Tuesday, July 7

राजनीति

नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा स्थायी कमिटी बैठक २६ गते बस्ने

नेपाल अखबार, काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए । स्थायी कमिटीको पूर्वनिर्धारित बैठक १३ साउनमा स्थगित भएको थियो ।...
विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा
राजनीति, विश्व, समाचार

विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेका थिए । समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व सैनिकहरुले ट्रम्पको आलोचना गरेका छन् । प्रगतिशील समूह वोटवेट्सले एक भिडियो पोस्ट गरेको छ, जसमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया छ । एक जनाले ट्रम्पलाई भनेका छन्, ‘तपाईंलाई के थाहा बलिदान के हुन्छ भन्ने कुरा ?’ यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर खण्डन गर्दै आएका छन् । तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्...
कसरी बच्यो पुटिनका कट्टर विरोधीको ज्यान ?
राजनीति, विश्व, समाचार

कसरी बच्यो पुटिनका कट्टर विरोधीको ज्यान ?

नेपाल अखबार, एजेन्सि। रुसका विपक्षी नेता एक्लेक्सी नवेलनीलाई अहिले जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले उनी कोमामा छन् र उनका डाक्टरले उनलाई ‘नोविचोक नर्भ एजेन्ट’ नामक विष दिइएको बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका मुख्य आलोचकको रुपमा रहेको ४४ वर्षीय नवेलनीको स्वास्थ्य अवस्था गत महिना साइबेरियाबाट मस्को आउँदा बिग्रिएको थियो । स्वास्थ्यमा समस्या देखिएसँगै विमानको बाटो परिवर्तन गरेर रुसको ओम्स्क सहरमा आपतकालीन अवतरण गराइएको गियो । त्यसपछि उनलाई उपचारका लागि जर्मनी लगिएको थियो । अहिले त्यहाँ उनको उपचार भइरहेको छ । वास्तवमा त्यो दिन के भएको थियो त ? यस विषयमा बीबीसीले उक्त विमानमा रहेका चालक दलका सदस्य र मेडिकल टोलीसँग अन्तर्वार्ता गरेर दुई घण्टामा कसरी नाटकीय रुपमा अवस्था परिवर्तन भयो भन्ने कुराको जानकारी लिने प्रयास गरेको छ । त्यस दिन बिहान के भयो ? घटना अगष्ट २० को हो । ...
प्रधानमन्त्री ओलीलाई तोकियो अर्थ र सञ्चार मन्त्रालयको जिम्मा
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्री ओलीलाई तोकियो अर्थ र सञ्चार मन्त्रालयको जिम्मा

नेपाल अखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मनत्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले सम्हाल्नेगरी जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी  खतिवडाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको जनाएको छ । संवैधानिक व्यवस्थाका कारण खतिवडाले पदबाट आज राजीनामा दिएका थिए । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि ६ महिना उनी संवैधानिक व्यवस्था अनुसार मन्त्री पदमा आसीन...
मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने

नेपाल अखबार, काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले  गौतमलाई  सिफारिस  गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।...
बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

नेपाल अखबार, काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो । प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए । गत फागुन १४ गतेको ...
नेकपा सचिवालय बैठक दिउसो बस्ने
राजनीति, समाचार

नेकपा सचिवालय बैठक दिउसो बस्ने

नेपाल अखबार, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न बिहीबार दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ । यसअघि यही भदौ १३ गतेका लागि निर्धारित सचिवालयको बैठक बिहीबार बिहान ११ बजेका लागि राखिएकामा दिउँसो ३ बजेका लागि तय गरिएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बिहीबारको बैठकका राष्ट्रियसभामा रिक्त मनोनित कोटामा सदस्य सिफारिशबारे पनि छलफल हुने जनाइएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्र...
अनेरास्ववियूको माग शैक्षिकसत्र खेर जान नदेऊ
राजनीति, शिक्षा, समाचार

अनेरास्ववियूको माग शैक्षिकसत्र खेर जान नदेऊ

नेपाल अखबार,  काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले एसईई ग्रेडिङ मापदण्ड स्थगित गर्नुपर्ने लगायतका २१ सूत्रीय मागसहितको ज्ञापनपत्र आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बुझाएको छ । इमेलमार्फत् बुझाइएको ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ । कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए । ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हालतमा खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाइ सहजीकरण निर्देशिका ०७७ को समीक्षा तथा अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन माग गरेको छ । त्यसैगरी कक्षा ११ मा भर्ना हुनका लागि यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापद...
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

नेपाल अखबार, काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको बताए । यस्तै बैठकले बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक  क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ भने इ–बिजनेश सम्ब्न्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ । यसैगरी सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ भने १२ महासेनानीको सरुवा पनि गरिएको छ । बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय पन...
भारतीय काँग्रेसको अध्यक्ष पद, सोनियाकै निरन्तरता
राजनीति, विदेश, समाचार

भारतीय काँग्रेसको अध्यक्ष पद, सोनियाकै निरन्तरता

नेपाल अखबार, एजेन्सि। अन्ततः भारतीय काँग्रेसका अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई नै निरन्तरता दिइने भएको छ । गान्धी परिवारभन्दा बाहिरको व्यक्ति अध्यक्ष हुनुपर्ने कुरा पार्टीमा उठ्न थालेपछि सोनियाले आफू अध्यक्ष पदमा नबस्ने घोषणा गरेकी थिइन् । त्यसपछि पार्टीमा नेतृत्वको संकट उत्पन्न भएपछि त्यसको समाधानका लागि आज बसेको कार्यकारी समितिको बैठकले सोनियाँ गान्धीलाई नै अध्यक्ष रहने निर्णय गरेको छ । पार्टी कार्याकारी समिति बैठकले एक वर्षका लागि सोनियालाई नै अन्तरिम अध्यक्षमा रहन निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोनियाँले त्यतिबेला अध्यक्षमा नबस्ने निर्णय लिइन्, जुनबेला सोही पार्टीका २३ जना वरिष्ठ नेताहरुले अध्यक्ष परिवर्तन गर्नुपर्ने माग सहितको पत्र पार्टीमा दर्ता गराएका थिए । उनीहरुले गान्धी परिवारभन्दा बाहिरका व्यक्ति पार्टीको अध्यक्ष हुनुपर्ने मागसहित सात पृष्ठको पत्र पार्टीमा...