Wednesday, August 19

राजनीति

हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु
राजनीति, विश्व, समाचार

हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु

नेपालअखबार,काठमाडौँ ।गजापट्टिमा इसराइल डिफेन्स फोर्सले हमासका प्रमुख याह्या सिन्वरको हत्या गरेको इसराइलले दाबी गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार इसराइली विदेश मन्त्रीले सिन्वरको हत्या भएको पुष्टि गरेका हुन्। बिहीबार इसराइलको परराष्ट्र मन्त्रालयले एक्स (ट्विटर) मा पोस्ट गर्दै इसराइल डिफेन्स फोर्सले अपरेसनका क्रममा गजापट्टिमा तीनजना आतंककारी मारिएको र तीमध्ये एक हमास प्रमुख सिन्वर हुन सक्ने सम्भावना रहेको बताएको थियो। यसपछि सिन्वरको भनिएको शवको डिएनए परीक्षण गरिएको थियो। परीक्षणको प्रारम्भिक नतिजामा उक्त शव सिन्वरकै भएको पाइएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ। इसराइलका दुई सञ्चारमाध्यम केएएन र एन१२ ले यसअघि नै दुई इसराइली अधिकारीहरूलाई उद्धृत गर्दै सिन्वरको मृत्यु भएको उल्लेख गरेका थिए। सिन्वरको मृत्यु उनैलाई निशाना बनाएर गरिएको कुनै...
लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले प्रदर्शन
राजनीति, समाचार

लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले प्रदर्शन

नेपालअखबार,काठमाडौं । लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले आक्रमणको विरोधमा प्रदर्शन गरेका हुन् । यसअघि, नेकपा माओवादी केन्द्र, नेकपा मसाल, नेकपा समाजवादी लगायतका राजनीतिक दलका नेता र नागरिक समाज, अगुवाहरूले इजरायलले प्यालेस्टाइन र लेबनानका नागरिकहरूमाथि गरिरहेको आक्रमणको विरोध गरेका थिए । उनीहरूले बुधबार संयुक्त वक्तव्य निकालेर लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमण रोक्ने कार्यमा पहल लिन अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेका थिए ।...
स्थानीय तह उपनिर्वाचनका लागि तोकियो अधिकृत कार्यालय रहने स्थान
प्रशासन, राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचनका लागि तोकियो अधिकृत कार्यालय रहने स्थान

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन, २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद सापकोटाले बिहीबार एक विज्ञप्‍ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको जानकारी दिए। उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अधयक्ष/उपाध्यक्षको निर्वाचनका लागि स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ। त्यस्तै वडाध्यक्षको निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा कार्यालय रहने आयोगले जनाएको छ। मंसिर १६ गते ३९ स्थानमा उपनिर्वाचन हुँदैछ।...
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध पक्राउ पुर्जी जारी
राजनीति, विश्व

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध पक्राउ पुर्जी जारी

नेपालअखबार, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बिबिसी हिन्दीका अनुसार बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। ‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ ग‍र्न र उनलाई नोभेम्बर १८ सम्म अदालतमा जारी हुन आदेश जारी गरेको छ,’ अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) का मुख्य अभियोजक मोहम्मद तजुल इस्लामले भने। पूर्वप्रधानमन्त्री हसिना गत अगष्टमा निर्वासनमा गएकी थिइन्। युवाहरूको प्रदर्शन उग्र बन्दै गएपछि उनी देश छाडेर भारतको शरणमा पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्। १५ वर्षसम्म सत्तामा रहेकी उनीविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको हो। प्रदर्शनको क्रममा मानव उल्लंघन, ठूलो समूहलाई पक्राउ र उनका राजनीतिक प्रतिस्पर्धीको गैरन्यायिक हत्या समेत ग...
निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ?
राजनीति, विचार, साहित्य \कला, हाइलाइट-समाचार

निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ?

जैनव खातुन । निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ? काहीँ नभएको जात्रा हाँडेगाउँमा भने जस्तै आफैले आफ्नै नेतृत्व र क्षमतामा प्रश्न उठाउने खेल खेल्दैछन् । राजनैतिक रुपमा सक्रिय भएका केहि राजनीतिक खेलाडीहरूले स्वयम् आफ्नै जात्रा देखाउन छन् । देशभरिबाट चुनिएर प्रतिनिधिहरु राष्ट्रिय महाधिवेशनमा महाधिवेशनका प्रतिनिधिको रुपमा भेला भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०८१ साल असार १६ देखि २० गतेसम्म काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको थियो । दक्षिणपन्थी यथास्थितिवादीको विरोध गरौं। समाजवादको दिशामा अघि बढौँ महाधिवेशनको मूल नारा रहेको थियो। देशभरिबाट प्रतिनिधिहरु आएका थिए । उहाँहरुले प्रदेश, जनसंगठन संगठन र अयोगहरुको प्रतिवेदन पेश गर्ने क्रममा प्रतिनिधिहरुले अहिले सबै प्रतिनिधिहरुका सजाव एउटै रहेको थियो । अध्यक्ष , महासचिव र व...
पाकिस्तान किन जाँदैछन् भारतीय विदेशमन्त्री ?
राजनीति, विदेश, समाचार

पाकिस्तान किन जाँदैछन् भारतीय विदेशमन्त्री ?

नेपालअखबार, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर मगलबार पाकिस्तान जाँदैछन् । भारतीय विदेशमन्त्रीको पाकिस्तान भ्रमण १० वर्षपछि हुन लागेको हो । त्यसैले पाकिस्तानमा जयशंकरको भ्रमणको निकै चर्चा छ । यद्यपि भारतीय विदेशमन्त्री जयशंकर द्वीपक्षीय भ्रमणमा जान लागेका होइनन् । उनी शंघाई कोअपरेशन अर्गनाइजेसन (एससीओ)को बैठकमा भाग लिन जान लागेका हुन् । एससीओको बैठक पाकिस्तानको राजधानी इस्लामाबादमा १५ र १६ अक्टोबरमा हुने तय भएको छ । भारत एससीओको सदस्य हो र यो बैठकमा विदेशमन्त्री जयशंकरले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । पाकिस्तानले बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै आमन्त्रण गरेको थियो । तर भारतको सहभागितामै संशय थियो । सहभागी भइहाले पनि भारतले जुनियर मन्त्री वा ब्यूरोक्र्याटलाई पठाउन सक्ने अनुमान थियो । तर विदेशमन्त्री नै जाने भए । तर यो भ्रमणमा भारत र...
लेबनानमा शान्तिसेनामाथि इजरायलको आक्रमणविरुद्ध बोल्यो ईयू
राजनीति, विश्व, समाचार

लेबनानमा शान्तिसेनामाथि इजरायलको आक्रमणविरुद्ध बोल्यो ईयू

नेपालअखबार,लक्जेमबर्ग । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् । ‘इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनीफील) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्’, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने, ‘संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।’ हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् । इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनीफीलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ । ‘धेरै ...
आफ्नो मेडिकल रेकर्ड जारी गरेर ह्यारिसले दिइन् ट्रम्पलाई चुनौती
राजनीति, विश्व, समाचार

आफ्नो मेडिकल रेकर्ड जारी गरेर ह्यारिसले दिइन् ट्रम्पलाई चुनौती

नेपालअखबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । अभिलेख अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्णरुपमा फिट छिन् । कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गरेपछि, डेमोक्र्याटिक पार्टीले डोनाल्ड ट्रम्पको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरिन्। उनले ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा नपरोस् भन्ने नचाहेको आरोप लगाइन् । यता ट्रम्पको मेडिकल रेकर्ड खुलासा नगरी, उनको टोलीले डाक्टरलाई उद्धृत...
मुम्बईमा एनसीपी नेताको गोली हानी हत्या
राजनीति, विदेश, समाचार

मुम्बईमा एनसीपी नेताको गोली हानी हत्या

नेपालअखबार, मुम्बई । भारतमा एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूसँग सोधपुछ भइरहेको छ । यस वर्ष फेब्रुअरीमा बाबा सिद्दीकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल भए। उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए । घटनाको जानकारी दिँदै सीएम एकनाथ शिन्देले भने, ‘बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उहाँको मृत्यु भएको छ । यो दुखद घटना हो । दुई अभियुक्त पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो अभियुक्त पनि छिट्टै पक्रा...
राष्ट्रपति बने भने बलात्कारी आप्रवासीलाई मृत्युदण्डको सजाय दिन्छु : ट्रम्प
राजनीति, विश्व, समाचार

राष्ट्रपति बने भने बलात्कारी आप्रवासीलाई मृत्युदण्डको सजाय दिन्छु : ट्रम्प

नेपालअखबार,वासिङ्टन । आफू दोहोर्‍याएर राष्ट्रपति बने भने अमेरिकीहरूको बलात्कार र हत्या गर्ने आप्रवासीलाई मृत्युदण्डको सजाय दिने डोनाल्ड ट्रम्पले बताएका छन् । शुक्रबार अमेरिकाको कोलोराडोमा एउटा चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले यस्तो बताएका हुन् । ल्याटिन अमेरिकी आप्रवासीहरूले कोलोराडोमा आतङ्क फैलाइरहेको भन्दै त्यस्ता आप्रवासीहरूलाई ट्रम्पले राक्षस र जनावर समेत भन्न भ्याए । आज विश्वले अमेरिकालाई आपराधिक बलले कब्जा गरिसकेको देशको रूपमा चिन्ने पनि उनले बताए । ट्रम्पले वर्तमान उपराष्ट्रपति तथा नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समेत अपराधी भने । ह्यारिस राष्ट्रपति बनिन् भने देश ध्वस्त हुने उनले बताए । कोलोराडोमा भेनेजुएलाबाट आएका ट्रम्पले मानिसहरूलाई प्रहरीमाथि गोली चलाउने अनुमति दिइएको दाबी पनि उनले गरे । न्युयोर...