्गठनात्मक भन्दा पनि बढी राजनीति, सैद्धान्तिक पक्षबिच छलफल भएको  छ  । ‘आजको छलफल उच्चस्तरीय सकारात्मक छ । अब केही दिनभित्र एकताको अन्तिम आकार दिइने समझदारी भएको छ । आजको बैठकमा सङ्गठनात्मकभन्दा पनि नीतिगत, राजनीतिक, सैद्धान्तिक छलफल भएको  छ  ।...