पाकिस्तानः सन्तानसहित बाटोमा फसेकी महिलामाथि सामूहिक बलात्कार, १२ जना पक्राउ
नेपाल अखबार, एजेन्सि। पाकिस्तानमा आफ्नो बालबच्चासहित अबेर राती बाटोमा फसेकी एक महिलामाथि केही लुटेराले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले यो मामिलामा १२ जनालाई हिरासतमा लिएको छ ।
सोमबार–मंगलबार राती भएको यो घटनाको विषयमा बुधबार पाकिस्तानी मिडिया र सोसल मिडियामा महिलामाथि हुने यौन अपराधको विषयमा भारी आक्रोश देखियो र प्रहरीको निकै आलोचना पनि भयो ।
घटनाको भोलिपल्टै पंजाब प्रान्तका प्रहरी प्रमुख बनेका आइजी ईनाम गनीले अनुसन्धानपश्चात् अहिलेसम्म १२ जनालाई पक्राउ गरेको जानकारी दिएका छन् ।
उनले बीबीसीसँगको कुराकानीमा २० समूहले यो घटनाको अनुसन्धान गरिरहेको र उनले जियोफेन्सिङको प्रयोग गरेर संदिग्ध अपराधी बस्ने गाउँको पहिचान गरेको बताए ।
प्रहरी स्रोतका अनुसार अपराधीले कारको सिसा फुटाएका थिए, उनीहरुको केही छिटा कारको ढोकामा पनि लागेको थियो जसको सहारामा संदिग्धको डिएनए परीक्षण गरिँदै छ ।
मद्दतको प्र...
