कम्युनिष्ट सरकार नाता र दातामा फस्यो
मोहसिन अलि मियाँगोरखा । कम्युनिष्ट सरकार नाता र दाताको भुमरीमा फसेको नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन गोरखाले सोमबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सरकार नातावाद र दातावादमा फसेको बताए । ‘दुईतिहाई सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए’ पूर्व साँसद समेत रहेका खतिवडाले भने ‘तर अपेक्षा ठिक उल्टो भइदियो, अहिले सरकार नाता र दाता हेरे अघि बढेको छ ।’ सभामुखको चुन्नका लागि नेकपालाई धौ–धौ भएको बताउदै उनले संसदीय ब्यवस्था समेत असफल बनाउन सरकार स्वयम लागिपरेको बताए ।
‘कसका मान्छेलाई सभामुख बनाउने भन्ने किचलोले ४ महिना बित्यो, आफ्नै आन्तरिक किचलोमा सरकार डुब्यो’ उनले भने ‘संसदीय ब्यवस्थाको अपमान सरकार आफैले गर्दैछ ।’
प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटारबाट शिंहदरबार जान नसक्ने अवस्था सृजना भएको बताउदै खति...
