Tuesday, August 18

राजनीति

राउत प्रधानन्यायाधीश नियुक्त
राजनीति, समाचार

राउत प्रधानन्यायाधीश नियुक्त

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । राष्ट्रपति कार्यालयले उनको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ ।...
विपद् प्रभावितहरूको नाम पहिचान गरेको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने:गृहमन्त्री लेखक
राजनीति, समाचार

विपद् प्रभावितहरूको नाम पहिचान गरेको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने:गृहमन्त्री लेखक

नेपालअखबार, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम उपलब्ध गराउने बताएका हुन्। उनले त्यसका लागि स्थानीय तहले यथाशीघ्र लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताए। उनले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएको बताए। उनले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरी सम्बन्धित जिल्लामा पठाइसकेको बताए। यथाशीघ्र घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको खुलासा गरे। उनले घाइतेको निःशुल्क उपचार गर्ने बताए। उनले पूर्णरूपले क्षतिग्रस्त घरका लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्ने बताए। मन्त्री लेखकले भने‚ ‘हामी अहिले ...
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले साना व्यापारीहरुको गुनासो सुन्दै
राजनीति, समाचार, समाज

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले साना व्यापारीहरुको गुनासो सुन्दै

नेपालअखबार ,काठमाडौं।  जनमत पार्टीका उपाध्यक्ष, पूर्वमन्त्री एवम् उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले साना तथा खुद्रा व्यापारीहरूको वास्तविक अवस्था साथै उहाँहरूको दैनिकी र व्यापार व्यवसायको अवस्था बुझ्ने कार्यमा तीव्रता दिनु भएको छ । अहिले प्राय व्यापारीहरूले आफ्नो व्यापार नभएको सामान्य रुपमा पनि परिवार चलाउन गाह्रो भएको गुनासो सुनाउँदै आएको सभापति खानले बताउनु भयो । तर आफ्नै हातमा सीप र मेहनत गर्ने व्यक्तिका लागि सानो होस् या ठूलो व्यापारमा कहिले घाटा नहुने सभापति खानले बताउनु हुन्छ । सभापति खानले  विभिन्न क्षेत्रका गुनासो सुन्ने क्रममा काठमाडौँको मिन भवन अवस्थित भट्टराई परेठा पसलमा पुग्नुभएको थियो । भट्टराई परेठा पसलका सञ्चालक सीता पौडेलसँग उहाँले कुराकानी गर्नुभयो । सञ्चालक पौडेलले करिब आठ वर्षदेखि आफ्नो सानो व्यवसाय सञ्चालन गर्दै आएको बताउनुभएको छ । पौ...
जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ
राजनीति, समाचार, समाज

जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ

नेपालअखबार, ,नवलपुर । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पुर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताएकी हुन् । शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ । यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई थप अघि बढाउन टेवा पुग्ने छ ।’ कावासोती क्षेत्रका जनताले विगतमा भोग्नुपरेको खानेपानीको समस्या स्मरण गर्दै मन्त्री श्रेष्ठले संस्थाकै अग्रसरताको परिणाम स्वरुप अहिले सहज स्थिती आएको बताइन् । कावासोती खानेपानी संस्थाले स्थापनाकालदेखि नै आफुलाई अब्बल सावित गर्दै आइर...
मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन कांग्रेसको आग्रह
राजनीति, समाचार

मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन कांग्रेसको आग्रह

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन आग्रह गरेको छ । बुधबार उक्त विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गुरू बरालले विज्ञप्ति जारी गर्दै जनतामा पीडामा भएको बेला सेवाप्रदायक निकायले थप सरल सेवा प्रवाह गर्नुपर्नेमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाएका हुन् । 'देशमा आएको बाढी पहिरोले नेपाली जनता अत्यन्त पीडामा छन् । यस्तो विषम परिस्थितिमा जनजीवन सहज बनाउनु र जनतालाई राहत दिनको सट्टा निजी क्षेत्रको बायु सेवा कम्पनीहरुले साबिकको मूल्य भन्दा दोब्बर- तेब्बर भाडा लिएर दुःख दिने काम भएकोमा विभागको ध्यानाकर्षण भएको छ,' बरालले विज्ञप्तिमार्फत भनेका छन्, 'नागरिकको जीवन सहज बनाउन र सुशासनको अनुभूति गराउने काम सरकारको हो । यस्तो अवस्थामा सरकारी निकायहरू थप जिम्मेवाररुपमा प्रस्तुत...
काठमाडौँमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : मन्त्री यादव
राजनीति, समाचार

काठमाडौँमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : मन्त्री यादव

नेपालअखबार,काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौँमा पथान्तरण हुने बताएका छन् । जल तथा मौसम विज्ञान विभागले अबको दुई/तीन दिन अति वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताएका हुन् । उनले २०७६ सालको बाढी, पहिरोले गर्दा मेलम्चीमा ठुलो क्षति भएको र त्यसबाट स्थानीयहरू त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौँका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिए । उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गरे । उनले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरू डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताए । मन्त्री यादवले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरूले पनि पानी पथ...
नेकपा एकीकृत समाजवादीका सांसदहरुले १५ दिनको तलब बाढी पहिरो पीतिहरुलाई दिने
राजनीति, समाचार

नेकपा एकीकृत समाजवादीका सांसदहरुले १५ दिनको तलब बाढी पहिरो पीतिहरुलाई दिने

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरुले १५ दिनको तलब बाढी पहिरो पीतिहरुलाई दिने भएका छन् । प्रमुख सचेतक मेटमणि चौधरीले संसद् सचिवालयलाई आफ्ना सांसदहरुको १५ दिनको तलब उद्धार कोषमा राखिदिन पत्राचार गरेका छन् ।‘हाम्रो पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सांसदहरुको पार्टी लेवी र करकट्टी रकम कट्टा गरी बाँकी हुन आउने १५ दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने व्यवस्था गरिदिनु हुन अनुरोध छ’, चौधरीले पत्र लेखेका छन् ।...
कांग्रेसको किसान विभागमा १० सदस्य मनोनयन
राजनीति, समाचार

कांग्रेसको किसान विभागमा १० सदस्य मनोनयन

नेपालअखबार,काठमाडौँ । सत्तासझेदार दल नेपाली कांग्रेसको कृषि तथा किसान विभागमा १० जना नयाँ सदस्य मनोनयन गरेका छन् । पार्टी कार्यवाहक मुख्य सचिव प्रदिप पराजुलीले विज्ञप्ति जारी गर्दै बुधबार नयाँ सदस्य थप गरिएको जानकारी दिए । यी हुन् थपिएका सदस्यहरु १. कैलाश राई, खोटाङ २. लालबाबु यादव, धनुष ३. मिरा स्याङ्ताङ, मकवानपुर ४. हरिप्रसाद शर्मा लामिछाने, कास्की ५. हिरा केसी, रूपन्देही ६. खड्कबहादुर डाँगी, रूकुम (पश्चिम) ७. रमेशबहादुर रावल, डडेल्धुरा ८. रामबहादुर लामा, चितवन ९. रन्जित रसाइली, भोजपुर १०.ओमप्रकाश लिम्बु, ताप्लेजुङ...
राष्ट्रपति पौडेलले दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब दिने
राजनीति, समाचार

राष्ट्रपति पौडेलले दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब दिने

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने भएका छन् । राष्ट्रपति पौडेलले एक महिनाको तलब सुविधा प्रदान गर्ने उनको निजी सचिवालयले जनाएको छ ।यसैगरी उनका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलव सुविधा प्रदान गर्ने सचिवालयले जनाएको छ ।...
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
राजनीति, समाचार

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

नेपालअखबार,काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो ।सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।