टिकटकमा बेली डान्स पोस्ट गर्दा ३ वर्षको जेल, २२ लाख जरिवाना
नेपाल अखबार, एजेन्सि। इजिप्टकी एक हाई प्रोफाइल बेली डान्सर सामा एल–मैसीलाई सोसल मिडियामा अनैतिक र उत्तेजित भिडियो पोस्ट गरेको भन्दै जेल सजाय तोकिएको छ । काहिरलाई अदालतले उनीमाथि मानिसहरुलाई दुर्व्यवहार र अनैतिकताका लागि उक्साएको आरोपमा तीन वर्षको जेल सजाय र १८ हजार ६ सय डलर (२२ लाख रुपैयाँ) जरिवाना तोकेको छ ।
अल–मैसीलाई अप्रिलमा सोसल मिडियामा भिडियो र तस्बिरको अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । उनले आफ्नो भिडियो लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा सेयर गरेकी थिइन् जसमा उनीमाथि सार्वजनिक रुपमा मानिसहरुलाई उत्तेजना बढाएको आरोप लगाइएको थियो ।
यस्तै ४२ वर्षे बेली डान्सरले यी आरोप अस्विकार गर्दै आफूलाई निर्दोष बताइन् । उनले उक्त भिडियो आफ्नो फोनबाट चोरिएको र उनको सहमति बिना नै साझा गरिएको बताइन् ।
काहिरालाई अदालतले शनिबार निर्णय सुनाउँदै उनले ‘अनैतिकता’ फैलाउने उद्देश्यले सोसल मिडियाम...
