Monday, August 17

राजनीति

पुटिनले किमलाई उपहारमा दिए सिंह र भालुसहित ७० जीवजन्तु
राजनीति, विश्व, समाचार

पुटिनले किमलाई उपहारमा दिए सिंह र भालुसहित ७० जीवजन्तु

नेपालअखबार,काठमाडौं । रूसी राष्ट्रति भ्लादिमिर पुटिनले उत्तर कोरियालाई ७० वटा जीवजन्तु उपहार दिएका छन्। ‍ रूस मस्कोस्थित केन्द्रीय चिडियाखानामा रहेका विभिन्न ७० वटा जीवजन्तुलाई बुधबार उत्तर कोरिया पठाइएको हो। त्यसरी पठाइएको जीवजन्तुहरूमा एउटा अफ्रीकी सिंह, दुइटा भालु, याक र दर्जनौं प्रजातीका चराहरू रहेका छन्। मस्कोको चिडियाखानाबाट ती सबै उपहार एउटा कार्गो विमानमा लिएर रूसका वातावरणमन्त्री अलेक्जेन्डर कोज्लोफ बुधबार प्योङयाङ गएका थिए। प्योङयाङको एउटा सरकारी समाचार संस्थाले पनि पुटिनको उपहार प्राप्त भइसकेको उल्लेख गरेको छ।  बिबिसीका अनुसार युक्रेनविरूद्ध रूसी लडाईंमा सहभागी हुन उत्तर कोरियाले हजारौं सैनिक पठाएको खुलासा भएको केही सातामा पुटिनले किमलाई उपहार पठाएका हुन्। दुई देशबीचको सम्बन्ध सुमधुर रहेको सन्देश दिन रूस र उत्तर कोरियाले एक अर्कालाई जीवजन्तु उपहार पठाउँदै आएका छन्...
नगरप्रमुखले अख्तियारी नदिँदा बहुदरमाईमा चार महिनादेखि रोकियो कर्मचारीको तलबभत्ता
राजनीति, समाचार

नगरप्रमुखले अख्तियारी नदिँदा बहुदरमाईमा चार महिनादेखि रोकियो कर्मचारीको तलबभत्ता

नेपालअखबार,पर्सा। पर्साको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन्। चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ। स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि सो नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन। नगरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो। बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएको झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्र...
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता
राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता

नेपालअखबार,काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो । तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । यस्तै रुकुम (पूर्वी भ...
राष्ट्रपतिले लोकार्पण गरे ‘नेपालका निधि’ पुस्तक
राजनीति, समाचार

राष्ट्रपतिले लोकार्पण गरे ‘नेपालका निधि’ पुस्तक

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित तथा आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए। राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जबाफदेही र सुशासन पहिलो सर्त भएको उल्लेख गरेका छन्। ‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्यमान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिन हुँदैन। यो कुरामा ध्यान दिन सके नै लोक...
सभामुख घिमिरे कम्वोडिया जाँदै
राजनीति, समाचार

सभामुख घिमिरे कम्वोडिया जाँदै

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे मङ्सिर ७ गत कम्वोडिया जाने भएका छन् ।  ‘इन्टरनेसनल पार्लामेन्ट फर टोलोरेन्स एन्ड पिस (आइपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे कम्वोडिया जान लागेको उनको सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । ‘कम्वोडियाले आयोजना गर्न लागेको आइपीटीपी कार्यक्रम अन्तर्गत सम्माननीज्यू जान लाग्नुभएको हो‚’ अधिकारीले भने ।  अधिकारीका अनुसार सभामुख घिमिरे कार्यक्रममा सहभागी भएर मङ्सिर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । यस्तै सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले पनि घिमिरे कम्वोडिया जान लागेको पुष्टि गरे ।...
नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन
राजनीति, समाचार

नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन

नेपालअखबार, काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ । एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । सभा अघि र्‍याली हुने छ । भद्रकालीबाट सुरु हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । मंगलबार बसेको एमालेको बैठकले सभालाई ऐतिहासिक रुपमा सफल बनाउने निर्णय गरेको थियो ।...
परराष्ट्र मन्त्री आरजु राणा देउवा जापान जाँदै
राजनीति, समाचार

परराष्ट्र मन्त्री आरजु राणा देउवा जापान जाँदै

नेपालअखबार,काठमाडौं।  परराष्ट्र मन्त्री आरजु राणा देउवा जापान जाने भएकी छन्। स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जान लागेकी हुन्। स्रोतका अनुसार परराष्ट्र मन्त्री राणा म‌ंसिर १० गते जापान जानेछिन्। त्यसको भोलिपल्ट जापानको अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी छ। परराष्ट्र मन्त्री राणा जापानबाटै मंसिर १४ गते चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मंसिर १५ गते परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणमा जाँदैछन्। मंसिर १७ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीको भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी नै छ।...
भारत भ्रमण गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन
राजनीति, विश्व, समाचार

भारत भ्रमण गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन

नेपालअखबार,काठमाडौं।  रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमण गर्ने भएका छन्। भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सका अनुसार पुटिनले छिट्टै भ्रमण गर्ने भएको हो। तर मिति तय भने भइसकेको छैन। रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले टाइम्ससँगको कुराकानीमा भ्रमणबारे जानकारी गराएका हुन्। ‘भ्लादिमिर पुटिनको भारत भ्रमण गर्ने मिति छिट्टै घोषणा हुन्छ र रूसले यसको तयारी थाल्नेछ,’ उनले भनेका छन्।...
उपनिर्वाचनबारे जानकारी गराउन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर
राजनीति, समाचार, समाज

उपनिर्वाचनबारे जानकारी गराउन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनबारे प्रश्न, गुनासा र जिज्ञासा सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गर्ने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । कल सेन्टरबाट मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सम्पूर्ण विषयमा आम मतदाता एवम् सर्वसाधारणलाई जानकारी उपलब्ध हुने आयोगले जनाएको छ । आयोगले मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा निःशुल्क (टोल फ्री) नम्बर ११०२ मा कल गरेर उपनिर्वाचनका विषयमा आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न सकिने जनाएको छ ।...
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी
प्रशासन, राजनीति, समाचार

उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी

नेपालअखबार,काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी परेको छ । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो । कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । तर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मात्र दुईवटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतविरुद्ध मात्र उजुरी परेको छ । कांग्रेस उम्मेदवार खत्रीमाथि शिक्षक भएको भन्दै र माओवादी उम्मेदवार बस्नेत व्यवसायी भएको भन्दै उजुरी परेको ...