हाम्रो पार्टीलाई आफ्नै खुट्टामा उभ्याउन तयार छौं :अध्यक्ष नेपाल
नेपालअखबार,पोखरा । नेकपा एकीकृत समाजादीका अध्यक्ष माधव नेपालले एमालेले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी निर्माण गरेको औचित्य पुष्टि भएन भन्ने आवाज आफूले सुनेको भन्दै उनले एमालेले गरिरहेको गतिविधिबाट विद्रोहको औचित्य पुष्टि भएको बताएका हुन्। भीम रावललाई कारबाही गरेर निकालेपछि आफूहरूले गरेको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन्।
‘विद्रोहको औचित्य पुष्टि गर्न सकेन भन्ने सुनेको छु। भीम रावललाई कारबाही गरेर निकालेपछि पनि पुष्टि भएन? वामदेव गौतम एकता गर्छु भनेर हामीकहाँ आउँछु भनेर ठिक्क परेको मान्छेलाई अल्मल्याएर एकता कहाँ सम्भव छ भनेर बेइज्जत गरेपछि पनि चित्त बुझेन,’ उनले भने, ‘हुँदाहुँदा पार्टीमा केही कुरा उठायो भनेर कारबाही गरेर बिजोग बनाएर पनि चित्त बुझेन।’
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाम सुन्दा पनि वाकवाकी लाग्ने र आफूलाई आउट भनेको पनि उनले सुनाए।...










