Saturday, June 27

विश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
विश्व, समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। समाचार पत्र द डनका अनुसार पञ्जाब प्रान्तमा बिहीबार भएको र्‍यालीका क्रममा अज्ञात बन्दुकधारीले गोली चलाएका हुन्। वाजिरावादको हो चौकमा खान चढेको कन्टेनरमा गोली हानेका हुन्। इमरानको खुट्टामा गोली लागेको छ। अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ। गोली लागेर पाकिस्तान तेहरिक इन्साफका केही नेताहरू पनि घाइते भएका छन्। बन्दुकधारीले स्वचालित हतियार चलाएका थिए।  उनको दलका नेताहरूले आक्रमण इमरानको हत्या प्रयास भएको बताएका छन्। प्रधानमन्त्री शेहबाज सरिफले घटनाको निन्दा गर्दै तत्काल छानबिन गर्न निर्देशन दिएका छन्। समाचार संस्थाले एएफपीले खानका सहयोगीलाई उद्धृत गर्दै सुरक्षाकर्मीको कारबाहीमा बन्दुक चलाउने व्यक्ति मारिएको उल्लेख गरेको छ। केही दिनअघि पाकिस्तानको निर्वाचन आयोगले खानलाई चुनाव लड्न प...
हालोविनको रात अमेरिकामा १४ जनाको हत्या
अपराध, विश्व, समाचार

हालोविनको रात अमेरिकामा १४ जनाको हत्या

नेपालअखबार, एजेन्सि। अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन् । अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको  प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ । आक्रमणकारीबाट ज्यान जोगाउन भागेकी एक महिलालाई आक्रमणकारी सवार गाडीले ठक्कर दिएको थियो । आक्रमणकारीको एक समूहले सडकको एक किनारमा बसेर आक्रमणकारीलाई सघाएको थियो भने अर्को समूहले गाडीबाटै गोली हानेको थियो । हालसम्म कसैलाई पक्राउ नगरिएको र घटनाको अनुसन्धान तथा अपराधीको खोजी भइरहेको प्रहरीले बताएको छ ।(रासस/सिन्ह्वा)...
ट्वीटर अकाउन्ट भेरिफिकेसन प्रक्रियामा बदलावको तयारी, के शुल्क तिर्नुपर्छ ?
विश्व, समाचार

ट्वीटर अकाउन्ट भेरिफिकेसन प्रक्रियामा बदलावको तयारी, के शुल्क तिर्नुपर्छ ?

नेपालअखबार, काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरले भेरिफिकेसन (निलो संकेत चिह्न) पाउने प्रक्रिया परिवर्तन गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा ट्वीटरले अब शुल्क लिएर मात्रै भेरिफिकेसन संकेत चिह्न प्रदान गर्ने मिडिया रिपोर्टहरु पनि आइरहेका छन् तर यसको पुष्टि भइसकेको छैन । अमेरिकी अरबपति एलन मस्कले एक युजरको ट्वीटमा प्रतिक्रिया दिंदै भेरिफिकेसन प्रक्रिया अब पूर्णरुपमा परिवर्तन हुने भनेर लेखेपछि अहिले यसबारे विश्वभर बहस भइरहेको छ । यद्यपि मस्कले त्यसबारे विस्तृतमा केही उल्लेख गरेका छैनन् । एक मिडिया रिपोर्टका अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न र भेरिफाइड भइसकेपछि पनि निश्चित शुल्क लिने तयारी भइरहेको छ । द भर्जले लेखेको समाचार अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न १९.९९ अमेरिकी डलर र भेरिफाइड भइसकेपछि मासिक ४.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । भेरिफाइड भएको संकेत चिह्न (ब्लु टिक मार्क) लि...
भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु
विश्व, समाचार

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। गुजरातको मोरबीमा आइतबार माच्छु नदीमा रहेको झोलुङ्गे पुल भत्किएको छ । माच्छु खोलामा बनेको शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा यस दुर्घटनामा पुलमा रहेका धेरै मानिस नदीमा खसेका थिए । गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका थिए । राति अबेरसम्म राहत र उद्धार कार्य जारी रहेको तर धेरै मानिस बेपत्ता भएको उनले जानकारी दिएका थिए । सोमबार बिहान सांघवीले मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको बताएका छन्। यसअघि राति अबेर राति राजकोटका भाजपा सांसद मोहनभाई कल्याणजी कुण्डरियाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका समेत गरेका थिए । १५ मिनेटमै ५० भन्दा बढी एम्बुलेन्स घटनास्थल पुगेको कुण्डरियाले बताए । यो पुल वर्षौँदेखि बन्द थियो । यो भर्खरै मर्मतसम्भार पछि जनताको लागि पुनः खोलिएको थियो। यो नयाँ पुल गुजराती नयाँ वर्षमा दीपावली पछि खोलिएको थियो। ...
दक्षिण कोरियाको राजधानी सउलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु
विश्व, समाचार

दक्षिण कोरियाको राजधानी सउलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भागदौडको घटना हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा मच्चिएको भागदौडमा अरू दर्जनौं घाइते भएका छन्। कोरोना महामारीका कारण तीन वर्षपछि यसपालि दक्षिण कोरियामा हालुविन इभ मनाउन दिइएको थियो। सउलको इतेवन क्षेत्र नाइटलाइफका लागि लोकप्रिय छ। बार र क्लबहरू भएको उक्त क्षेत्रमा शनिबार राती झन्डै एक लाख मानिस जम्मा भएको बिबिसीले उल्लेख गरेको छ। अत्याधिक भीड भएपछि सास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिर निस्कन खोज्दा स्थानीय समयअनुसार राती १० बजेतिर भागदौड मच्चिएको बताइएको छ। मृत्यु हुनेमा २० देखि ३० वर्षका युवती धेरै छन्। दुई जना विदेशीको पनि मृत्यु भएको छ। घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत व...
अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु
अपराध, विश्व, समाचार

अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा  गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको छ । बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।...
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन
राजनीति, विश्व, समाचार

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

नेपालअखबार,काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् । गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका  ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् । अवकाश...
४५ वर्षकी मेलोनी बनिन् इटालीकी पहिलो महिला प्रधानमन्त्री
राजनीति, विश्व, समाचार

४५ वर्षकी मेलोनी बनिन् इटालीकी पहिलो महिला प्रधानमन्त्री

नेपालअखबार, एजेन्सि। दक्षिण युरोपेली मुलुक इटालीमा पहिलो पटक एक जना महिला प्रधानमन्त्री बनेकी छन्। सिएनएनका अनुसार ४५ वर्षीया जर्जा मेलोनीले शनिबार प्रधानमन्त्रीको सपथ लिएकी हुन्।  केही समयअघि भएको आमनिर्वाचनमा मेलोनीको दल संलग्न उग्र दक्षिणपन्थीहरूको गठबन्धनले बहुमत ल्याएको थियो।। मेलोनी प्रधानमन्त्री भएसँगै दोस्रो विश्वयुद्धपछि पहिलो पटक इटालीमा उग्र दक्षिणपन्थीहरूको सरकार बनेको छ। मेलोनी १५ वर्षको उमेरमा राजनीतिमा लागेकी थिइन्। रोममा जन्मिएकी मेलोनीलाई एक्ली आमाले हुर्काएकी हुन्। २१ वर्षको उमेरमा पहिलो पटक स्थानीय चुनाव जितेकी मेलोनी ३१ वर्षमै इटालीकी मन्त्री भएकी थिइन्। सन् २००८ मा उनी सिल्भिओ बुर्लोस्कोनीको सरकारमा युवा मन्त्री बनेकी थिइन्। प्रधानमन्त्री मेलोनीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै युरोपेली युनियनका नेताहरूले शुभकामना दिएका छन्।...
लगाउने मान्छे नभएपछि सेरमले नष्ट गर्‍यो १० करोड डोज कोरोना खोप
विश्व, समाचार

लगाउने मान्छे नभएपछि सेरमले नष्ट गर्‍यो १० करोड डोज कोरोना खोप

नेपालअखबार, एजेन्सि। कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ। संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको बताएका छन्। टाइम्स अफ इन्डियाका अनुसार पुनेमा जारी विकासशील देशका खोप उत्पादकको सञ्जालको वार्षिक सम्मेलनमा पत्रकारसँग कुरा गर्दै पुनावालाले गत डिसेम्बरदेखि आफ्नो कम्पनीले कोभिसिल्ड नामको खोप उत्पादन बन्द गरेको जानकारी दिए। बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको हो ‘कोरोनासँग मान्छेहरू दिक्क भइसकेकाले बुस्टर डोजको माग नै छैन। साँच्चै भन्ने हो भने तपाईं, हामी सबै दिक्क भइसकेका छौं,’ उनले भने। सेरमले अब कोभ्याक्स नामको खोप बनाउन लागेको उनले बताए। ओमिक्रोन भेरियन्ट विरूद्धको खोप बनाउनका लागि अमे...
४५ दिनमै राजीनामा दिइन् बेलायतकी प्रधानमन्त्रीले
राजनीति, विश्व, समाचार

४५ दिनमै राजीनामा दिइन् बेलायतकी प्रधानमन्त्रीले

नेपालअखबार,  एजेन्सि।  बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन्। बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्। उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण  सरकारको तीव्र आलोचना भएको थियो। आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन्। पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन्। बेलायतकी दोस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्ति भएकी छन्। बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन्। बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस ऋषि सुनकलाई हराएर कन्ज...