पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ
नेपालअखबार,नयाँ दिल्ली । पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पञ्जाब प्रहरीले युट्युबर जसवीर सिंहलाई पक्राउ गरेको छ ।
उनलाई बिहीबार मोहाली अदालतमा पेस गरिएको थियो ।
पञ्जाबका प्रहरी महानिर्देशक गौरव यादवले रुपनगर जिल्लाको महालन गाउँका बासिन्दा जसवीरले 'जान महल' नामक युट्युब च्यानल चलाएका बताइएको छ । अनुसन्धानका क्रममा उनको सम्बन्ध पाकिस्तानी गुप्तचर अपरेटिभ (पीआईओ) शाकिर उर्फ जट्ट रन्धावासँग रहेको पत्ता लागेको प्रहरीको दाबी छ ।
आरोपी युट्युबर ज्योति मल्होत्रा र पाकिस्तानी नागरिक तथा पाकिस्तानी उच्चायोगका निष्काशित अधिकारी एहसान–उर–रहीम उर्फ दानिशसँग सम्पर्कमा रहेको गौरव यादवले भनेका छन् । दानिशको निमन्त्रणामा जसवीर दिल्लीमा पाकिस्तान राष्ट्रिय दिवस कार्यक्रममा पनि सहभागी भएका थिए । जसवीरले पाकिस्तानी सेनाका अधिकारीहरू र भ्लगरहरूलाई भेटेको भनिएको छ ।
ज्योति मल्होत्...










