गोरखा नगर र रश्मोर काउन्सिलबीच भगिनी सम्बन्ध, राजदुतावासमा विशेष कार्यक्रम (भिडिओ सहित)
गाेरखा । बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ ।
बेलायतस्थित नेपाली दूतावासको पहल र स्थानीय काउन्सिलसंगको सहकार्यमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र रश्मोर काउन्सिलका मेयर सु कार्टरले गत बिहीबार रश्मोर काउन्सिल भवनमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
उक्त सम्झौतापत्रमा सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको छ ।
यसैगरि दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत सहयोग गर्दै अघि बढ्ने उल्लेख गरिएको छ ।
मेयर पन्तका साथमा नेपालबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा भगिन...
