Monday, August 17

राजनीति

नेपाल र बङ्गलादेशबिच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही
राजनीति, समाचार

नेपाल र बङ्गलादेशबिच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही

नेपालअखबार,बाकु । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबिच  भेटवार्ता भएको छ । अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) स्थलमा आज उनीहरूबिच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिइन् । भेटमा मन्त्री शाहीले बङ्गलादेश र नेपालबिच जलवायु परिवर्तनको विषयमा धेरै समानता भएकाले यस विषयमा दुई देशको सहकार्यको ठूलो महत्त्व रहेको बताएका थिए ।  साथै उनले बङ्गलादेश र नेपाल बिचको ऊर्जा व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याउन, उनको महत्त्वपूर्ण भूमिका र नेतृत्वका लागि आभार व्यक्त गरे । यसैको परिणामस्वरूप, नेपालले १६ नोभेम्बर २०२४ देखि औपचारिक रूपमा ४० मेगावाट जलविद्युत् बङ्गलादेशलाई निर्यात गर्न सुरु गरेको छ । ...
प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
राजनीति, समाचार

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

नेपालअखबार, काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ। प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रिस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सिफारिस सहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गरेका हुन्। स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औजार, उपकरण लगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताए। ‘प्रदेश स्थापना भएपछि पहिलो प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा विशिष्टीकृत अस्पताल बनाउने निर्णय गरे पनि स्रोतको अभावमा उक्त काम अझैसम्म अगाडि ...
ट्रम्प राष्ट्रपति बनेपछि रूस-युक्रेन युद्ध चाँडै अन्त्य हुन्छ : जेलेन्स्की
राजनीति, विश्व, समाचार

ट्रम्प राष्ट्रपति बनेपछि रूस-युक्रेन युद्ध चाँडै अन्त्य हुन्छ : जेलेन्स्की

नेपालअखबार, काठमाडौं ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हालेपछि रूस-युक्रेन युद्ध चाँडै सकिने बताएका छन्। युक्रेनको सरकारी रेडियोसँगको कुराकानीमा जेलेन्स्कीले अब ह्वाइट हाउस नेतृत्व गर्ने टिमको नीतिले लडाइँ अन्त्य हुने बताएका हुन्। 'परिस्थिति कठिन छ। अब ह्वाइट हाउस नेतृत्व गर्ने टिमको नीतिले युक्रेनमा रूसको लडाइँ अन्त्य हुनेछ,' जेलेन्स्कीले भनेका छन्। युक्रेनमा रूसको लडाइँ अन्त्य ट्रम्पको प्रतिबद्धता समेत रहेको जेलेन्स्कीले स्मरण गराए। 'यो उनीहरुको दृष्टीकोण हो, समाजप्रति गरेको प्रतिबद्धता हो र उनीहरूका लागि यो महत्वपूर्ण पनि छ,' जेलेन्स्कीले भनेका छन्। जेलेन्स्कीले युक्रेनी भूभागमा अर्को वर्षभित्र युद्ध अन्त्य गर्नका लागि आफ्नो पक्षबाट भरमग्धुर प्रयत्न हुने बताए। ट्रम्पले जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन...
इजरायली हवाई हमलामा हिजबुल्लाहका मिडिया प्रमुख मारिए
राजनीति, विश्व, समाचार

इजरायली हवाई हमलामा हिजबुल्लाहका मिडिया प्रमुख मारिए

नेपालअखबार,बेरुत । हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफ लेबनानको बेरुत सहरमा इजरायली हवाई आक्रमणमा मारिएका छन् । हिजबुल्लाहले यसको पुष्टि गरेको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको बताए पनि मन्त्रालयले ती व्यक्तिहरू को थिए भन्ने बताएको छैन। मोहम्मद अफिफ सार्वजनिक रूपमा देखिने हिजबुल्लाहका थोरै नेता मध्ये थिए। अफिफ अन्तिम पटक गत सोमबार पत्रकार सम्मेलनमा देखिएका थिए ।इजरायली आक्रमणमा १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार लेबनानको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको छवटा स्थानमा आक्रमण गरेको बताएको छ। इजरायलले गत हप्तादेखि आफ्नो आक्रमणलाई तीव्र पारेको छ। यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाह पनि इजरायली आक्रमणमा मारिएका थिए।...
चार देशका राजदूतहरूले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए
राजनीति, समाचार

चार देशका राजदूतहरूले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए

नेपालअखबार,काठमाडौँ  । चार देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।पाकिस्तान, कतार, इजरायल र चीनका लागि अनुमोदित राजदूतहरूलाई आइतवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। शपथग्रहण गर्ने राजदूतहरूमा कतारका लागि अनुमोदित रमेशचन्द्र पौडेल, इजरायलका लागि अनुमोदित प्रा. धनप्रसाद पण्डित, चीनका लागि अनुमोदित प्रा.डा.कृष्णप्रसाद ओली र पाकिस्तानका लागि अनुमोदित रीता धिताल छन्।...
उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी दर्ता
राजनीति, समाचार

उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आइतबार राति विज्ञप्ति जारी गर्दै मनोनयन दर्ता गराउने उम्मेदवारबारे जानकारी गराएको हो ।
इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा बम हमला
राजनीति, विश्व, समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा बम हमला

नेपालअखबार,तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घरमा बम आक्रमण भएको छ । उत्तरी इजरायलको कैसरिया सहरमा रहेको नेतन्याहुको घरलाई निशाना बनाएर दुई वटा फ्याश बम प्रहार गरिएको थियो । बगैँचामा गएर खसेको बताइएको छ । प्रहरीले शनिवार यसको जानकारी दिएको थियो । आक्रमणको समयमा घरमा नेतन्याहु र उनको परिवारको सदस्य कोही पनि नभएकोले कसैलाई पनि क्षति भएको खबर नआएको प्रहरीले एक विज्ञप्तिमा भनेको छ । यस घटनापछि रिसाएका इजरायली रक्षा मन्त्री इजरायल काट्जले सबै रातो घेरा पार गरेको भन्दै माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरेका छन् । सुरक्षा र अन्य न्यायिक निकायहरूलाई आवश्यक कदम उठाउन काट्जले भनेका छन् । एक्समा एउटा पोस्टमा इजरायली राष्ट्रपति इसहाक हर्जोगले पनि यो घटनाको निन्दा गर्दै यसबारे छानबिन भइरहेको बताएका छन् । अक्टोबरमा पनि नेतन्याहुको घरलाई निशाना बनाएर ड्रोन हमला गरिएको ...
सोभियत क्रान्तिले सम्पूर्ण श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गरेको हो : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

सोभियत क्रान्तिले सम्पूर्ण श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गरेको हो : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्वभरिका सम्पूर्ण मजदुर, किसानलगायत श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गर्न सोभियत क्रान्तिले दिशानिर्देश गरेको बताएका छन् । पार्टीको विदेश विभागले एक सय सातौँ अक्टोबर क्रान्ति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विचारगोष्ठीमा अध्यक्ष नेपालले शोषणरहित वैज्ञानिक समाजवादको निर्माण गरेर उक्त क्रान्तिले एउटा सभ्य, सुसंस्कृत, समुन्नत मानवीय समाजको निर्माण गर्न सन्देश दिएको बताए । गम्भीर सैद्धान्तिक विचलन तथा आन्तरिक र बाह्य षड्यन्त्रका कारणले सात दशकसम्म चलेको सोभियत सङ्घ अन्ततः विघटनको संघारमा पुगेको उनको भनाइ थियो । सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोभियत समाजवादले तीन सय वर्षको राजसंस्थाको अन्त गरी श्रमजीवी पक्षधरको सत्ता स्थापित गरेको र त्यसले मानव समाजको गन्तव्यलाई ...
नाउपाले १७ ठाउँका लागि उम्‍मेदवार टुंग्यायो
राजनीति, समाचार

नाउपाले १७ ठाउँका लागि उम्‍मेदवार टुंग्यायो

नेपालअखबार,काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले १७ वटा स्थानमा उम्‍मेदवार टुंगो लगाएको छ । नाउपाले सुदुरपश्चिम बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी,कञ्चनपुर भिमदत्त नगरपालिका-६ मा वडाध्यक्ष हरिश चौधरीलाई उम्‍मेदवार बनाएको छ । यसैगरी लुम्बिनी प्रदेशको कपिलवस्तुको सुद्धोधन गाउँपालिका-१ मा वडाध्यक्षको लागि सुर्यकुमार चौधरी थारु, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड-४ को वडाध्यक्षका लागि प्रितिलाल थारुको नाम टुंगो लगाएको छ भने गण्डकी प्रदेशको गोरखामा गोरखा नगरपालिका-५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, बाग्मती प्रदेशको नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्षका लागि अमृत तामाङलाई उम्‍मेदवार बनाएको छ । यस्तै मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ मा अध्यक्षका लागि शिवकुमार राम र ...
पार्टीको दसौँ महाधिवेशनपछि पार्टीको गति बढेको छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

पार्टीको दसौँ महाधिवेशनपछि पार्टीको गति बढेको छ: अध्यक्ष नेपाल

नेपालअखबार.काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दसौँ महाधिवेशनपछि पार्टीको गति बढेको बताउनु भएको छ। बिहीबार काठमाडौँमा नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले प्रकाशित गरेको नेपाल संवत ११४५ को क्यालेन्डर विमोचन कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक पार्टीहरूले जनतामा आशा जगाउनुपर्ने भन्दै त्यो काम आफ्नो पार्टीले गरिरहेको दाबी गर्नुभयो। अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशनपछि कोशी प्रदेशले उदयपुरमा, रौतहतमा, धनुसामा वृहत कार्यक्रम गरेको स्मरण गर्दै पार्टीको गती थप बढेको बताउनुभयो। उहाँले अगाडि भन्नुभयो, ‘निराशाका कुरा गर्ने होइन, हाम्रो पार्टीको गति बढेको छ। कोशी, मधेशको रौतहट, धनुसामा हजारौंको संख्यामा पार्टी प्रवेश गराएर कार्यक्रम सम्पन्न भएका छन्। हालै कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ। जो सानदार रुपमा सम्पन्न भएको छ। यसरी हेर्दा पा...