Sunday, August 16

राजनीति

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि
राजनीति, विदेश, समाचार, समाज

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि

नेपालअखबार ,काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएका सिंहको नयाँ दिल्लीको निगमघाटमा अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमिल शाह, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, नेता राहुल गान्धीलगायत पुगेका थिए । त्यसअघि सिंहको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ भने कांग्रेसले सातै दिन आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ ।...
काठमाडौंमा भुटानी राजपरिवारको टोली
राजनीति, समाचार

काठमाडौंमा भुटानी राजपरिवारको टोली

नेपालअखबार ,काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौं आएर फर्किएको तीन सातापछि उनका सासु–ससुराको टोली आएको हो । निजी भ्रमणको सिलसिलामा भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौं आएका थिए । स्वयम्भू र बौद्धनाथमा पूजा गरेर उनी सोही दिन स्वदेश फर्किएका थिए । उनी फर्किएपछि सासु–ससुरा र गृहमन्त्रीसहित १३ जनाको टोली विहीबार काठमाडौं आएको स्रोतले बतायो । ‘उहाँहरुको भ्रमण नितान्त निजी हो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘अनौपचारिक भ्रमण भएकाले यात्राको रुटमा सामान्य स्कर्टिङको व्यवस्था मिलाइएको छ ।’भुटानको टोली सोल्टी, हायत र याक एण्ड यती होटलमा बसेको छ ।...
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौँ : गृहमन्त्री लेखक
राजनीति, समाचार

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौँ : गृहमन्त्री लेखक

नेपालअखबार ,काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्ति सहज बनाइने बताएका छन्। शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले भने, ‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो। उसले नागरिकता पाउनै पर्छ। तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन। यी दुईवटा कुरामा स्पष्ट छौं।’ नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ। ‘प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति हुनुहुँदैन, र सम्मानित सर्वोच्च अदालतबाट पटकपटक फैसला भएका छन्,’  उनले भने, ‘पटक/पटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तमा देखिएका समस्या समाधान गर्न सरकारअगाडि बढेको...
महासचिव वैद्य अस्पताल भर्ना
राजनीति, समाचार, समाज

महासचिव वैद्य अस्पताल भर्ना

नेपालअखबार ,काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनले जानकारी दिए । उनकाअनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।...
भारतमा लुकेर बसेकी शेख हसिनालाई फिर्ता गर्न बंगलादेशको माग
राजनीति, विश्व, समाचार

भारतमा लुकेर बसेकी शेख हसिनालाई फिर्ता गर्न बंगलादेशको माग

नेपालअखबार,काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले भारतमा लुकेर बसेकी निर्वासित प्रधानमन्त्री शेख हसिनालाई फिर्ता गर्न माग गर्दै कुटनीतिक नोट पठाएको छ। सोमबार भारत सरकारलाई कुटनीतिक नोट पठाउँदै हसिनालाई बंगलादेश फिर्ता गर्न माग गरेको बंगलादेशको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ। हसिनाविरूद्ध बंगलादेशमा १७ भन्दा बढी कसुरमा हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ भने उनीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न बंगलादेशले इन्टरपोललाई समेत अनुरोध गरिसकेको छ। हसिनाविरूद्ध विभिन्न कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउन बंगलादेशले उनलाई फिर्ता गर्न माग गरेको हो। भारतले पनि हसिनालाई फिर्ता गर्न माग गर्दै बंगलादेशबाट कुटनीतिक नोट प्राप्त भएको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ। बंगलादेशले कुटनीतिक नोट नै पठाएपछि दुई द...
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार,काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य/प्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ । बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी क्षेत्र विकास कोष,...
एमालेले रावललाई पार्टी सदस्यबाट हटायो
राजनीति, समाचार

एमालेले रावललाई पार्टी सदस्यबाट हटायो

नेपालअखबार, काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो । ‘कमरेड भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो’ ज्ञवालीले भने, ‘त्यो सल्लाहकारको जिम्मेवारी पनि पूरा गर्नुभएन । र, अभिव्यक्तिहरू चाहिं पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।’ रावलले पछिल्लोपटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गु...
अनेरास्ववियु क्रान्तिकारीमा उमेर हदबारे पुस १३ गते निर्वाचन हुने
राजनीति, समाचार

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हदबारे पुस १३ गते निर्वाचन हुने

नेपालअखबार,काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हदबारे पुस १३ गते निर्वाचन हुने भएको छ। अनेरास्ववियुले उम्मेदवारहरूको उमेरको हद तथा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन तालिका सार्वजनिक गरेको हो। पुस १० गते सुरू हुने पहिलो चरणको निर्वाचनमा मतदाता नामावली प्रकाशन गरिनेछ भने ११ र १२ गते मतदाता नामावलीको दाबी विरोध प्रस्तुत गर्न सकिनेछ। त्यस्तै, १३ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने जनाइएको छ। भूगोल र गैरभूगोल गरी ८६ जिल्लामै मतदान केन्द्र रहने अनेरास्ववियुले जनाएको छ। यस्तै, दोस्रो चरणको निर्वाचनमा पुस १५ गते केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उम्मेदवारी मनोनय दर्ता हुनेछ भने पुस १७ गते बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ।...
चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष नेपाल
धर्म/संस्कृति, राजनीति, समाचार, समाज

चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले  इसाई धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व 'क्रिसमस डे'को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको उनले शुभकामनामा उल्लेख गरेका छन् । शुभकामना सन्देशमार्फत उनले क्रिसमस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई प्रबलीकरण गर्न सघाउ पुर्याउने विश्वास आफूले लिएको उल्लेख गरेका छन् ।...
प्रधानमन्त्री र पाकिस्तानका राजदूतबिच सार्क शिखर सम्मेलनबारे छलफल
राजनीति, समाचार

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबिच सार्क शिखर सम्मेलनबारे छलफल

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले कुनै दुई मुलुकबिचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुनेमा जोड दिँदै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने...